२०८२, २८ चैत्र आईतबार

कक्षाकोठाको पढाइबाट मात्र दक्ष जनशक्ति उत्पादन हुँदैनः प्रधानमन्त्री ओली

कक्षाकोठाको पढाइबाट मात्र दक्ष जनशक्ति उत्पादन हुँदैनः प्रधानमन्त्री ओली


काठमाडौँ, २० असोज : प्रधानमन्त्री केपी शर्मा ओलीले कक्षाकोठाको पढाइबाट मात्र दक्ष जनशक्ति उत्पादन नहुने बताउनुभएको छ । पूर्वाञ्चल विश्वविद्यालयको २९औँ साधारणसभालाई आज यहाँ सम्बोधन गर्दै उहाँले विद्यालयमा दिइने औपचारिक शिक्षाले मात्र देशको आवश्यकता पूरा नगर्ने भएकाले प्रयोगात्मक र व्यावहारिक शिक्षा दिइनुपर्ने बताउनुभयो ।

प्रधानमन्त्री ओलीले भन्नुभयो, “अब कक्षाकोठाको पढाइले मात्र पुग्दैन, विद्यार्थीलाई घर गाउँमा, खेतमा नै लगेर शिक्षा दिनु पर्दछ ।” शिक्षालाई आजको विज्ञान र प्रविधिलाई समेत उपयोग गरेर अघि बढाउनुपर्छ, उहाँले भन्नुभयो, “शिक्षा र प्रविधिलाई संगसंगै अघि बढाएर लग्यो भने यसले थोरै जनशक्तिबाट धेरै काम लिन सकिन्छ ।”

प्रधानमन्त्री ओलीले यस वर्षदेखि शुरु गरिएको निरक्षरताविरुद्धको महाअभियानले आगामी वर्षमा सबै बालबालिकालाई विद्यालयमा ल्याइने बताउँदै “आगामी वर्षदेखि विद्यालय उमेरका कोही पनि बालबालिका विद्यालय बाहिर हुने छैनन्”, भन्नुभयो । विश्वविद्यालय अब विशिष्टकृत हुनैपर्ने उल्लेख गर्दै उहाँले विश्वविद्यालयमा आपसी समन्वय नहुँदा कतिपय ठाँउमा आवश्यकताभन्दा बढी कलेजले सम्बन्धन पाएको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले देशको आवश्यकताअनुसार शिक्षण संस्था खोल्नुपर्नेमा जोड दिँदै शिक्षालाई देशको आवश्यकताअनुसार अघि बढाउनु पर्दछ भन्नुभयो । साधारणसभाले आव २०७५÷०७६ का लागि प्रस्तावित आयव्यय विवरण, आव २०७१÷०७२ र आव २०७२÷०७३ को लेखा परीक्षण प्रतिवेदन पास गरेको छ । यसैगरी आव २०७३÷०७४ र २०७४÷०७५ को लेखा परीक्षक नियुक्त गर्न विश्वविद्यालयलाई अधिकार दिएको छ । साधारणसभामा प्रस्तुत गरिएको अन्य प्रस्ताव अर्को बैठकमा छलफल गर्ने बताइएको छ ।

प्रकाशित मिति : २०७५, २० आश्विन शनिबार  ७ : २१ बजे

असफल वार्तापछि अबको बाटो: द्वन्द कि संवाद ?

संयुक्त राज्य अमेरिका र इरान बीच इस्लामावाद मा भएको वार्ता

वार्ता असफलपछि ट्रम्पको प्रतिक्रिया: ‘चिन्तित छैनौँ’

काठमाडौं । डोनाल्ड ट्रम्पले इरानसँगको वार्ता निष्कर्षविहीन भएपछि पनि आफू

अमेरिका-इरान वार्ता निष्कर्षविहीन :अन्तिम प्रस्ताव पनि अस्वीकृत

काठमाडौं । संयुक्त राज्य अमेरिका र इरान बीच इस्लामावाद मा

परराष्ट्रमन्त्री शिशिर खनालले भारत, भूटान र बङ्गलादेशका विदेशमन्त्रीहरूसँग भेटवार्ता

काठमाडौँ । नवौँ हिन्द महासागर सम्मेलनमा सहभागी हुने सिलसिलामा मोरिससको

सरकारको २४ घण्टाभित्र विमानस्थलमा स्तनपानकक्षको व्यवस्था गर्ने निर्देशन

काठमाडौँ । सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित देशभरका सबै विमानस्थलमा २४