२०८२, ९ भाद्र मंगलबार

नुवाकोटमा करेन्ट लागेर चालकको मृत्यु

नुवाकोटमा करेन्ट लागेर चालकको मृत्यु


बेत्रावती, २२ असोज सडकमा लत्रिएको विद्युतीय तारबाट करेन्ट लागेर नुवाकोटको बेलकोटगढी नगरपालिका–७ खाल्टेमा आज एक चालकको मृत्यु भएको छ ।

धादिङको गल्छीबाट रसुवातर्फ लैजानका लागि रसुवागढी जलविद्युत् आयोजनाको निर्माण सामग्री लिएर आउँदै गरेको ट्रकका चालक नुवाकोटको लिखु गाउँपालिका–१ बराहफेदीका भरत ढुङ्गानाको मृत्यु भएको हो ।

ना३ख ४७६८ नंको ट्रक चालक ३४ वर्षीय ढुङ्गानाले सडकमा लत्रिरहेको विद्युतीय तार हटाउने क्रममा करेन्ट लागेर घटनास्थलमा नै ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रमुख वसन्त कुँवरले जानकारी दिनुभयो ।

स्थानीयवासीले बिग्रेको विद्युतीय तार मर्मतमा नेपाल विद्युत् प्राधिकणको लापरवाही भएको कारण घटना भएको भन्दै पीडित परिवारलाई उचित क्षतिपूर्ति र विद्युतीय तार मर्मतको माग गर्दै विरोध जनाएका छन् ।

उनीहरुले शव उठाउन नदिँदा आज अपराह्नदेखि देवीघाट–गल्छी सडकखण्ड अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७५, २२ आश्विन सोमबार  ७ : ३६ बजे

हेलिकप्टरमा तराई–मधेश घुम्दैमा उखु किसानको समस्या समाधान हुँदैन् : यादव

काठमाडौं । उखु किसानलाई सरकारले दिंदै आएको अनुदान बापतको रकममा

सुटकेस शव : ई–रिक्सा र चालक प्रहरी नियन्त्रणमा

रौतहट । रौतहट प्रहरीले शव भएको सुटकेस फाल्न प्रयोग भएको

कलमविरुद्धको बन्दूक-श्रमजीवी पत्रकारहरूको अस्तित्व संकटमा

गाजा होस् या कुनै पनि द्वन्द्वग्रस्त क्षेत्र, जब गोलाबारी हुन्छ,

भियतनामकी उपराष्ट्रपतिद्वारा पाटन दरबार क्षेत्रको अवलोकन

काठमाडौं । समाजवादी गणतन्त्र भियतनामकी उपराष्ट्रपति भो थि आन सुआनले

राष्ट्रपति पौडेलद्वारा भानु साहित्य उद्यानको शुभारम्भ

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आदिकवि भानुभक्त आचार्यको जन्मस्थल तनहुँको