२०८१, ५ मंसिर बुधबार

बेथानचोक गाउँपालिकाको नीति तथा मार्गदर्शन

बेथानचोक गाउँपालिकाको नीति तथा मार्गदर्शन


बेथानचोक गाउँपालिकाका अध्यक्ष श्री प्रेम बहादुर तिमल्सिनाद्वारा प्रस्तुत बेथानचोक गाउँपालिकाको आ.व. २०७५/७६ को नीति तथा मार्गदर्शन

बेथानचोक गाउँपालिकाका अध्यक्ष श्री प्रेम बहादुर तिमल्सिनाद्वारा प्रस्तुत
बेथानचोक गाउँपाकाको आ।व। २०७५/७६ को नीति तथा मार्गदर्शन
बेथानचोक गाउँपालिकाको यस ऐतिहासिक एवं गरीमामय तेस्रो गाउँसभाकालि प्रमुख अतिथि माननीय सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल प्रसाद बासकोटाज्यू, पूर्व राज्यमन्त्रीज्यू, प्रदेशसभा सदस्यज्यूहरु, राजनैतिक दलका केन्द्रीय सदस्यज्यूहरु एवं जिल्ला स्तरका प्रमुख तथा प्रतिनीधिज्यूहरु, जिल्ला समन्वय समितिका प्रमुखज्यू, प्रमुख जिल्ला अधिकारीज्यू, गाउँसभाका सदस्यज्यूहरु, सुरक्षा निकायका प्रमुखज्यूहरु, कार्यालय प्रमुखज्यूहरु एवं सम्पूर्ण राष्ट्रसेवक शिक्षक कर्मचारीज्यूहरु, संचार क्षेत्रका प्रमुख एवं प्रतिनीधिज्यूहरु, गैर सरकारी तथा नीजि क्षेत्रका प्रमुख एवं प्रतिनीधिज्यूहरु, उपस्थिती सम्पूर्ण अतिथि एवं महानुभावहरु १ हाम्रो आमन्त्रणलाई स्वीकार गरी उपस्थित भैदिनु भएकोमा हार्दिक स्वागत एवं अभिवादन व्यक्त गर्दछु ।

प्राकृतिक सौन्दर्यताले भरिपूर्ण, साँस्कृतिक विविधतायुक्त, सबै जातजातिको सुन्दर समिश्रण रहेको बेथानचोक गाउँपालिकाको विकासको मार्गदर्शक आ।व। २०७५।०७६ को वार्षिक नीति तथा कार्यक्रम यहाँहरु माझ प्रस्तुत गर्ने सु–अवसर पाउँदा अत्यन्तै गौरवान्वित महसुस गरेको छु ।

बेथानचोक गाउँपालिकाको नीति तथा कार्यक्रम प्रस्तुतीको यस सु–अवसरमा म देश र जनताको लागि आफ्नो जीवनको आहुति दिने ज्ञात अज्ञात सम्पूर्ण शहीदहरुप्रति भावपूर्ण हार्दिक श्रद्धान्जलि अर्पण गर्दछु ।

आदरणिय उपस्थित महानुभावहरु,
संघीय लोकतान्त्रिक गणतन्त्रात्मक देश नेपालको प्रदेश नं ३ मा रहेको काभ्रेपलाञ्चोक जिल्लाको १३ वटा स्थानीय तहमध्ये एक बेथानचोक गाउँपालिका साविकका ५ वटा गा।वि।स।हरु चलालगणेशस्थान, ढुंखर्क, च्याम्राङ्गबेसी, च्यासिङ्गखर्क, भुग्देउमहांकालचौर मिली बनेको छ । ६ वटा वडा भएको यस गाउँपालिकाको क्षेत्रफल १०१ वर्ग कि।मी।, जनसंख्या १६,७७७ रहेको छ भने १६६ प्रति वर्ग कि।मि। जनघनत्व रहेको छ । साविकको ढुंखर्क गा।वि।स। वडा नं। १ मा पर्ने समुन्द्री सतहबाट करिब ३०१८ मिटर अग्लो महाभारत पर्वत श्रृंखलाको उच्चतम स्थानमा रहेको बेथाञ्चोकनारायण मन्दिरको नामबाट यस गाउँपालिकाको नामाकरण गरिएको र सिमांकन साविकको ढुंखर्क गा।वि।स।को कार्यालयलाई केन्द्र मानी गरिएको छ ।

उत्तरमा काभ्रेपलाञ्चोक जिल्लाको पनौती र नमोबुद्ध नगरपालिका, दक्षिणमा खानीखोला गाँऊपालिका, पूर्वमा रोशी गाँऊपालिका रहेको छ भने पश्चिममा ललितपुर जिल्लाको महांकाल गाँऊपालिका रहेको छ । प्राकृतिक सुन्दरताले भरिपूर्ण महाभारत पर्वत श्रृंंखलामा पर्ने यो गाउँपालिका कृषि, पशु, जडिबुटी र पर्यटन क्षेत्रमा असाध्यै सम्भावना बोकेको, न्यानो शितोष्ण र ठण्डा समशितोष्ण हावापानी भएको, सबै जातजातिहरुको सुन्दर समिश्रणको रुपमा रहेको छ । अन्नवाली, पशुपालन, तरकारी खेती यहाँको प्रमुख व्यवसायको रुपमा पाउन सकिन्छ भने जडिबुटी, खानीजन्य उद्योग र पर्यटनको क्षेत्रमा प्रचुर सम्भावना बोकेको क्षेत्र पनि हो । उपयुक्त नीति सहितको लगानी र प्रवर्धन गर्न सकेमा राष्ट्रिय र अन्तराष्ट्रिय पर्यटकहरुको एक आकर्षक गन्तब्यको रुपमा पहिचान बनाउन सक्षम हुनेछ बेथानचोक गाउँपालिका ।

