२०८२, ४ कार्तिक सोमबार

आजदेखि नयाँ नोट साट्न सुरु : यी बैंकहरुबाट साट्न सकिन्छ

आजदेखि नयाँ नोट साट्न सुरु : यी बैंकहरुबाट साट्न सकिन्छ


काठमाडौँ, २१ असोज: यो वर्षको दसैं र तिहारका लागि राष्ट्र बैंकले आज आइतबारदेखि नयाँ नोट साटिदिने भएको छ । विभिन्न दरका २७ हजार रुपैयाँसम्म नयाँ नोट सटही गर्न पाइने राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकले ५, १०, २० र ५० र एक सय दरका गरी प्रतिव्यक्ति २७ हजार रुपैयाँसम्म नोट सटही गर्ने भएको हो। बैंक तथा वित्तीय संस्थालाई भने राष्ट्र बैंकले ११ गतेदेखि नयाँ नोट वितरण गरिसकेको छ। बैंक तथा वित्तीय संस्थालाई पहिले नयाँ नोट दिए पनि ती संस्थाले पनि आइतबारदेखि मात्र वितरण सुरु गर्दैछन् ।

नोट कोष सुविधा लिएका र सरकारी स्वामित्वका राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक र कृषि विकास बैंकबाट पनि नयाँ नोट साट्न सकिने राष्ट्र बैंकले जनाएको छ । ‘ आइतबारदेखि २९ गतेसम्म ५, १०, २० र ५० का दुई, दुई र १ सय दरका एक पाकेट गरी प्रतिव्यक्ति अधिकतम २७ हजारका दरले सटही सुविधा उपलब्ध गराइने भएकाले आफूलाई पायक पर्ने नजिकको बैंकबाट सटही गर्न राष्ट्र बैंकले अनुरोध गरेको छ ।

काठमाडौं उपत्यकाभित्र नेपाल बैंकको न्युरोड, कीर्तिपुर, महाराजगन्ज, जोरपाटी, पाटन औद्योगिक क्षेत्र, लाजिम्पाट र भक्तपुर शाखाबाट नयाँ नोट सटही गर्न सकिनेछ। यस्तै राष्ट्रिय वाणिज्य बैंकको सिहदरबार, टेकु, नयाँ बानेश्वर, सानो थिमी, विशालबजार, नक्सान, कलंकी र बालाजु शाखाबाट र कृषि विकास बैंकको गौशाला, कोटेश्वर, रामशाहपथ, रत्नपार्क, स्वयम्भू र मंगलबजार शाखाबाट नोट वितरण हुने राष्ट्र बैंकले जनाएको छ ।

यसैगरी उपत्यका बाहिरका उपभोक्ताले पनि असोज २१ देखि नै नयाँ नोट सटही सुविधा पाउनेछन् । मोफसलमा राष्ट्र बैंकका विराटनगर, जनकपुर, वीरगन्ज, पोखरा, सिद्धार्थनगर, नेपालगन्ज र धनगढीस्थित क्षेत्रीय कार्यालयहरूबाट तथा राष्ट्र बैंकबाट नोट कोष सुविधा लिएका सरकारी स्वामित्वका बैंकहरूको शाखाबाट नयाँ नोट साट्न सकिने राष्ट्र बैंकले जनाएको छ । अनावश्यक रूपमा नयाँ नोट नलिन र लिएका नोटहरू पनि हिफाजत गर्न राष्ट्र बैंकले आग्रह गरेको छ।

प्रकाशित मिति : २०७५, २१ आश्विन आईतबार  १० : ०० बजे

तिहार पर्वले विभिन्न जातजाति, भाषाभाषी र संस्कृतिलाई एकताको सुत्रमा बाँध्ने प्रयत्न गरेको छ : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले तिहार पर्वले नेपालीबीच आपसी सद्भाव,

गृहमन्त्रीले अमेरिका भागेका भनेका पूर्वऊर्जामन्त्री खड्का जलेको घरमै सार्वजनिक

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले तत्कालीन ऊर्जामन्त्री दीपक खड्का देशबाट

देशमा समृद्धि, समानता र शान्ति स्थापनाका लागि प्रतिबद्ध छु : अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा

आज लक्ष्मी पूजा : धन धान्यकी देवीको आराधना गर्दै देशभर दीपावली

काठमाडौं । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज देशभर धन,