२०८२, १० पुस बिहीबार

काभ्रेको मण्डन देउपुरमा सौर्य ऊर्जाले खानेपानीको सुविधा, बासिन्दा निकै खुशी

काभ्रेको मण्डन देउपुरमा सौर्य ऊर्जाले खानेपानीको सुविधा, बासिन्दा निकै खुशी


काभ्रेपलाञ्चोक, २२ असोज : काभ्रेपलाञ्चोकको मण्डन देउपुर नगरपालिका–११ तार्केन्टारका बासिन्दाले सोचेका पनि थिएनन्, करीब १०० मिटर तलको पानी गाउँका घरघरमा आउला भनेर ।

तर प्रविधिले वर्षौंदेखि खानेपानीको दुःख झैल्दै आएका उनीहरुले नसोचेको काम सफल भएपछि निकै खुशी छन् । त्यसो त, सोलार ९सौर्य ऊर्जा० लिफ्टिङ प्रविधिबाट खानेपानी योजना सम्पन्न भएपछि अहिले यहाँका बासिन्दाको दैनिकी फेरिएको छ ।

पिउन, घरधन्दा तथा नुहाइधुवाइ गर्न दिनभरजसो एक घण्टाको उकालोमा पानी बोक्नुपर्ने बाध्यता हटेको छ भने ट्याङ्कीबाट ‘ओभर–फ्लो’ पानीले घरबारीमा तरकारी उब्जनी गर्न मद्दत पुगेको छ ।

स्थानीय मैती तामाङ भन्नुहुन्छ, “नौलो प्रविधिले दिनभर उकालोमा पानी बोक्नुपर्ने बाध्यता हट्यो, आफ्नै घरघरमै पानी आउँदा निकै हर्षित छौँ ।” उहाँले घरमा प्रयोग गरिएको पानी र ट्याङ्कीबाट बढी भएको पानीले तरकारीमा लगाई स्वच्छ तरकारी खेती गर्न सकिने बताउनुभयो ।

गाउँका सबैको घरमा पानी उपलब्ध भएपछि बिहान सबेरै उठेर पानी लिन खोला धाउनुपर्ने बाध्यता हटेको स्थानीय मैते तामाङले बताउनुभयो । उहाँले भन्नुभयो, “परिवारको एक जनाले त दिनभर पानी बोक्नैपर्ने हुन्थ्यो ।” अरनिको राजमार्गबाट नजिकै देखिने तार्केन्टार गाउँका १७ परिवारले अहिले वर्षौंँदेखिको खानेपानीको समस्या समाधान भएको छ ।

नगरपालिकाका प्रमुख टोकबहादुर वाइवाले भन्नुभयो, “सौर्य ऊर्जाले विकट गाउँमा खानेपानी व्यवस्थापन सम्भव भयो, अब यस्तो प्रविधिबाट अन्य गाउँमा विस्तार गर्छौं ।” यहाँ खानेपानी व्यवस्थापनका लागि गाउँभन्दा ९१ मिटर तल इनार बनाई सौर्य ऊर्जाबाट लिफ्टिङ गरी दैनिक नौ हजार ८५० लिटर पानी जम्मा गरिएको छ ।

खोनेपानी आयोजनाका लागि नगरपालिका कार्यालयको रु पाँच लाख, सोलार कार्यक्रमको रु पाँच लाख १५ हजार, रिमरेकको रु एक लाख ४४ हजार र समुदायको दुई लाख ६४ हजार जनश्रमदान तथा ६० हजार नगदबाट निर्माण सम्पन्न भएको हो । शुरुमा समुदायले त्यति तलको पानी माथि ल्याउन सकिन्छ भनेर कल्पना गर्न सकेका थिएनन् ।

सोलार मुसका इञ्जिनियर कृष्ण अधिकारीले भन्नुभयो, “पहिला हामीले यहाँका मानिसलाई प्रविधिबारे जानकारी र अन्य स्थानको अनुभव सुनाएपछि विश्वास गर्नुभयो ।” उहाँका अनुसार समुदायले १५ रोपनी जमीनमा थोपा सिँचाइ प्रविधि प्रयोग गरी तरकारी खेती गर्न सक्नेछन् ।

खानेपानी योजनाको मर्मत–सम्भारका लागि प्रतियुनिट रु १५ का दरले कोष जम्मा गर्ने नीति बनाइएको छ ।

प्रकाशित मिति : २०७५, २२ आश्विन सोमबार  ६ : १२ बजे

विश्वप्रकाश शर्माद्वारा आगामी निर्वाचन नलड्ने घोषणा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी निर्वाचन नलड्ने

कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ।

दलका कार्यालयको क्षति संकलन गर्दै सरकार, कांग्रेसबाट सुरु

काठमाडौं । सरकारद्वारा गठित उच्चस्तरीय राजनीतिक संवाद समितिले जेनजी आन्दोलनका

एमाले पार्टी कार्यालय पुगे सञ्चारमन्त्री जगदीश खरेलसहित सरकारी टोली

काठमाडौं । जेनजी आन्दोलनका क्रममा आगजनी भएको नेकपा एमालेको केन्द्रीय

नागरिक सुरक्षा र लोकतन्त्र रक्षाका लागि कोशीमा एमाले सडकमा

विराटनगर। असंवैधानिक र प्रतिशोधपूर्ण सरकारको दमनकारी कदमविरुद्ध नेकपा (एमाले) कोशी