२०८३, ६ जेष्ठ बिहीबार

काभ्रेको बुढापोखरीमा नयाँ विद्यालय भवन

काभ्रेको बुढापोखरीमा नयाँ विद्यालय भवन


धुलिखेल/पनौती नगरपालिकाको वडा नम्बर १ स्थित बुढापोखरीमा नयाँ विद्यालय भवन निर्माण गरिएको छ ।

भूकम्पले ध्वस्त पारेको जनज्योती प्राथमिक विद्यालयको ६ कोठे पक्की भवन निर्माण गरिएको छ । भूकम्प प्रभावित जिल्लाहरुको जीवनस्तर सुधार कार्यक्रम अन्तर्गत टिडिएच जर्मनीको आर्थिक सहयोग र ग्रामीय समाज कल्याण संघ (आर्सो) नेपालको समन्वयमा भवन निर्माण सम्पन्न भएको हो ।

नवनिर्मित भवनको शनिबार राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिनाले उद्घाटन गरेका थिए । १ करोड ३६ लाख लागतमा विद्यालय भवन निर्माण भएपछि स्थानीयहरु हर्षित भएका छन् । ‘हाम्रा स–साना बालबालिका पढ्ने विद्यालय भूकम्पले ध्वस्त पारेपछि अब नयाँ भवन बनाउन सकिदैँ होला भनेर निकै चिन्तित भएका थियौँ, विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष कृष्ण बहादुर श्रेष्ठले भने ‘यो विद्यालय भवन निर्माणमा सहयोग गर्ने संस्थाको जतिनै मैले प्रशंसा गरेपनि अपुरो नै रहन्छ ।’

नयाँ विद्यालय भवनकै आगँनमा स–साना बालबालिका छमछमी नाचे । अभिभावक भेला भएर खुशी साटा साट गरे । आखैँ अगाडी आफू पढ्ने विद्यालय भत्किएको देखेका बालबालिकाहरु निकै खुशी देखिन्थे । भूकम्पले विक्षिप्त बनेको मनमा नयाँ विद्यालय भवन बनेपछि केहि हर्ष थपिएको उनीहरुको मुहारमा छाएको चमकबाटै देखिन्थ्यो ।

विद्यालयमा ६१ जना बालबालिका अध्ययनरत रहेका छन् । भूकम्पछि पठनपाठनको अवस्था सम्झिदैँ विद्यालयका प्रधानाध्यापक विष्णु मगरातीले भने ‘यतिका बर्ष बर्खायाम र चिसो महिना त निकै कष्टसँग बित्यो । सबै कक्षाका बालबालिकालाई दुईवटा कोठामा राखेर पढाउनु पर्दाको अप्ठ्यारो साच्चिकै सम्झना योग्य छ । अब भवन अभावको बहाना बनाएर पठनपाठन कुनै पनि हालतमा रोकिदैँन् । अभिभावकहरुले पनि खबरदारी गर्नुपर्छ ।’

भवन उद्घाटन कार्यक्रम टिडिएच जर्मनीका नेपाल प्रमूख श्याम श्रेष्ठले समयमै विद्यालय भवन निर्माण सकिएमा खुशी ब्यक्त गरे । ‘विद्यालय समयमै निर्माण सकिएको छ, उनले भने ‘अब यो भवनको संरक्षण गर्ने सबैको दायित्व हो ।’

प्रकाशित मिति : २०७५, २० आश्विन शनिबार  ८ : ५५ बजे

हुम्ला-बाजुरा सीमा विवाद: राजमार्ग अवरुद्ध, संसदमा कडा प्रश्न

काठमाडौं । हुम्ला र बाजुरा जिल्लाबीचको सीमा विवाद पुनः चर्किँदा

संसद बैठकमा निर्वाचनदेखि विकास वित्तसम्मका विधेयक पेश हुने

काठमाडौँ । प्रतिनिधिसभा को बैठक आज बिहान ११ बजे सिंहदरबार

कर्णालीको ‘तेल सपना’ संकटमा? संसदमा सडक विस्तारको चर्को माग

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली

अमेरिका-पश्चिमलाई चुनौती दिने नयाँ धुरी ? गहिरिँदै चीन-रूस सम्बन्ध

काठमाडौं । विश्व राजनीतिमा नयाँ शक्ति समीकरण तीव्र रूपमा देखिन

प्रतिनिधिसभामा निर्वाचनसम्बन्धी दुई विधेयक दर्ता, बैठक स्थगित

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा निर्वाचन प्रणालीसँग सम्बन्धित दुई वटा