२०८२, २३ माघ शुक्रबार

करेन्ट लागेर ट्रक चालकको मृत्यु

करेन्ट लागेर ट्रक चालकको मृत्यु


बेत्रावती, २२ असोज : सडकमा लत्रिएको विद्युतीय तारबाट करेन्ट लागेर नुवाकोटको बेलकोटगढी नगरपालिका–७ खाल्टेमा आज एक चालकको मृत्यु भएको छ । धादिङको गल्छीबाट रसुवातर्फ लैजानका लागि रसुवागढी जलविद्युत् आयोजनाको निर्माण सामग्री लिएर आउँदै गरेको ट्रकका चालक नुवाकोटको लिखु गाउँपालिका–१ बराहफेदीका भरत ढुङ्गानाको मृत्यु भएको हो ।

ना३ख ४७६८ नंको ट्रक चालक ३४ वर्षीय ढुङ्गानाले सडकमा लत्रिरहेको विद्युतीय तार हटाउने क्रममा करेन्ट लागेर घटनास्थलमा नै ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रमुख वसन्त कुँवरले जानकारी दिनुभयो ।

स्थानीयवासीले बिग्रेको विद्युतीय तार मर्मतमा नेपाल विद्युत् प्राधिकणको लापरवाही भएको कारण घटना भएको भन्दै पीडित परिवारलाई उचित क्षतिपूर्ति र विद्युतीय तार मर्मतको माग गर्दै विरोध जनाएका छन् । उनीहरुले शव उठाउन नदिँदा आज अपराह्नदेखि देवीघाट–गल्छी सडकखण्ड अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७५, २२ आश्विन सोमबार  ७ : ३८ बजे

निर्वाचन आयोगको दाबी: अब ढुक्कसँग निर्वाचन हुन्छ, बिथोल्न कसैले सक्दैन

काठमाडौं । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आगामी निर्वाचन

सिन्धुलीका बुद्धिजिविहरू उभिए, एमाले उमेदवार मनोज जंग थापाको पक्षमा

सिन्धुली: निर्वाचन नजिकिंदै जाँदा एमाले उमेदवार मनोज जंग थापाले सिन्धुलीका

काठमाडौंमा बन्धक बनाइएका ५ बंगलादेशीको उद्धार, संलग्न गिरोहका ७ जना पक्राउ

काठमाडौं । इटालीमा रोजगारीका लागि पठाइदिने प्रलोभन देखाई बंगलादेशी नागरिकहरूलाई

हरिहरपुरगढी एमालेको ५ सय ३१ सदस्यीय निर्वाचन परिचालन कमिटी

सिन्धुली: हरिहरपुरगढीमा निर्वाचन कार्यालय स्थापना सिन्धुली: नेकपा एमाले हरिहरपुरगढी पालिका कमिटीको

डाँडापारिको विकासका लागि एमाले उम्मेदवार अमित लामाको प्रतिबद्धता

काभ्रे । डाँडापारि क्षेत्रको समग्र विकास, रोजगारी सिर्जनाका लागि स्थानीय