२०८२, १६ चैत्र मंगलबार

यी ४ बार जन्मिने व्यक्ति हुन्छन् सबै भन्दा भाग्यमानी

यी ४ बार जन्मिने व्यक्ति हुन्छन् सबै भन्दा भाग्यमानी


एजेन्सी : हरेक व्यक्तिको जन्म बार र समयबाट जन्मकुण्डली बनाउने वा भविष्यवाणी गर्ने गरिन्छ। ज्योतिष शास्त्रका अनुसार आफू जन्मेको बारको ग्रहको प्रभाव जीवनभर रहने गर्छ। आइतबारको दिन सूर्यको हो भने सोमवारको मुख्य ग्रह चन्द्र हो । मंगलवार मंगलको हुन्छ भने बुधवार बुधको प्रभाव रहने गर्छ । विहीबार वृहस्पति र शुक्रवार शुक्रको प्रभाव सबै भन्दा बढी हुन्छ । शनिवारको कारक ग्रह शनि मानिन्छ । यी ग्रहहरुले तपाईको आयआर्जनमा समेत प्रभाव पार्ने गर्छन। आज हामी तपाईहरुलाई कुन बार जन्मेकाले कति सम्पति कमाउन सक्छन भन्ने विषयमा जानकारी गराउदैछौ ।

आईतबार: आइतबार जन्मिने व्यक्ति निकै भाग्यमानी हुन्छन् । उनीहरुको आयु पनि लामो हुन्छ । यस्ता व्यक्ति कम बोल्ने र शिक्षामा अगाडी हुन्छन् । यो बार जन्मिने व्यक्तिमा धार्मिक आस्था पनि हुन्छ र घर परिवारका सदस्यलाई खुशी राख्न अधिक प्रयास गर्छन् । आइतबार जन्मिने महिला दान-पुण्य गर्ने र निकै चलाख हुनेछन्। यस दिन जन्मेका व्यक्तिहरु सौन्दर्यलाई मन पराउने भएकाले धेरै जसो प्रेम विवाह गर्ने गर्दछन् । यिनीहरुको बढी रिसाउने बानी भएपनि धेरै मान्छेहरुको विश्वासको पात्र मानिने गर्छन।

सोमबार : यस दिन जन्मेका व्यक्तिहरु पनि उत्तिकै भाग्यमानी हुन्छन। यी व्यक्तिहरुमा स्मरण तेज एकदमै बढी हुने गर्छ। सोमबार जन्मिने व्यक्तिहरु बोलीमा निकै मिठासपन पाउन सकिन्छ । यस्ता व्यक्तिको जीवनमा सुख दुख बराबर जस्तै हुन्छ किन भने उनीहरुलाई दुःख सुख उस्तै उस्तै लाग्छ । सोमबार जन्मिने व्यक्ति विध्वान, कला कुशल र बहादुर पनि हुन्छन् ।यस दिन जन्मेका पुरुषहरु निकै माया गर्ने स्वभावका हुन्छन् तर अलि लोभी हुने भएका कारण उनीहरुले प्रायजसो आफ्नी श्रीमतीको गाली सुन्नुपर्ने हुन्छ ।

बिहिवार: बिहिबार जन्म भएका व्यक्तिहरु निकै मेधावी, शान्त र समझदार हुने गर्दछन् । उनीहरु निकै विध्वान र पराक्रमी पनि हुने गर्छन। यिनीहरुको ३० वर्ष उमेर नाघे पछि भाग्य खुल्ने र सोचेभन्दा बढी धन सम्पति कमाउने अवसर मिल्नेछ। बिहिबार जन्मेका व्यक्तिहरु धेरै पैसा कमाउने गर्दछन् र मन खोलेर खर्च पनि गर्छन् । यी व्यक्तिहरुमा नेतृत्व गर्ने गुण हुने भएकाले जुनसुकै क्षेत्रमा काम गरेपनि उच्च पद हाँसिल गर्ने अवसर मिल्नेछ ।

शुक्रबार : शुक्रबार जन्मेका व्यक्तिको मन, दिमाग र शरिर निकै राम्रो हुने गर्दछ । यस दिन जन्मिले व्यक्तिहरु निकै रोमान्चक स्वभावका हुन्छ। उनीहरुको मिठो स्वरले सबैको मन जित्न सफल हुनेगर्छन। यस बर जन्मिने व्यक्तिहरुलाई २० र २४ वर्षको उमेर मा दुख कष्ट पर्ने भएपनि आफ्नो कडा मेहेनत र परिश्रमको बावजुद प्रशस्त धन आर्जन गर्न सक्छन। शुक्रबार जन्म भएका व्यक्तिहरुले गरेका हरेक कामको नतिजा ढिलो आउने भएपनि सकारात्मक हुने गर्छ।

प्रकाशित मिति : २०७५, २१ आश्विन आईतबार  ७ : ५८ बजे

वर्षा र बाढीका कारण बिपी राजमार्ग अवरुद्ध

काठमाडौं ।  काभ्रेपलाञ्चोकको बिपी राजमार्गमा भारी वर्षा र बाढीका कारण

अर्थमन्त्री वाग्ले-फरक बजेट ल्याउँछौं, उदार अर्थतन्त्र प्रोत्साहन गर्छौं

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले विगतको भन्दा फरक

काठमाडौंमा आजका तरकारी-फलफूलको थोक मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका

काठमाडौंका पूर्व सीडीओ छवि रिजाल पक्राउ

काठमाडौं। काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ परेका छन्।

दक्षिण लेबनानमा शान्ति सैनिकमाथि आक्रमण, दुईको मृत्यु

काठमाडौं । दक्षिण लेबनानमा (युनिफिल) का शान्ति सैनिकमाथि भएको आक्रमणमा