आदरणीय महानुभावहरु,
देशबाट राजनीतिक संक्रमणकालको पूर्णतः अन्त्य भएको छ । लामो समयसम्म रहेको राजनीतिक संक्रमणकाललाई वि।सं। २०७४ मा सम्पन्न सफल निर्वाचनले अन्त्य गर्दै देशलाई स्थिरताको यात्रातर्फ अघि बढाएको छ । देशको राजनैतिक स्थिरता संगै नेपाल सरकारको सर्वाङ्गीण विकासको नीतिलाई यस बेथानचोक गाउँपालिकाले समेत काँधमा काध मिलाउदै गाउँपालिकाको आ।व।२०७५।०७६ को वार्षिक नीति तथा कार्यक्रम लिएर तपाईहरु समक्ष प्रस्तुत हुन पाउँदा अत्यन्तै गौरवान्वित भएको छु । हाम्रा आवश्यकताहरु अनन्त छन्, चाहनाहरु असीमित छन् । तर साधन श्रोतमा सीमितता छ । यिनै असीमित चाहना र सीमित साधनश्रोतलाई अतिउत्तम तरिकाले सन्तुलन गर्दै उपयुक्त नीति अवलम्बन गर्दै बेथानचोक गाउँपालिका विकासमा अतुलनीय फड्को मार्ने जमर्को गर्दैछ ।

त्यसैको लागि नीतिगत आधार बनाउदै आर्थिक बर्ष २०७५।७६ को नीति तथा मार्गदर्शन यहाँहरु समक्ष पस्कदैछु । सबैको सकारात्मक सोच, विकास अभियानमा संलग्नता, उपलब्ध स्रोत र साधनको समुचित उपयोग मार्फत अघि बढ्न सक्यौँ भने हामीलाई हाम्रो लक्ष्य प्राप्ति गर्न कुनै कठिनाई हुनेछैन । यस ऐतिहासिक गाउँसभा मार्फत म सबैलाई गाउँपालिकाको विकास निर्माण अभियानमा हातेमालो गर्दै समृद्ध बेथानचोक निर्माणमा सहभागी हुन हार्दिक अपिल गर्दछु ।

आदरणीय उपस्थित महानुभावहरु,
सामाजिक, आर्थिक, राजनैतिक एवं भौतिक विकासको दृष्टिले हामीसँग थुप्रै सम्भावना र चुनौतीहरु रहेका छन् । हाम्रो साझा प्रयत्नबाट यी सम्भावना तथा चुनौतीहरुलाई अवसरको रुपमा उपयोग गर्दै अघि बढ्न सक्यौँ भने बेथानचोक गाउँपालिकालाई चाहेको जस्तो नमूना गाउँपालिकाको रुपमा विकास गर्न सकिने कुरामा कुनै दुईमत हुन सक्दैन । तथापि, हामी अगाडि बढ्दै जाँदा पछाडि पनि फर्केर हेर्नुपर्ने हुन्छ । विगतमा देखिएका कमीकमजोरीहरुलाई सुधार गर्दै अगाडि बढ्यौं भने मात्र हामी लक्ष्यमा पुग्न सक्दछौं, समृद्ध बेथानचोक बनाउन सक्दछौं ।

लामो समयदेखि देशको स्थानीय तहमा जनप्रतिनिधिको रिक्तता भईरहेको अवस्थामा २०७४ को स्थानीय तहको निर्वाचन मार्फत स्थानीय तहमा जनप्रतिनिधिहरु आईसकेको र स्थानीय सरकारको रुपमा देश र जनताले मान्यता दिई सकेको करिब १ बर्ष पुरा भएको छ । यस १ बर्षमा जनताले खोजेको विकासलाई निकास दिने प्रयत्न गर्दागर्दै पनि धेरै कुराहरुले हामीलाई साथ दिईरहेको छैन । सरकारको स्पष्ट कार्यनीति वा निर्देशन नहुनु, संघीय तथा प्रदेश सरकारका बिषयगत ऐन कानूनहरु बनि नसक्नु, कर्मचारीहरुको चरम अभाव हुनु, स्थानीय तहमा रहेका जनप्रतिनिधिहरु समेत आफ्नो काम, कर्तव्य, अधिकार र दायित्वसंग प्रशिक्षित नहुनु, उपयुक्त योजनाको पहिचान र बजेट व्यवस्थापन गर्न नसकिनु, कार्य पद्धति र विधिको स्थापना नहुनु, भौतिक संरचनाको अभाव रहनु आदि जस्ता कारणहरुले सोचे जति उपलब्ध िहासिल हुन नसकेता पनि समग्रमा बेथानचोक गाउँपालिकाको कार्य सम्पादन राम्रो नै रहेको छ ।

आदरणिय उपस्थित महानुभावहरु,
संघिय सरकार र प्रदेश सरकारबाट प्राप्त बजेटको सीमांकन, आगामी बर्षको राजस्व संकलनको अनुमान, नगद मौज्दात आदिको आधारमा रु। ३४,४०,२७,७३१।– को बजेट पेश गर्दै समग्र बेथानचोक गाउँपालिकालाई समृद्धीको दिशामा अगाडि बढाउन मार्गदर्शन हुने गरी देहायका नीतिहरु अवलम्बन गर्न प्रस्ताव गर्दै सभ्य, स्वस्थ र समृद्ध बेथानचोकको परिकल्पना गर्दछु ।

