२०८२, २० असार शुक्रबार

निजी क्षेत्रको सहभागिता नभई समृद्धि हासिल हुन्न : मन्त्री यादव

निजी क्षेत्रको सहभागिता नभई समृद्धि हासिल हुन्न : मन्त्री यादव


बुटवल, २० असोज: उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले निजी क्षेत्रको सहभागिता नभई आर्थिक समृद्धि हासिल गर्न नसकिने बताउनुभएको छ । रुपन्देही उद्योग सङ्घको ४०औँ साधारणसभामा आज उहाँले निजी क्षेत्र पनि कानूनसम्मत ढङ्गले अघि बढेको अवस्थामा सरकारले सहयोग गर्ने बताउनुभयो । मन्त्री यादवले उद्योगी तथा व्यवसायीलाई नाफाको विषय मात्रै केन्द्रमा राखेर नसोच्न आग्रह गर्दै देशको समृद्धिलाई ध्यान दिएर पनि प्रतिफल पाउन सकिने उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, “सरकारले प्रभावकारी काम गरिरहेको छ र जनताको विश्वास टुुट्न दिदैनौँ ।” जनताले वर्तमान सरकारलाई पाँच वर्ष काम गर्न आदेश दिएको उल्लेख गर्दै मन्त्री यादवले आत्मनिर्भर अर्थतन्त्रका लागि सबै मिलेर काम गर्नुपर्नेमा जोड दिनुभयो । प्रदेश नं ५ का आन्तरिक कानून मामिलामन्त्री कुलप्रसाद केसीले प्रदेश नं ५ मा उद्योग सञ्चालनको वातावरण बनेको बताउनुभयो ।

नेपाल उद्योग परिसरका अध्यक्ष हरिभक्त शर्माले कुनै पनि उद्योगलाई सरकारले अपहेलित गर्न नहुने भन्दै प्रदेश नं ५ मा उद्योगका सम्भावनासँगै चुनौती पनि रहेको धारणा व्यक्त गर्नुभयो । सो अवसरमा प्रदेश नं ५ का उद्योग, पर्यटन तथा वनमन्त्री लीला गिरी, रुपन्देही उद्योग सङ्घका पूर्वअध्यक्ष एजाज आलम, सङ्घका अध्यक्ष गणेश अधिकारी लगायतले उद्योगीका लागि लगानीको वातावरण बनाउन आग्रह गर्नुभएको थियो ।

प्रकाशित मिति : २०७५, २० आश्विन शनिबार  ८ : ५८ बजे

रामेछापका आधा सरकारी कार्यालय स्वतः प्रकाशित गर्नुपर्ने सूचना पनि प्रकाशित गर्दैनन्

रामेछाप । रामेछाप जिल्लाका झण्डै आधा सरकारी कार्यालयमा सूचनाको हक

तस्विरमा धरहरा वरपरकाे क्षेत्र

काठमाडौं । धरहरा परिसर पुनर्निर्माणपछि थप आकर्षक र व्यवस्थित बनेको

टी २० महिला क्रिकेटमा कास्कीले नवलपुरलाई हरायो

पोखरा । पोखरामा जारी गण्डकी प्रदेश दोस्रो महिला टी२० क्रिकेट

आज दुई संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौं । संघीय संसद्अन्तर्गत शुक्रबार दुईवटा संसदीय समितिको बैठक बस्दैछ

राष्ट्रियसभाको बैठक बस्दै

काठमाडौं । सङ्घीय संसद् राष्ट्रियसभाको बैठक शुक्रबार बस्दैछ । बैठक