२०८२, १६ चैत्र मंगलबार

नुवाकोटमा करेन्ट लागेर चालकको मृत्यु

नुवाकोटमा करेन्ट लागेर चालकको मृत्यु


बेत्रावती, २२ असोज सडकमा लत्रिएको विद्युतीय तारबाट करेन्ट लागेर नुवाकोटको बेलकोटगढी नगरपालिका–७ खाल्टेमा आज एक चालकको मृत्यु भएको छ ।

धादिङको गल्छीबाट रसुवातर्फ लैजानका लागि रसुवागढी जलविद्युत् आयोजनाको निर्माण सामग्री लिएर आउँदै गरेको ट्रकका चालक नुवाकोटको लिखु गाउँपालिका–१ बराहफेदीका भरत ढुङ्गानाको मृत्यु भएको हो ।

ना३ख ४७६८ नंको ट्रक चालक ३४ वर्षीय ढुङ्गानाले सडकमा लत्रिरहेको विद्युतीय तार हटाउने क्रममा करेन्ट लागेर घटनास्थलमा नै ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रमुख वसन्त कुँवरले जानकारी दिनुभयो ।

स्थानीयवासीले बिग्रेको विद्युतीय तार मर्मतमा नेपाल विद्युत् प्राधिकणको लापरवाही भएको कारण घटना भएको भन्दै पीडित परिवारलाई उचित क्षतिपूर्ति र विद्युतीय तार मर्मतको माग गर्दै विरोध जनाएका छन् ।

उनीहरुले शव उठाउन नदिँदा आज अपराह्नदेखि देवीघाट–गल्छी सडकखण्ड अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७५, २२ आश्विन सोमबार  ७ : ३६ बजे

वर्षा र बाढीका कारण बिपी राजमार्ग अवरुद्ध

काठमाडौं ।  काभ्रेपलाञ्चोकको बिपी राजमार्गमा भारी वर्षा र बाढीका कारण

अर्थमन्त्री वाग्ले-फरक बजेट ल्याउँछौं, उदार अर्थतन्त्र प्रोत्साहन गर्छौं

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले विगतको भन्दा फरक

काठमाडौंमा आजका तरकारी-फलफूलको थोक मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका

काठमाडौंका पूर्व सीडीओ छवि रिजाल पक्राउ

काठमाडौं। काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ परेका छन्।

दक्षिण लेबनानमा शान्ति सैनिकमाथि आक्रमण, दुईको मृत्यु

काठमाडौं । दक्षिण लेबनानमा (युनिफिल) का शान्ति सैनिकमाथि भएको आक्रमणमा