२०८१, २८ फाल्गुन बुधबार

यी ४ बार जन्मिने व्यक्ति हुन्छन् सबै भन्दा भाग्यमानी

यी ४ बार जन्मिने व्यक्ति हुन्छन् सबै भन्दा भाग्यमानी


एजेन्सी : हरेक व्यक्तिको जन्म बार र समयबाट जन्मकुण्डली बनाउने वा भविष्यवाणी गर्ने गरिन्छ। ज्योतिष शास्त्रका अनुसार आफू जन्मेको बारको ग्रहको प्रभाव जीवनभर रहने गर्छ। आइतबारको दिन सूर्यको हो भने सोमवारको मुख्य ग्रह चन्द्र हो । मंगलवार मंगलको हुन्छ भने बुधवार बुधको प्रभाव रहने गर्छ । विहीबार वृहस्पति र शुक्रवार शुक्रको प्रभाव सबै भन्दा बढी हुन्छ । शनिवारको कारक ग्रह शनि मानिन्छ । यी ग्रहहरुले तपाईको आयआर्जनमा समेत प्रभाव पार्ने गर्छन। आज हामी तपाईहरुलाई कुन बार जन्मेकाले कति सम्पति कमाउन सक्छन भन्ने विषयमा जानकारी गराउदैछौ ।

आईतबार: आइतबार जन्मिने व्यक्ति निकै भाग्यमानी हुन्छन् । उनीहरुको आयु पनि लामो हुन्छ । यस्ता व्यक्ति कम बोल्ने र शिक्षामा अगाडी हुन्छन् । यो बार जन्मिने व्यक्तिमा धार्मिक आस्था पनि हुन्छ र घर परिवारका सदस्यलाई खुशी राख्न अधिक प्रयास गर्छन् । आइतबार जन्मिने महिला दान-पुण्य गर्ने र निकै चलाख हुनेछन्। यस दिन जन्मेका व्यक्तिहरु सौन्दर्यलाई मन पराउने भएकाले धेरै जसो प्रेम विवाह गर्ने गर्दछन् । यिनीहरुको बढी रिसाउने बानी भएपनि धेरै मान्छेहरुको विश्वासको पात्र मानिने गर्छन।

सोमबार : यस दिन जन्मेका व्यक्तिहरु पनि उत्तिकै भाग्यमानी हुन्छन। यी व्यक्तिहरुमा स्मरण तेज एकदमै बढी हुने गर्छ। सोमबार जन्मिने व्यक्तिहरु बोलीमा निकै मिठासपन पाउन सकिन्छ । यस्ता व्यक्तिको जीवनमा सुख दुख बराबर जस्तै हुन्छ किन भने उनीहरुलाई दुःख सुख उस्तै उस्तै लाग्छ । सोमबार जन्मिने व्यक्ति विध्वान, कला कुशल र बहादुर पनि हुन्छन् ।यस दिन जन्मेका पुरुषहरु निकै माया गर्ने स्वभावका हुन्छन् तर अलि लोभी हुने भएका कारण उनीहरुले प्रायजसो आफ्नी श्रीमतीको गाली सुन्नुपर्ने हुन्छ ।

बिहिवार: बिहिबार जन्म भएका व्यक्तिहरु निकै मेधावी, शान्त र समझदार हुने गर्दछन् । उनीहरु निकै विध्वान र पराक्रमी पनि हुने गर्छन। यिनीहरुको ३० वर्ष उमेर नाघे पछि भाग्य खुल्ने र सोचेभन्दा बढी धन सम्पति कमाउने अवसर मिल्नेछ। बिहिबार जन्मेका व्यक्तिहरु धेरै पैसा कमाउने गर्दछन् र मन खोलेर खर्च पनि गर्छन् । यी व्यक्तिहरुमा नेतृत्व गर्ने गुण हुने भएकाले जुनसुकै क्षेत्रमा काम गरेपनि उच्च पद हाँसिल गर्ने अवसर मिल्नेछ ।

शुक्रबार : शुक्रबार जन्मेका व्यक्तिको मन, दिमाग र शरिर निकै राम्रो हुने गर्दछ । यस दिन जन्मिले व्यक्तिहरु निकै रोमान्चक स्वभावका हुन्छ। उनीहरुको मिठो स्वरले सबैको मन जित्न सफल हुनेगर्छन। यस बर जन्मिने व्यक्तिहरुलाई २० र २४ वर्षको उमेर मा दुख कष्ट पर्ने भएपनि आफ्नो कडा मेहेनत र परिश्रमको बावजुद प्रशस्त धन आर्जन गर्न सक्छन। शुक्रबार जन्म भएका व्यक्तिहरुले गरेका हरेक कामको नतिजा ढिलो आउने भएपनि सकारात्मक हुने गर्छ।

प्रकाशित मिति : २०७५, २१ आश्विन आईतबार  ७ : ५८ बजे

देशको आर्थिक अवस्था सुखद छैन् गृहमन्त्री लेखक

काठमाडौं । गृहमन्त्री रमेश लेखकले पछिल्लो समय देशको आर्थिक अवस्था

साँखुमा स्कुल बस दुर्घटना : छ जनाकाे मृत्यु, ४० घाइते 

काठमाडौं: काठमाडौंको शंखरापुर नगरपालिका ५ स्थित साँखु–नगरकोट सडखण्डमा स्कुल बस

प्रचण्डको अभिव्यक्तिमा एमालेको आपत्ति

काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौँलाले नेकपा माओवादी

हामीले क्रान्तिका कुरा गर्यौं तर हुलाक सेवालाई परिवर्तन गर्न सकेनौं’

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुव्वा गुरुङले राजनीतिक

सशस्त्र प्रहरीको विपद् प्रतिकार्यका लागि ५३ औं टोली तयार

सप्तरी । विपद् व्यवस्थापन कार्यमा खटिँदै आएको सशस्त्र प्रहरी बल,