२०८२, ९ भाद्र मंगलबार

चाडपर्वमा नारायणगढ–मुग्लिन सडक सहज हुने

चाडपर्वमा नारायणगढ–मुग्लिन सडक सहज हुने


चितवन, २२ असोज: विगतका वर्षमा चाडपर्वका बेला यात्रुले दुःख पाएको नारायणगढ–मुग्लिन सडकखण्ड यस वर्ष सहज हुने भएको छ । गएका तीन वर्ष सडक विस्तारका क्रममा रहेकाले दशैँ, तिहार, छठजस्ता पर्वमा राजधानी बाहिरिने यात्रुले दुःख पाएका थिए । त्यसअघिका वर्षमा साँघुरो र भत्किएको सडकका कारण यात्रुले सास्ती पाएका थिए ।

नारायणगढ–मुग्लिन सडक आयोजनाका इञ्जिनीयर शिव खनालका अनुसार सडक विस्तारको काम सम्पन्न भएकाले अब यात्रुले सो सडक एक घण्टाभित्रमा पार गर्न सक्नेछन् । सडक नौ मिटरदेखि ११ मिटर चौडा रहेको छ । सडकका १८ ठाउँमा ५.५ मिटरदेखि छ मिटर चौडा पुल रहेका छन् । तीन ठाउँमा सडक भाँसिएको छ । ती ठाउँमा सडक साँघुरा भए पनि सवारी आवागमनमा खासै समस्या नभएको खनालले बताउनुभयो ।

भदौ २६ गते करीब ११ घण्टा पहिराले सडक अवरुद्ध पारेको थियो । त्यसयता पहिरो नखसेको खनाल बताउनुहुन्छ । सडकका पुलको मुखमा गति रोक्ने संरचना बनाइएको छ । ती संरचना बनाएसँगै दुर्घटनामा समेत कमी आएको बताइएको छ । सो सडक ३९ महीनामा निर्माण सम्पन्न भएको हो । शुरुमा रु दुई अर्ब ९० करोडमा ठेक्का दिइएको भए पनि पहिरो, समय थप, काम वृद्धि लगायतका कारण लागत रकम रु तीन अर्ब २७ करोड पुगेको उहाँले बताउनुभयो । सो सडक हुँदै दैनिक १० हजार हाराहारी सवारी आवागमन गर्ने गर्दछन् । चाडपर्वका बेला यो सङ्ख्या थपिने गर्दछ ।

प्रकाशित मिति : २०७५, २२ आश्विन सोमबार  ५ : ०६ बजे

हेलिकप्टरमा तराई–मधेश घुम्दैमा उखु किसानको समस्या समाधान हुँदैन् : यादव

काठमाडौं । उखु किसानलाई सरकारले दिंदै आएको अनुदान बापतको रकममा

सुटकेस शव : ई–रिक्सा र चालक प्रहरी नियन्त्रणमा

रौतहट । रौतहट प्रहरीले शव भएको सुटकेस फाल्न प्रयोग भएको

कलमविरुद्धको बन्दूक-श्रमजीवी पत्रकारहरूको अस्तित्व संकटमा

गाजा होस् या कुनै पनि द्वन्द्वग्रस्त क्षेत्र, जब गोलाबारी हुन्छ,

भियतनामकी उपराष्ट्रपतिद्वारा पाटन दरबार क्षेत्रको अवलोकन

काठमाडौं । समाजवादी गणतन्त्र भियतनामकी उपराष्ट्रपति भो थि आन सुआनले

राष्ट्रपति पौडेलद्वारा भानु साहित्य उद्यानको शुभारम्भ

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आदिकवि भानुभक्त आचार्यको जन्मस्थल तनहुँको