२०८२, ८ फाल्गुन शुक्रबार

काङ्ग्रेस सुध्रिएर अघि बढ्नुपर्छ : नेता पौडेल

काङ्ग्रेस सुध्रिएर अघि बढ्नुपर्छ : नेता पौडेल


दमौली, २० असोज: नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले काङ्ग्रेस सुध्रिएर अघि बढ्नुपर्नेमा जोड दिनुभएको छ । नेपाली काङ्ग्रेस भानु नगर समितिले दशैँ, तिहार, छठ, नेपाल संवत्का अवसरमा आज भानु नगरपालिका–१ मा आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा उहाँले भन्नुभयो, “काङ्ग्रेसभित्र भएका कमीकमजोरीलाई सच्याएर अघि बढ्नुपर्छ ।”

वरिष्ठ नेता पौडेलले गफ मात्रै गर्ने काङ्ग्रेसभन्दा कर्मशील काङ्ग्रेस आजको आवश्यकता हो भन्दै कम्युनिष्ट बिग्रेलान् र काङ्ग्रेस बन्छ भन्ने मानसिकता त्याग्नुपर्ने बताउनुभयो । “कम्युनिष्ट बिग्रेर काङ्ग्रेस बलियो हुने होइन”, उहाँले भन्नुभयो, “आफँैभित्र भएको कमजोरी सुधार्दै बलियो बन्नुपर्छ ।”

नेता पौडेलले काङ्ग्रेसलाई सही ढङ्गले अघि बढाउन पार्टीभित्र सङ्घर्ष जारी रहेको उल्लेख गर्दै सङ्घर्षले सफलता मिल्ने विश्वास व्यक्त गर्नुभयो । एउटा चुनाव हारे पनि राजनीति नहारेको भन्दै उहाँले काङ्ग्रेसको सङ्गठनले चुनाव हारे पनि सिद्धान्तले भने जितेको बताउनुभयो । हरेक परिवर्तनको नेतृत्व काङ्ग्रेसले गरे पनि अहिले चुनाव हारेपछि समृद्धिको नेतृत्व काङ्ग्रेसले गर्न नपाएको उहाँको भनाइ छ ।

नेता पौडेलले देशमा अहिले भ्रष्टाचार, हत्या, हिंसा बढेको उल्लेख गर्दै यसको नियन्त्रणमा सरकार असफल भएको आरोप लगाउनुभयो । “चाडपर्वका क्रममा जनतामाथि महङ्गी थोपारिएको छ, वाइडबडी खरिदमा भ्रष्टाचार भएको छ, बूढीगण्डकी विनाप्रतिस्पर्धा जिम्मा दिइएको छ”, उहाँले भन्नुभयो, “यसको नियन्त्रणका लागि सरकार असफल भएको छ ।”

काङ्ग्रेसका केन्द्रीय सदस्य शङ्कर भण्डारीले आफ्नै पार्टीभित्रको कमजोरीले काङ्ग्रेसले पराजय बेहोरेको बताउँदै तनहुँमा छ सिट नै गुमाएको विषयमा छलफल हुन नसके भोलिलाई समेत अप्ठ्यारो पर्ने भएकाले यसतर्फ गम्भीर हुनुपर्नेमा जोड दिनुभयो । अरु बेला काङ्ग्रेस भन्ने तर चुनावमा काङ्ग्रेसलाई हराउन खोज्ने प्रवृत्ति अन्त्य हुनुपर्ने बताउँदै उहाँले दुई तिहाइको दम्भमा न्यायालय, कर्मचारी र प्रहरी प्रशासनलाई आतङ्कित पार्ने काम नगर्न सरकारलाई आग्रह गर्नुभयो ।

प्रकाशित मिति : २०७५, २० आश्विन शनिबार  ६ : ३७ बजे

सप्तरीमा एमाले झण्डा र उम्मेदवारको तस्वीर जलाएको भिडियो सार्वजनिक

राजविराज । सप्तरी निर्वाचन क्षेत्र नम्बर २, महदेवा गाउँपालिकाबाट प्रतिनिधिसभा सदस्य

नेकपाका २ दर्जन कार्यकर्ताले उठाए बिद्रोहको झण्डा, मनोजजंगलाई बिजयी गराउने उद्घोष

सिन्धुली । आगामी फागुन २१ गते हुने प्रतिनिधीसभा सदस्यको निर्वाचन

रास्वपा सभापतिकै घरबाट तीन थान भरूबा बन्दुक बरामद

सिन्धुली । निर्वाचनको मिति नजिकिंदै गएका बेला सिन्धुलीमा राष्ट्रिय स्वतन्त्र

देश जलाउनेले देश बनाउने पार्टीको झण्डा जलाए : एमाले

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ताले बिहीबार राति नेकपा

झण्डा जलाउने रास्वपा कार्यकर्तालाई नेशनल भोलेन्टियर फोर्सको कडा चेतावनी

काठमाडौं। दाङमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताले नेकपा एमालेको