२०८२, ९ भाद्र मंगलबार

काभ्रे तेमालको आधाबाटमा बनेको विद्यालय भवन समुदायलाई हस्तान्तरण

काभ्रे तेमालको आधाबाटमा बनेको विद्यालय भवन समुदायलाई हस्तान्तरण


धुलिखेल/ काभ्रेको तेमाल गाउँपालिका वडा नम्बर १ सस्र्यूखर्कमा बनेको नयाँ विद्यालय भवन समुदायलाई हस्तान्तरण गरिएको छ ।

पञ्चकन्या आधारभूत विद्यालयको नवनिर्मित ४ कोठे भवन आइतबार एक कार्यक्रमको आयोजना गरी समुदायलाई हस्तान्तरण गरिएको हो । नवनिर्मित भवनको उद्घाटन राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा) काभ्रेका प्रमूख निर्मल कुमार घिमिरेले गरे । ‘विद्यालयको ३३ प्रतिशत मात्रै जिम्मेवारी बाह्य पक्षमा निर्भर हुन्छ, घिमिरेले भने ‘बाँकी ६७ प्रतिशत शिक्षकमा निर्भर हुन्छ, त्यसैले शिक्षकहरुले बढी मेहेनत गर्न आवश्यक छ ।’

विद्यार्थीको भावना बुझेर पठनपाठन गर्नुपर्ने भन्दै प्रमूख घिमिरेले भने ‘शिक्षक, अभिभावक र विद्यार्थी बिचको समन्वयले मात्रै प्रभावकारी र गुणस्तरीय शिक्षण सिकाई हुन्छ ।’ उनले बालबालिकालाई हरेक दिन विद्यालय पठाउन अभिभावकसँग अनुरोध पनि गरे ।

कार्यक्रममा नेकपा काभ्रेका सदस्य इन्द्र लामाले भूकम्पपछि जग्गा भाडामा लिएर पठनपाठन गर्दा निकै समस्या झेलको विद्यालयले नयाँ भवन पाएको र शिक्षण पद्धति पनि नयाँ नै तरिकाले अघि बढाउनु पर्नेमा जोड दिए । ‘विद्यालयको भवन मात्रै राम्रो बनेर नहुने भन्दै उनले भने ‘शिक्षा पनि राम्रो हुनुपर्छ ।’ विगतमा यहि विद्यालयमा पढेका विद्यार्थीहरु देशको महत्वपूर्ण ठाउँमा पुगेको भन्दै उनले भने ‘अगामी दिनमा पनि चरित्रवान ब्यक्ति उत्पादनमा विद्यालय लाग्नु पर्छ ।’

कार्यक्रममा पत्रकार फूलमान बलले विगतमा चकटी, गुन्द्री बोकेर पढ्न गएको सम्झदै भने ‘अहिले विद्यालयको भौतिक संरचना राम्रो बनेको छ, अस्थायी कक्षा कोठामा बसेर पढ्नु पर्ने बाध्यता टरेकोमा खुशी लाग्यो ।’ उनले अभिभावकहरुले शिक्षामा खास चासो नदिएसम्म भौतिक संरचना बलियो भएर मात्रै बालबालिकाको पढाइ बलियो नहुने बताए ।

२०३९ सालमा बनेको उक्त विद्यालय भूकम्पमा ध्वस्त भएको थियो । वडाध्यक्ष मान बहादुर श्रेष्ठले विद्यालयको भवन सरंक्षण गर्ने दायित्व वडाका सबै नागरिकको भएको बताए । ‘आवश्यकता महशुस भए विकास निर्माण समयमै सकिन्छ भन्ने गतिलो उदाहारण हो । यो विद्यालय भवन निर्माणको काम, उनले भने ‘यसै गरी सबै जुट्दा सिँगो वडाको विकास निर्माणले गति लिन्छ ।’

विद्यालयको भवन राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा) काभ्रेले गरेको हो । विद्यालयले भवन उद्घाटनकै अवसर पारेर इकाईका इन्जिनियर सोभित श्रेष्ठ, सव इन्जिनियर गणेश मैनाली, निर्माण ब्यवसायी धनबीर तामाङ, जग्गा धनी दिपेन्द्र श्रेष्ठलाई सम्मान गरेको थियो ।

इकाईले ठेक्का लागेको छोटो समयमै भवन निर्माणको काम सकिएको बताएको छ । कार्यक्रममा जनचेतना उच्च माविका प्राचार्य ध्रुव राज पाण्डे, विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष कान्छामान तामाङ, भवन निर्माण समितिका अध्यक्ष सग्रम तामाङ, प्रेस चौतारी नेपालका उपमहासचिव हिरामान लामा लगायतको उपस्थिति थियो ।

प्रकाशित मिति : २०७५, २१ आश्विन आईतबार  ७ : १४ बजे

हेलिकप्टरमा तराई–मधेश घुम्दैमा उखु किसानको समस्या समाधान हुँदैन् : यादव

काठमाडौं । उखु किसानलाई सरकारले दिंदै आएको अनुदान बापतको रकममा

सुटकेस शव : ई–रिक्सा र चालक प्रहरी नियन्त्रणमा

रौतहट । रौतहट प्रहरीले शव भएको सुटकेस फाल्न प्रयोग भएको

कलमविरुद्धको बन्दूक-श्रमजीवी पत्रकारहरूको अस्तित्व संकटमा

गाजा होस् या कुनै पनि द्वन्द्वग्रस्त क्षेत्र, जब गोलाबारी हुन्छ,

भियतनामकी उपराष्ट्रपतिद्वारा पाटन दरबार क्षेत्रको अवलोकन

काठमाडौं । समाजवादी गणतन्त्र भियतनामकी उपराष्ट्रपति भो थि आन सुआनले

राष्ट्रपति पौडेलद्वारा भानु साहित्य उद्यानको शुभारम्भ

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आदिकवि भानुभक्त आचार्यको जन्मस्थल तनहुँको