क० आर्थिक विकासस
भू–उपयोग नीति बनाई कृषि, खानी, जडिबुटी, व्यापारिक, बस्ती आदी क्षेत्रको बर्गिकरण गरी भूमिको बैज्ञानिक व्यवस्थापन गरिनेछ ।

पशु जन्य उद्योग एवं कृषिमा व्यवसायिकरण गरिनेछ । मौरी, आलु, मकै, कफी आदी पकेट क्षेत्र तोकिनेछ । एक वडा एक उत्पादनको अवधारणालाई आत्मसात गरिनेछ ।

आलु तथा कृषिजन्य उत्पादनलाई सुरक्षित राख्नको लागि संघीय तथा प्रदेश सरकारसंगको समन्वयमा कोल्डस्टोर स्थापनाको लागि पहल गरिनेछ ।

गाउँपालिका भित्र उत्पादित वनपैदावार, कृषि एवं पशुजन्य उत्पादनलाई उद्योगमुलक बनाई ब्रान्डिङ्ग गरिनेछ ।
पशुजन्य उत्पादनमा बृद्धि गर्न प्रभावकारीरुपमा नश्लसुधार कार्यक्रम सञ्चालन गरिनेछ ।

रासायनिक मल तथा बिषादीको प्रयोगलाई न्यूनिकरण गरी अर्गानिक कृषि उत्पादनमा जोड दिईनेछ ।
बेमौसमी तरकारी उत्पादनमा टनेल र साना सिंचाईको प्रयोग गरिनेछ ।

गाउँपालिका भित्र संचालित ऋण तथा सहकारीहरु एउटै छाता संगठनको अवधारण ल्याई छरिएको पूजीलाई एकत्रित गरिनेछ । कृषकको सहज लगानी तथा बचतलाई प्रोत्साहन गर्न प्रत्येक वडामा वित्तीय संस्थाको स्थापना तथा शाखा सञ्चालनमा जोड दिईनेछ ।

प्राविधिक शिक्षा प्रदायकसंग साझेदारी एवं समन्वयमा कृषि उत्पादन र कृषकहरुको क्षमता विकासमा सहयोग पु¥याइनेछ ।

९स्थानीय तहमा उपलब्ध खानी तथा खनिज पदार्थको तथ्याङ्क संकलन, अभिलेख र व्यवस्थापन कार्य गरिनेछ । खानी तथा खनिज पदार्थको संरक्षण र उपयोग सम्बन्धी नीति र मापदण्ड तयार गरी कार्यान्वयन गरिनेछ ।

गाउँपालिका भित्रका सबै प्रकारका व्यवसायहरु अनिवार्यरुपमा नियमानुसार दर्ता गरेरमात्र सञ्चालनको लागि पहल गरिनेछ । प्रचलित कानून बमोजिम दर्ता भएपश्चात मात्र कुनैपनि उद्योग तथा व्यवसाय सञ्चालनमा हुने कुराको निश्चितता गरिनेछ ।

प्राकृतिक श्रोतको उपयोग तथा आर्थिक विकासका अभियानमा स्थानीय जनसहभागितालाई जोड दिईनेछ ।

सार्वजिनक जग्गाको एकिन गरी छुट्टाईने छ साथै, नापी नभएको जग्गालाई नापी गर्न पहल गरिनेछ ।

कृषि उत्पादन बृद्धिको लागि प्रत्येक वडामा नै माटो परीक्षण गरिनेछ, सबै वडामा कृषि तथा पशु प्राविधिक राखिनेछ ।

वीउबिजन तथा यान्त्रिकिकरणमा साझेदारी कार्यक्रम मार्फत सहुलियत उपलब्ध गराईनेछ ।

वित्तीय क्षेत्रलाई अनुशासित र व्यवस्थित गराउन आवश्यक नीति तथा कार्यक्रम संचालन गरिनेछ ।

पर्यटन प्रवद्र्धन तथा विकासको लागि पर्यटन गुरुयोजना निर्माण गरिनेछ । गाउँपालिका भित्र रहेका पर्यटकीय

क्षेत्रहरुको पहिचान गरी विकासमा जोड दिईनेछ । बेथानचोक नारायणस्थानलाई पर्यटकीय प्रमुख गन्तब्यको रुपमाविकास गर्न केन्द्र तथा प्रदेश सरकारसगँ समन्वय गरी पर्यटन क्षेत्र घोषणा गर्ने नीति लिइनेछ ।

भ्अय९त्यगचष्कm को अवधारणालाई आत्मसात् गर्दै पर्यावरण हराभरा बनाउँदै भू–क्षय पहिरो रोकथाममा जोड दिइनेछ ।

केन्द्र तथा प्रदेश सरकार, दातृ संस्था, गैरसरकारी संस्थासँगको समन्वय र सहकार्यमा आयमुलक कार्यक्रम सञ्चालन गरिनेछ ।

पर्यटन प्रवद्र्धनको लागि पर्यटकीय पदमार्गको पहिचान तथा विकास गरिनेछ ।

सार्वजनिक उद्यान तथा पार्क, मनोरञ्जन केन्द्र निर्माण तथा स्थापना गरिनेछ ।

पर्यटन प्रवद्र्धनको लागि केवलकार, रकक्लाईम्बीङ्ग, प्याराग्लाईडिङ्ग आदिको सम्भाव्यता अध्ययन गरी सोहि अनुरुप गरिनेछ ।

गाउँपालिकाका सबै वडाहरुमा एकिकृत होमस्टे सञ्चालनको लागि आवश्यक कार्यक्रम ल्याईनेछ ।

पर्यटन प्रवर्धनको लागि एकिकृत सूचना केन्द्रको स्थापना गरिनेछ ।

पशु र कृषि बिमा कार्यक्रम क्रमशः लागु गरिदै गईनेछ । कृषि अनुसन्धान केन्द्र स्थापनाको लागि पहल गरिनेछ ।

ठुला योजना तथा विकासका लागि समपुरक कोषको स्थापना गरी कार्यान्वयनमा ल्याईनेछ ।

ख सामाजिक विकास

बेथानचोक गाउँपालिकाको शिक्षा नियमावली, शिक्षक व्यवस्थापन कार्यविधि र निःशुल्क तथा अनिवार्य शिक्षा सञ्चालन कार्यविधि निर्माण गरी लागू गरिनेछ ।

सामुदायिक विधालयको गुणस्तर सुधारका लागि विधालयमाकार्यरत सवै शिक्षकहरुलाई कार्यसम्पादन करार गराई सिकाइ उपलब्धि वृद्धिमा जोड दिइनेछ । साथै, कार्य सम्पादन मूल्यांकनको आधारमा तहगत उत्कृष्ट शिक्षकलाई पुरस्कृत गरिनेछ ।

गाउँपालिकालिकामा सञ्चालित सवै विद्यालयहरुमा अंग्रजी माध्यमबाट पठनपाठनमा विशेष जोड दिदै आ।व। ०७८।७९ सम्ममा कम्तीमा कक्षा ५ सम्म अंग्रेजी माध्यमबाट अध्यापन गराईनेछ ।

वालमैत्री शिक्षण सिकाइ क्रियाकलापमा जोड दिइनेछ ।

सबै बालबालिकालाई प्रारम्भिक बालशिक्षाको अवसर प्रदान गर्न विद्यालय संरचना भित्र प्रारम्भिक बालशिक्षा संचालन गर्ने निति लिइनेछ ।

शिक्षण सिकाइ प्रक्रियामा सहज सिकाइ वातावरण सिर्जना गर्न वालविकास केन्द्र, कक्षा १ देखि बसाइ व्यवस्थापन र शैक्षिक सामग्रीयुक्त कक्षाकोठाको विकास गर्दै न्युनतम वर्षको एउटा कक्षालाई नमूना कक्षाको रुपमा विकास गर्दै लगिनेछ ।

सामुदायिक विद्यालयको पहँुच सबैमा पु¥याउन, विद्यालय बाहिर रहेमा वालवालिकालाई विद्यालयमा ल्याउन, आर्थिक विपन्न वालवालिकाको सिकाइलाई प्रवद्र्घन गर्न गाउँपालिका भित्र कम्तिमा १०० जना विधार्थी क्षमताको छात्रावास खोल्न पहल गरिनेछ ।

गाउँपालिकाभित्र सञ्चालन भएका विद्यालयहरुलाई भौगोलिक अवस्था एवं विद्यार्थीहरुको संख्याको आधारमा विद्यालयहरुको संयोजन, कर्मचारीहरुको दरबन्दी मिलान तथा व्यवस्थापन र विद्यालयको तह घटाउने वा बढाउने कार्य गर्दै लगिनेछ ।

न्यून शिक्षक भएका विद्यालयहरुलाई सिकाई उपलब्धि वृद्धि गर्न न्यूनतम शिक्षक व्यवस्थापनको लागि अनुदान दिइने नीति लिइने ।

विद्यालय भर्ना दर बृद्धि गर्ने तथा छोड्ने दर न्युन गर्न विद्यालय भर्ना अभियान र विद्यालय जानका लागि पे्ररित गर्न विभिन्न कार्यक्रम संचालन गरिने छ । साथै, सरकारी, राष्ट्रिय तथा अन्र्तराष्ट्रिय गैर सरकारी संस्थाको सहयोग, समन्वय र सहकार्यमा औपचारिक शिक्षा बाट बञ्चित बालबालिकाहरु लगायत अन्यका लागि अनौपचारिक शिक्षा कक्षा संचालनमा जोड दिइनेछ ।

गाउँपालिका भित्र कम्तिमा एउटा प्राविधिक शिक्षालय स्थापनाको लागि पहल गरिनेछ ।

आधुनिक शिक्षण पद्धति र प्रविधियुक्त शिक्षाको लागि लक्षित शिक्षकहरुलाई अभिमुखिकरण कार्यक्रम सञ्चालन गर्दैै प्रभावकारी सिकाईको लागि अधिकतम क्ष्ऋत् को प्रयोगलाई प्रोत्साहन गरिनेछ ।

जिल्ला आयोजना कार्यान्वयन इकाई लगायत सरकारी एवं विभिन्न विकास साझेदारसँगको समन्वयमा सामुदायिक विद्यालयको भौतिक सुधार गुरुयोजना निर्माण गरिनेछ ।

आ.व.२०७८।७९ सम्ममा प्रत्येक वडामा १÷१ वटा खेलकुद मैदान र गाउँपालिकास्तरमा रंगशाला निर्माणको लागि पहल गरिनेछ ।

गाउँपालिका अध्यक्ष कप खेलकुद प्रतियोगिता बर्षको एक पटक आयोजना गरिनेछ । साथै, गाउँपालिका तथा वडास्तरीय अन्य खेलकुद कार्यक्रमहरु समेत संचालन गरिनेछ ।

आ.व. २०७५।७६ भित्र बेथानचोक गाउँपालिकालाई साक्षर गाउँपालिका घोषणा गरिनेछ ।

प्रत्येक बालबालिकालाई निर्धारित उमेर भित्र सबै किसिमका खोपको पूर्ण प्रत्याभूति गराईनेछ ।

९स्वास्थ्य संस्थामा मात्र सुत्केरी गराउने अवधारणालाई मुर्तरुप दिन लक्षित बर्ग तथा समुदायमा आवश्यक कार्यक्रमहरु सञ्चालन गर्दै आ।व। २०७८।७९ सम्ममा बेथानचोक गाउँपालिकालाई श्भचय ज्यmभ म्भष्खिभचथ गाउँपालिका घोषणा
गरिनेछ ।

क्अचभभलष्लन गरी आवश्यकतानुसार स्थानीय तहमा सम्बन्धित विषयविज्ञहरु सहितको स्वास्थ्य क्याम्प चलाईने छ । विभिन्न गै।स।सं।, अस्पताल तथा मेडिकल कलेजहरुको समन्वयनमा स्थानीय तहमा नै विशेषज्ञ चिकित्सकबाट स्वास्थ्य जाँचको व्यवस्था गरिनेछ ।

महिला स्वास्थ्य स्वयं सेविकाको क्षमता अभिवृद्धि गराउने र महिला स्वास्थ्य स्वयम् सेविकाबाट प्रदान हुने सेवालाई थप प्रभावकारी बनाईनेछ । उमेरको हद वा अन्य अवस्था हेरी कार्यरत महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई ससम्मान बिदाईगरी निश्चित मापदण्डको आधारमा महिला स्वास्थ्य स्वयंसेविकाहरुको छनौट गरिनेछ ।

नेपाल सरकारको निःशुल्क औषधी तथा स्वास्थ्य सेवा कार्यक्रमलाई प्रभावकारी टेवा पु¥याई स्वास्थ्य सेवामा सवैको पहुँच सुनिश्चित गरिनेछ । साथै, स्वास्थ्य बिमा कार्यक्रम लागुगर्न आवश्यक पहल एवं समन्वय गरिनेछ ।

गाउँपालिकाबाट सर्वसुलभ एम्बुलेन्स सेवा उपलब्ध गराईनेछ ।

गाउँपालिका भित्र सञ्चालित सबै स्वास्थ्य चौकीको स्तरोन्नति गरिने छ । स्वास्थ्य चौकीहरुमा स्तरीय प्रयोगशाला सहितको ५ शैया सञ्चालनमा ल्याउन पहल गरिने छ । प्रत्येक वडामा कम्तीमा पनि एउटा सामुदायिक स्वास्थ्य ईकाईको स्थापना गर्दै आवश्यकता अनुसार थप गरिनेछ ।

गाउँपालिकामा कम्तिमा १५ शैया सहितको सामुदायिक अस्पताल संघीय र प्रदेश सरकारसंग समन्वयन गरी स्थापनाको लागि पहल गरिनेछ ।

अपाङ्ग र अशक्त जेष्ठ नागरिकलाई तोकिएको मापदण्डको आधारमा घरमै प्रारम्भिक स्वास्थ्य जाँच सेवा उपलब्ध गराइनेछ ।

जल उपयोग गुरुयोजना तर्जुमा गरी खानेपानीको दीगो व्यवस्थापन गरिनेछ ।

आ.व २०७८।७९ सम्ममा एक घर एक स्वच्छ खानेपानी धाराको अवधारणलाई पूर्णता दिईनेछ ।

जलाधार क्षेत्रको पहिचान, सम्वर्धन र विकास गर्न विशेष पहल गरिनेछ ।

फोहोर मैला व्यवस्थापन तथा सरसफाई सम्बन्धि नीति तथा कार्यविधि निर्माण गरी लागू गरिनेछ ।

प्रत्येक टोलमा सरसफाई सम्बन्धि टोल सरसफाइ समिति बनाई प्रत्येक टोललाई पूर्ण सरसफाईयुक्त बनाउदै समग्रमा बेथानचोक गाउँपालिकालाई नै सरसफाईयुक्त गाउँपालिका घोषणा गर्न आवश्यक कार्यक्रम सञ्चालन गरिनेछ ।

प्रत्येक विद्यालय, स्वास्थ्य संस्था र सम्पूर्ण सार्वजनिक कार्यालय एवं स्थलको वातावरणलाई पूर्ण सरसफाईयुक्त बनाउन फोहोर जलाउने इन्सिनेटर निर्माण गर्ने कार्यको थालनी गरिनेछ । विद्यालयहरुको शौचालय छात्रा तथा अपाङ्गमैत्री समेत बनाउन पहल गरिनेछ ।

सबै धर्म, संस्कृति, रीतिरिवाज, संस्कार आदि संरक्षण एवं सम्बर्धनको लागि पहल गरिनेछ ।

गाउँपालिका भित्र रहेका सम्पूर्ण मठमन्दिर, गुम्बा, गुफा तथा धार्मिक स्थलको संरक्षण र सम्वर्धन गरिनेछ ।

लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण प्रवद्र्धन गर्न महिला, वालवालिका, दलित, आदिवासी जनजाति, जेष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिहरुको सशक्तिकरण गर्न आवश्यक क्षमता विकासका कार्यक्रमहरू संचालन गरीनेछ ।

घरेलु तथा साना उद्योग संचालन गरी रोजगारीका अवशरहरु श्रृजना गर्न महिलाहरुलाई सीपमुलक तालिम प्रदान गरी उनिहरुलाई आर्थिक रुपमा आत्मनिर्भर बनाउन आवश्यक कार्यक्रम संचालन गरिनेछ । महिला सशक्तिकरण र हरेक क्षेत्रमा महिला सहभागितामा जोड दिईनेछ ।

गाउँपालिका स्तरमा एक तालिमकेन्द्र स्थापनाको लागि पहल गरिनेछ ।

अपाङ्ग परिचयपत्र वितरण गर्नुका साथै अपाङ्गता भएका ब्यक्तिहरुका लागि सीपबिकास तालिम संचालन गरिनेछ । साथै, अपाङ्ग बौलबालिकाहरुका लागि विषेश कक्षामा भर्नाका लागि प्रोत्साहन गरिनेछ ।

सँग सहकार्य र समन्वय गरी विकासका लागि साझेदारीको रुपमा सहभागी गराउने निति लिईनेछ ।
“महिनाको एक दिन श्रम”को अवधारणा अनुसार प्रत्येक महिनाको तोकिएको निश्चित दिनमा सबै शिक्षक, कर्मचारी तथा जनप्रतिनिधीले सार्वजनिक हित
जस्तैस् सरसफाई, बृक्षारोपण, निर्माण आदि जस्ता सार्वजनिक कार्यक्रमहरुमा अनिवार्यरुपमा श्रम गर्नुपर्ने नीति अवलम्बन गरिनेछ ।

ग पूर्वाधार विकास तर्फ
९सडक गुरुयोजना निर्माण गरी बेथानचोक गाउँपालिका भित्र रहेका सबै वडालाई समेटेर चक्रपथ निर्माण गरिनेछ र वडाभित्र सञ्चालनमा रहेका सबै सडकहरुलाई चार वर्षभित्र स्तरोन्नति गरिनेछ ।

केन्द्रिय तथा प्रदेश सरकारसंगको समन्वयमा आ।व। २०७८।७९ बर्ष भित्र गाउँपालिका कार्यालय र सबै वडा कार्यालयहरुको भवन निमार्ण गरिनेछ ।

सडक तथा भौतिक पूर्वाधारहरुको निर्माण तथा उपयोग गर्दा वातावरणीय सन्तुलनको पक्षलाई ध्यान दिदै पानीको मुहान, वनजंगल, वस्ती, खोलानाला, पर्यटकिय तथा धार्मिक क्षेत्रको संरक्षणलाई उच्च प्राथमिकतामा राखिनेछ ।

डोजर, भाइव्रेटर जस्ता ठूला मेसिनहरुको जथाभावी प्रयोगमा नियमन गरिनेछ ।

वातावरण मैत्री सडक निर्माणको अवधारणालाई आत्मसाथ गरिनेछ । पूर्वाधार विकास तथा निर्माण सम्वन्धि सवै कार्यहरु उत्पादनमुखी, वातावरणमैत्री, अपांगतामैत्री, बालमैत्री, जेष्ठ नागरिकमैत्री र प्रकोप प्रतिरोधी बनाउने कार्यविधि निर्माण गरी कडाईकासाथ लागु गरिनेछ ।

ठूला पूर्वाधार निर्माण तथा विकासका लागि संघीय र प्रदेश सरकारसँग समन्वय गरी अघि बढिनेछ ।

पुलको आवश्यक पर्ने स्थानहरुको पहिचान गरी आवश्यकता बमोजिम म्एच् तयार गरी संघीय तथा प्रदेश सरकारसंगको सहकार्यमा पुल निर्माण गरिनेछ ।

विभिन्न ठाउँमा रहेको स्थानीय बजारलाई व्यवस्थित बजार ९क्mबचत ऋष्तथ० को अवधारणा अनुसार अगाडि बढाइनेछ ।

भवन निर्माण आचार संहितालाई अनिवार्य रुपमा लागु गर्दै बस्ती विकासलाई व्यवस्थित र एकिकृत बस्ती विकासको अवधारणा बमोजिम गर्दै गाउँपालिका मार्फत भवन निर्माण कार्यविधि निर्माण गरी नक्सा पास गरेर मात्र भवन निर्माण कार्य अघि वढाइनेछ । एकिकृत नमुनाबस्तीमा जोड दिइनेछ ।

सरकारी भवनहरु अपाङ्ग र बालमैत्री तवरले निर्माण गरिनुको साथै आवश्यकताको आधारमा उपयुक्त ठाउँहरुमा सामुदायिक भवन निर्माण गरिनेछ ।

नविकरणीय उर्जाको उत्पादन र उपयोगमा जोड दिदै बैकल्पिक ऊर्जा प्रवद्र्धनका लागि अल्पकालिन तथा दीर्घकालिन योजना तर्जुमा गरी कार्यान्वयन गरिनेछ । केन्द्रिय विद्युत प्रशारण लाईनमा जोडिदै विद्युत सुदृढिकरण कार्यक्रम लागु गर्न पहल गरिनेछ ।

सार्वजनिक–निजी साझेदारीको मोडल बमोजिम जलविद्युतको उत्पादनमा जोड दिईनेछ ।

सबै स्थानमा टेलिफोन, इन्टरनेट र डिजिटाईज केवलको उपलब्धता सुनिश्चितता गरिनेछ ।

स्थानिय जनताको सूचना तथा संचारको अधिकारलाई सम्मान गर्दै स्थानिय छापा तथा रेडियोएफ एम संचालनमा प्रोत्साहन गरिनेछ ।

साना तथा लघु सिंचाई कार्यक्रम संचालन गर्दै गाउँपालिका भित्र संचालन गर्न सकिने बृहत सिंचाई परियोजनाहरुको विस्तृत आयोजना प्रतिवेदन तयार गरी आवश्यक बजेट व्यवस्थापनका लागि संघीय तथा प्रदेश सरकारसंग पहल
गरिनेछ ।

गाउँपालिका भित्रका प्रत्येक घरधुरीको सर्वेक्षण गरी डिजिटलाईज गरिनेछ । प्रत्येक घर र व्यक्तिलाई ग्लष्त्रगभ क्ष्मभलतषष्अबतष्यल ल्गmदभच उपलब्ध गराउदै गाउँपालिकाको बृहत जिडिटल प्रोफाइल तयार गरिनेछ ।

घ वन, वातावरण तथा विपद् व्यवस्थापनस्
वातारणीय प्रभाव मूल्याङकन गराई भौतिक पूर्वाधारको निर्माण, दीगो विकासको विश्वव्यापी अवधारणलाई अवलम्वन गर्दै विकास र वातावणलाई सन्तुलन गर्ने प्रयास गरिनेछ ।

वन, वातावरण र जलाधार संरक्षण नीती बनाई लागु गरिनेछ ।

प्लाष्टिक लगायत वातावरणमा प्रतिकूल असर पु¥याउने साधनहरुको प्रयोगमा निरुत्साहन गर्दै सरकारी कार्यालयहरुलाई प्लाष्टिक मुक्त क्षेत्र घोषणा गरी वातावरण मैत्री श्रोत तथा साधनको प्रयोगमा वढावा दिईनेछ ।

एक घर ५ रुख, एक नेपाली एक फलफूलको विरुवा रोपण” अभियान अनुसार आवश्यक कार्यक्रमहरु सञ्चालन गरिनेछ ।

वातावरण सन्तुलन मार्फत जलवायु परिर्वतनको असर न्यूनीकरण गर्दै नवीकरणीय उर्जामा जोड दिई १ घर १ सुधारिएको चुलो कार्यक्रमलाई प्रभावकारी रुपमा अगाडि बढाउने ।

आ.व ०७८/७९ सम्म यस गाउँपालिकाको ४० प्रतिशत भू–भाग वन क्षेत्रले ओगट्ने गरी आवश्यक कार्यक्रम सञ्चालन गरिनेछ ।

यस क्षेत्र भित्र पाईने जडिबुटीहरुको पहिचान, संरक्षण र संवद्र्धन गर्दै व्यवसायिक जडिबुटी उत्पादन तथा प्रशोधनको लागि आवश्यक योजना तथा कार्यक्रम सञ्चालन गरिनेछ ।

यस गाउँपालिका भित्र रहेका नदीनाला खोलाको सीमा एकिन गरी करिडोरको निर्माण गरिनेछ ।
प्रत्येक विद्यालय लगायत सामुदायिक संघ संस्थाको विपत् प्रतिकार्य योजना निर्माण, पूर्वतयारीका सामाग्रीहरु र कृतिम अभ्यासमा जोड दिइनेछ ।

वन वातावरण र विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउन संस्थागत क्षमता वृद्धि, जनशक्ति व्यवस्थापन, स्थानीय सहभागिता प्रवर्धन गर्ने किसिमका कार्यक्रम सञ्चालन गरिनेछ । प्रत्येक वडामा विपत व्यवस्थापनमा प्रतिकार्य गर्नसक्ने जनशक्तिको व्यवस्थापन गरिनेछ ।

विभिन्न सञ्चारको माध्यम मार्फत प्रकोप जोखिम न्यूनिकरण सम्बन्धी चेतनामुलक कार्यक्रम सञ्चालन गरिनेछ ।

गाउँपालिका भित्रका वन क्षेत्रलाई विशेष संरक्षण गर्दै अनाधिकृत वनफडानी, रुखकटान र डढेलो लगाउने जस्ता कार्यलाई निरुत्साहित गर्दै सामुदायिक वनमा देखिएको बेथीतिलाई प्रभावकारी रुपमा गाउँपालिकाबाट नियमन गरिनेछ ।

ङ सु–शासन तथा संस्थागत विकास तथा सेवा प्रवाहस्
९बेथानचोक गाउँपालिका वा अन्तर्गतका कार्यालयहरुबाट सम्पादन हुने हरेक आयोजना तथा कार्यक्रमहरुको सार्वजनिक परीक्षण, सार्वजनिक सुनुवाई, सामाजिक परीक्षण जस्ता कार्यहरुबाट पारदर्शिता एवं सुशासन कायम गरिनेछ ।

वित्तीय व्यवस्थापन, जवाफदेहिता र क्षमतामा अभिबृद्धि गर्न लेखाङ्कन प्रणालीलाई चुस्त दुरुस्त र डिजिटलाईज गरिनेछ ।

आर्थिक अनुशासन कायम गर्न हरेक आर्थिक कारोबार बैकिङ्ग प्रणालीबाट मात्र सञ्चालन गरिनेछ ।

गाउँपालिकाबाट प्रवाहहुने सार्वजनिक सेवामा पारदर्शिता, जवाफदेहिता कायम गर्दै सुशासनको प्रत्याभुति दिलाईनेछ ।

वित्तीय श्रोत तथा साधनको उच्चतम प्रयोग, पारदर्शिता, नियन्त्रण र नियमनको व्यवस्थापन गरिनेछ ।

राजश्व परिचालन, वित्तीय व्यवस्थापन, वित्तीय जोखिम न्यूनीकरणको लागि आवश्यक नीति तथा कार्य विधिको निर्माण गरि लागु गरिनेछ ।

आन्तरिक तथा अन्तिम लेखा परिक्षण, बेरुजु फछ्र्र्यौट आदि सु–शासनका पक्षहरुलाई प्रभावकारी रुपमा अगाडि बढाईनेछ ।

सार्वजनिक संस्थाहरुको कार्य सम्पादनलाई प्रभावकारी बनाउन संरचनागत, मानवसंशाधन, भौतिक र व्यवस्थापकीय पक्षलाई चुस्त बनाईनेछ ।

गाउँपालिका वा अन्तर्गतका कार्यालयहरुबाट प्रवाह हुने सेवाको लागि सेवा प्रवाह मापदण्ड निर्धारण तथा निर्माण गरि सोहि बमोजिम नै गरिनेछ ।

सेवा प्रवाहमा विद्युतीय सूचना प्रविधिको अधिकतम प्रयोग गरि प्रभावकारिता, पारदर्शिता र मितव्ययिता अपनाईनेछ ।

विद्युतीय हाजिरी, सि।सी।टि।भि।, केन्द्रीय एकिकृत सूचना प्रणाली, वेवसाईट तथा ईन्ट्रानेटको प्रयोग मार्फत प्रशासनिक कार्य सम्पादनलाई चुस्तता दिने प्रयास गरिनेछ । चालु आ।व।मा नै सबै वडा कार्यालयहरु र विद्यालयहरुमा विद्युतीय हाजिरी प्रणाली जडान गरी कर्मचारी व्यवस्थापनलाई चुस्तता दिइनेछ । शिक्षक, कर्मचारी र जनप्रतिनिधिहरुको आचारसंहितालाई कडाईका साथ लागू गरिनेछ ।

जनताको जनगुनासो व्यवस्थापनको लागि उपयुक्त गुनासो सुनुवाई संयन्त्र सञ्चालन गरिनेछ ।

जनप्रतिनिधि एवं कर्मचारीहरुको क्षमता अभिबृद्धि एवं विकासको लागि प्रशिक्षणको व्यवस्था गरिनेछ ।

समग्र विकासको लागि विज्ञहरुको समूह त्जष्लप त्बलप को अवधारणा ल्याईनेछ ।

आदरणिय उपस्थित महानुभावहरु,
बेथानचोक गाउँपालिकाको विकासको मार्गदर्शनको रुपमा रहने आ।व। २०७५।७६ को नीति तथा कार्यक्रम सफल पार्न यहाँ उपस्थित गरीमामय तेस्रो गाउँसभाका प्रमुख अतिथि एवं सम्पूर्ण अतिथिज्यूहरु, गाउँसभा सदस्यज्यूहरु, कर्मचारीज्यूहरु, समाजसेवी, बुद्धिजीवी एवं सम्पूर्ण महानुभावहरुलाई सहित यस नीति तथा कार्यक्रम तयार गर्ने महत्वपूर्ण राय, सुझाव, सल्लाह दिनुहुने सबै प्रति हार्दिक आभार तथा कृतज्ञता प्रकट गर्दछु ।

र अन्त्यमा, हामीलाई बेथानचोकको समग्र विकासको लागि नेतृत्व प्रदान गर्न हौसला दिई सधै सहयोग गरिरहुनुहुने सम्पूर्ण बेथानचोक बासीमा आभार, कृतज्ञता र धन्यवाद प्रकट गर्दै समग्र बेथानचोक गाउँपालिकाको विकासका कार्यक्रमहरुमा सहभागी हुन हार्दिक अपिल गर्दै निरन्तर साथ र सहयोगको अपेक्षा गर्दछु ।
धन्यवाद ।

प्रेम बहादुर तिमल्सिना
अध्यक्ष
बेथानचोक गाउँपालिका

२०७५ आषाढ २८ गते

 

प्रकाशित मिति : २०७५, २० आश्विन शनिबार  ११ : ०८ बजे

समाजमा परिवर्तन ल्याउन ऐन र कानून परिवर्तन गर्न आवश्यक : मन्त्री गुरुङ

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले

संघीय संसद अन्तर्गत तीनवटा समितिको बैठक बस्दै

काठमाडौं । संघीय संसद अन्तर्गत तीनवटा समितिको बैठक आज बस्दैछ

तराईमा हुस्सु लाग्ने, दुई प्रदेशमा बर्षाको सम्भावना

काठमाडौं । देशभर पश्चिमी वायु तथा पहाडी भू–भागमा स्थानीय वायुको

दार्चुला दुर्घटना अपडेट : ज्यान गुमाउनेको संख्या ८ पुग्यो

दार्चुला । दार्चुलामा आज बिहान भएको जिप दुर्घटनामा मृत्यु हुनेको

सामान्य प्रशासन मन्त्रालयको निर्देशन : सरुवा भएका कर्मचारीलाई ७ दिनभित्र कार्यालयमा हाजिर हुनु

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न कार्यालयमा