२०८२, १६ चैत्र मंगलबार

डडेल्धुरा कारागारका कैदी आमरण अनशनमा

डडेल्धुरा कारागारका कैदी आमरण अनशनमा


पर्शुराम, २२ असोज: जिल्ला कारागार डडेल्धुरामा रहेका कैदीबन्दीले विभिन्न माग राख्दै आजदेखि आमरण अनशन थालेका छन् । डाका चोरी मुद्दाका कैदीबन्दी चन्द्रसिंह साउद र कर्तव्य ज्यान मुद्दाका कैदीबन्दी देवीसिंह ऐरले ७ बुँदे माग राखेर आमरण अनशन शुरु गरेका हुन् । चालचलन ठिक भएका तथा सुधारोन्मुख अवस्थामा रहेका कैदीबन्दीलाई ६० प्रतिशत माफी मीनाहाको पुरानै व्यवस्थालाई यथावत राखी लागू गरिनुपर्ने, प्रहरी सङ्गठनमा मौलाउदै गएको भ्रष्टाचार नियन्त्रण गरिनुपर्ने, फैलसामा हुने ढिलासुस्ती रोक्नुपर्ने र निर्दोषी फसाउने क्रियाकलापमा नियन्त्रण गरिनुपर्ने लगायतका माग राखेर आन्दोलन गरेको साउदले बताउनुभयो ।

कैदीबन्दीको भरणपोषण भत्ता रु ६० बाट वृद्धि गरी प्रति दिन रु १०० को व्यवस्था गरिनुपर्ने, कारागारभित्रै श्रम गर्न पाउने गरी रोजगारीको व्यवस्था गरिनुपर्ने, खुला कारागार नीतिलाई कार्यान्वयन गरिनुपर्ने र सशस्त्रद्वन्द्वबाट प्रभावितलाई फर्जी मुद्दा चलाइ बन्दी बनाइएकालाई आममाफी दिएर कैदमुक्त गरिनुपर्ने माग समेत राखिएका छन् । अपराध नियन्त्रण एवं न्यूनीकरणका लागि मनोसामाजिक अपराधको उत्पत्ति गराउने तत्वहरु विरुद्ध सचेतना शिक्षा अभियान सञ्चालन गरिनुपर्ने कैदी बोहराले बताउनुभयो । जिल्ला कारागारमा औषधोउपचार खर्च २५ जनाका लागि मात्रै आउने भएकाले हाल कारागारमा पुरुष कैदीबन्दी ५१ जना रहेको कारागार प्रमुख शिवराज भट्टले बताउनुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, २२ आश्विन सोमबार  ६ : ५७ बजे

वर्षा र बाढीका कारण बिपी राजमार्ग अवरुद्ध

काठमाडौं ।  काभ्रेपलाञ्चोकको बिपी राजमार्गमा भारी वर्षा र बाढीका कारण

अर्थमन्त्री वाग्ले-फरक बजेट ल्याउँछौं, उदार अर्थतन्त्र प्रोत्साहन गर्छौं

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले विगतको भन्दा फरक

काठमाडौंमा आजका तरकारी-फलफूलको थोक मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका

काठमाडौंका पूर्व सीडीओ छवि रिजाल पक्राउ

काठमाडौं। काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ परेका छन्।

दक्षिण लेबनानमा शान्ति सैनिकमाथि आक्रमण, दुईको मृत्यु

काठमाडौं । दक्षिण लेबनानमा (युनिफिल) का शान्ति सैनिकमाथि भएको आक्रमणमा