२०८२, १६ मंसिर मंगलबार

डडेल्धुरा कारागारका कैदी आमरण अनशनमा

डडेल्धुरा कारागारका कैदी आमरण अनशनमा


पर्शुराम, २२ असोज: जिल्ला कारागार डडेल्धुरामा रहेका कैदीबन्दीले विभिन्न माग राख्दै आजदेखि आमरण अनशन थालेका छन् । डाका चोरी मुद्दाका कैदीबन्दी चन्द्रसिंह साउद र कर्तव्य ज्यान मुद्दाका कैदीबन्दी देवीसिंह ऐरले ७ बुँदे माग राखेर आमरण अनशन शुरु गरेका हुन् । चालचलन ठिक भएका तथा सुधारोन्मुख अवस्थामा रहेका कैदीबन्दीलाई ६० प्रतिशत माफी मीनाहाको पुरानै व्यवस्थालाई यथावत राखी लागू गरिनुपर्ने, प्रहरी सङ्गठनमा मौलाउदै गएको भ्रष्टाचार नियन्त्रण गरिनुपर्ने, फैलसामा हुने ढिलासुस्ती रोक्नुपर्ने र निर्दोषी फसाउने क्रियाकलापमा नियन्त्रण गरिनुपर्ने लगायतका माग राखेर आन्दोलन गरेको साउदले बताउनुभयो ।

कैदीबन्दीको भरणपोषण भत्ता रु ६० बाट वृद्धि गरी प्रति दिन रु १०० को व्यवस्था गरिनुपर्ने, कारागारभित्रै श्रम गर्न पाउने गरी रोजगारीको व्यवस्था गरिनुपर्ने, खुला कारागार नीतिलाई कार्यान्वयन गरिनुपर्ने र सशस्त्रद्वन्द्वबाट प्रभावितलाई फर्जी मुद्दा चलाइ बन्दी बनाइएकालाई आममाफी दिएर कैदमुक्त गरिनुपर्ने माग समेत राखिएका छन् । अपराध नियन्त्रण एवं न्यूनीकरणका लागि मनोसामाजिक अपराधको उत्पत्ति गराउने तत्वहरु विरुद्ध सचेतना शिक्षा अभियान सञ्चालन गरिनुपर्ने कैदी बोहराले बताउनुभयो । जिल्ला कारागारमा औषधोउपचार खर्च २५ जनाका लागि मात्रै आउने भएकाले हाल कारागारमा पुरुष कैदीबन्दी ५१ जना रहेको कारागार प्रमुख शिवराज भट्टले बताउनुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, २२ आश्विन सोमबार  ६ : ५७ बजे

नेपाली कांग्रेसमा महाधिवेशनको समयतालिका विवाद, गगन थापाको अतिरिक्त प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सोमबार केन्द्रीय

एनपीएल क्रिकेटमा आज दुई खेल

काठमाडौं । दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)

तीन महिनामा पाँच खर्ब ५३ अर्ब रेमिट्यान्स, व्यापार घाटा झण्डै चार खर्ब

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको पहिलो

अमेरिकी डलर उच्च बिन्दुमा, युरो, पाउण्ड र अन्य विदेशी मुद्राको मूल्य पनि बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी

आज फलफूल तथा तरकारीको मूल्य सार्वजनिक

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज