२०८३, १५ श्रावण शनिबार

निन्द्रा लाग्दैन ? अपनाउनुस् यी उपाय

निन्द्रा लाग्दैन ? अपनाउनुस् यी उपाय


रातमा निन्द्रा नलाग्ने समस्या धेरैलाई हुन्छ । विशेष गरी युवा युवती र धेरै तनाव लिने मानिसमा बढि हुन्छ । यसलाई ‘इन्सोम्निया’ भनिन्छ । पर्याप्त मात्रामा निन्द्रा नपुगे यसले शारीरिक, मानसिक तथा भावनात्मक समस्या निम्त्याउँछ ।

इन्सोम्निया छोटो समयको लागि पनि पनि हुन सक्छ र लामो समयको लागि पनि । छोटो समयको लागि हुने इन्सोम्निया केही दिन तथा हप्तासम्म हुन सक्छ । यो विशेष गरी तनाव दिने कुराहरु जस्तै पैसा अभाव, स्वास्थ्य समस्या तथा सम्बन्धमा आएको समस्याका कारण पैदा हुन्छ । लामो समयसम्म हुुने इन्सोम्निया महिनौँसम्म देखिन सक्छ । इन्सोम्नियाको उपचार गर्न विभिन्न उपायहरु अपनाउन सकिन्छ ।

१. इन्सोम्निया सुत्ने वातावरणको कारणले हुन सक्छ । त्यसैले सुत्ने कोठा शान्त हुन आवश्यक छ । ओछ्यान आरामदायी भए राम्रो तर बढि नरम भएपनि निन्द्रा नलाग्न सक्छ । सुुत्ने कोठालाई पूर्ण रुपमा अध्यारो राखे निन्द्रा लाग्छ ।

२. खाली पेटमा सुतेमा पनि निन्दा नलाग्न सक्छ । त्यसैले बेलुकाको खाना खाएर मात्रै सुत्नु पर्छ । तर खाना खाएको १/२ घण्टापछि मात्रै सुुते स्वास्थ्यको लागि फाइदा गर्छ ।

३. विशेषगरी तनावका कारणले निन्द्रा लाग्दैन । त्यसैले तनाव कम गर्ने उपायहरु अपनाउनुहोस् । अरुसँग धेरै आशा नगर्नुहोस् र आफ्नो जिम्मेवारीहरुलाई हल्का रुपमा लिनुहोस् ।

४. दिनको समयमा केही शारीरिक व्यायाम गरेमा राति राम्रो निन्द्रो लाग्छ । इन्सोम्नियाको उपचार गर्ने यो निकै उपयुक्त विधि हो । व्यायाम गर्दा अक्सिजनको खपत बढ्छ, जसको कारणले थकाई बढ्छ र निन्द्रा लाग्छ ।

५. सुत्नुअघि रक्सी सेवन गर्नु हुँदैन । केही व्यक्तिहरुमा रक्सी सेवन गर्दा छिटो निन्दा लाग्छ भनिए पनि यसले तपाईको सुताईलाई डिस्टर्ब गर्छ । रक्सी सेवन गरेर सुुतेमा मध्यरातमा निन्द्रा खुल्ने र फेरी निदाउन गाह्रो पर्ने हुन सक्छ । रक्सी सेवनको मात्रालाई कम गर्नु राम्रो हुन्छ । र सुुत्नुभन्दा एक घण्टा अघिमात्रै रक्सी पिउनु पर्छ ।

६. चिया कफि पिउनु पनि इन्सोम्नियाको कारण हुन सक्छ । चिया कफिमा हुने क्याफेनले उत्तेजना पैदा गर्ने हुँदा यसले निन्द्रामा असर पुर्‍याउँछ । क्याफेनको असरमा करिव ८ घण्टासम्म हुने भएकाले दिउँसोको खाजापछि चिया कफि नपिउँदा यसले निदाउन सहज बनाउँछ ।

७. सुत्ने बेलामा मोबाइल जस्ता इलेक्ट्रोनिक सामान चलाएमा यसले निन्द्रा खल्बल्याउँछ । त्यसैले सुत्ने समयभन्दा ३० मिनेट अघि नै मोबाईल, ल्यापटप, टिभी जस्ता इलोक्ट्रोनिक साधन बन्द गर्नुपर्छ । –एजेन्सी

प्रकाशित मिति : २०७५, २० आश्विन शनिबार  ४ : २७ बजे

चाँगुनारायणमा अब घरदैलोमा आँखा उपचार,मोतियाबिन्दु शल्यक्रिया पनि निःशुल्क हुने

नबराज काफ्ले भक्तपुर, १५ श्रावण  : चाँगुनारायण नगरपालिका–२ दुवाकोट स्वास्थ्य

ब्रड पिक दुर्घटना : ६ नेपाली पर्वतारोही अझै सम्पर्कविहीन, उद्धारमा तीव्र समन्वय

काठमाडौं। पाकिस्तानको ब्रड पिक क्षेत्रमा आएको हिमपहिरोपछि सम्पर्कविहीन भएका नेपाली

गणेश यादवका परिवारलाई भेट्न आज सिरहा पुग्दै गृहमन्त्री गुरुङ, सुरक्षा अवस्थाबारे पनि लिने ब्रिफिङ

काठमाडौं। मधेश प्रदेशमा पछिल्ला दिनमा देखिएको तनावपूर्ण अवस्थाबीच गृहमन्त्री सुधन

आज राष्ट्रियसभा बैठक बस्दै, गृहमन्त्री गुरुङ र शिक्षामन्त्री पोखरेलले सांसदका प्रश्नको जवाफ दिने

काठमाडौं। संघीय संसदअन्तर्गत राष्ट्रियसभाको बैठक आज दिउँसो १ः१५ बजे बस्ने