२०८२, २ चैत्र मंगलबार

बैंककमा गोली चल्यो: एक जनाको मृत्यु, चार घाइते

बैंककमा गोली चल्यो: एक जनाको मृत्यु, चार घाइते


बैंकक, २२ असोज: थाइल्यान्डको राजधानी बैंककको एक व्यापारिक क्षेत्रमा किशोर किशोरीहरूको दुई समूहबीच विवादपछि गोली चल्दा कम्तीमा एक जनाको मृत्यु भएको छ । थाइल्यान्डका स्वास्थ्य अधिकारीले सोमबार दिएको जानकारी अनुसार झडपमा परी कम्तीमा एक भारतीय नागरिकको मृत्यु भएको छ भने अन्य चार जना घाइते भएका छन् ।

आइतबार राति बैंककको पर्यटकीय क्षेत्र मानिने प्राटुनाम जिल्लामा भएको सशस्त्र झडपमा नजिकै बसको प्रतिक्षामा बसेका भारतीय पर्यटकहरूको समूहमा रहेका एक जनाको मृत्यु भएको बताइएको छ । उक्त क्षेत्र पर्यटकका लागि सस्तो र रात्रि समयका लागि मनोरन्जन प्रदान गर्ने बजारका रूपमा चिनिन्छ ।

प्रहरी प्रवक्त्ता कर्नेल कृसन्न पटाराचारोनद्वारा जारी विज्ञप्तिमा बैंककको एक व्यापारिक भवनमा केही किशोर किशोरीबीच भनाभन चलिरहँदा आक्रोशित एक समूहले चलाएको गोली लागि एक जनाको मृत्यु भएको हो । प्रहरीले गोली चलाउने किशोरकिशोरीको खोजी गरिरहेको विज्ञप्तिमा जनाइएको छ ।

बैंककको एर्ब–डुचेन्ने प्यारालाईसिस उपचार केन्द्रका अधिकारीले घटनामा एक भारतीय नागरिकको मृत्यु भएको र चार जना घाइते भएको घाइते भएको बताए । घाइतेमध्ये एक लाओ थरका थाइ नागरिक रहेका छन् र उनको समाचार तयार पार्ने समयसम्म अवस्था स्थिर रहेको अस्पतालका अधिकारीले बताएका छन् । अन्य तीन जनालाई भने सामान्य चोट लागेको र उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको बताइएको छ ।

प्रकाशित मिति : २०७५, २२ आश्विन सोमबार  ७ : ०८ बजे

मनमोहन विश्वविद्यालयमा सी जिनपिङको पुस्तक जलाइएको विषयमा कूटनीतिक चासो, प्रशासनद्वारा छानबिन सुरु

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिकास्थित हात्तीमुडामा रहेको मनमोहन विश्वविद्यालयमा चिनियाँ

ओलीलाई समवेदना दिन गुण्डु पुगे राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई समवेदना

रास्वपाले सुरु गर्यो नवनिर्वाचित सांसदहरूको अभिमुखीकरण

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नवनिर्वाचित सांसदहरूको लागि

उदयपुर कटारीमा हावाहुरीले २ जनाको मृत्यु, ५ जना घाइते

उदयपुर । आइतबार साँझ आएको हावाहुरीमा उदयपुरको कटारीमा २ जनाको

विदेशमा रहेका नेपाली श्रमिकको श्रम स्वीकृति नवीकरण प्रक्रिया नरोक्न प्रवासी नेपाली मञ्चको आग्रह

काठमाडौँ । प्रवासी नेपाली मञ्च, अन्तर्राष्ट्रिय कमिटीले वैदेशिक रोजगारीमा रहेका