२०८२, ८ फाल्गुन शुक्रबार

‘सामुदायिक विद्यालय सुधारमा सबै एकजुट हुनु पर्छ : उपसभामुख पोखरेल

‘सामुदायिक विद्यालय सुधारमा सबै एकजुट हुनु पर्छ : उपसभामुख पोखरेल


इटहरी, २२ असोज: प्रदेश नं १ का उपसभामुख सरस्वती पोखरेलले सामुदायिक विद्यालयको शिक्षालाई उत्कृष्ट तुल्याउन शिक्षक, विद्यार्थी र अभिभावक सबैले एकजुट भएर लाग्नुपर्ने बताउनुभएको छ ।

इटहरीमा रहेको पुरानो जनता माविले आज यहाँ शैक्षिक गुणस्तर सुधार सम्बन्धी अन्तरक्रिया कार्यक्रमको उद्घाटनपछि बोल्दै उहाँले शिक्षा क्षेत्रको परिवर्तनका लागि शिक्षक, विद्यार्थी र अभिभावकबीचको सामूहिक सहकार्यबाट अपेक्षाकृत सुधार ल्याउन सकिने तर्क अघि सार्नुभयो । उहाँले इमान्दारितापूर्वक सहकार्य जरुरी रहेकोमा ध्यानाकर्षण गर्नुभयो ।

अन्तरक्रिया कार्यक्रममा विद्यालयका प्रधानाध्यापक छत्रपति ढुङ्गेलद्वारा प्रस्तुत गुरुयोजनाका विषयमा आफ्नो टिप्पणी प्रस्तुत गर्नुहुँदै प्राध्यापक डा.टङ्क न्यौपानेले शिक्षालाई राजनीतिबाट अलग गर्नुपर्नेमा जोड दिनुभयो । शिक्षण सिकाइलाई पहिलो प्राथमिकतामा राखे अपेक्षाकृत सुधार हुने उहाँको तर्क थियो । अर्का टिप्पणीकार प्राध्यापक डा.दिवाकर रेग्मीले शिक्षाको मूल उद्देश्य प्राप्तितर्फ शिक्षक, विद्यार्थी र अभिभावक केन्द्रित हुन सके आमूल परिवर्तन ल्याउन सकिने बताउनुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, २२ आश्विन सोमबार  ६ : ४६ बजे

नेकपाका २ दर्जन कार्यकर्ताले उठाए बिद्रोहको झण्डा, मनोजजंगलाई बिजयी गराउने उद्घोष

सिन्धुली । आगामी फागुन २१ गते हुने प्रतिनिधीसभा सदस्यको निर्वाचन

रास्वपा सभापतिकै घरबाट तीन थान भरूबा बन्दुक बरामद

सिन्धुली । निर्वाचनको मिति नजिकिंदै गएका बेला सिन्धुलीमा राष्ट्रिय स्वतन्त्र

देश जलाउनेले देश बनाउने पार्टीको झण्डा जलाए : एमाले

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ताले बिहीबार राति नेकपा

झण्डा जलाउने रास्वपा कार्यकर्तालाई नेशनल भोलेन्टियर फोर्सको कडा चेतावनी

काठमाडौं। दाङमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताले नेकपा एमालेको

झण्डा जलाउनेहरूलाई जनताले निर्वाचनबाटै जवाफ दिनेछन् : महासचिव पोखरेल

काठमाडाैँ। नेकपा (एमाले) का महासचिव तथा दाङ क्षेत्र नम्बर २