२०८१, ५ मंसिर बुधबार

रोशी गाउँपालिकाको नीति तथा कार्यक्रम

रोशी गाउँपालिकाको नीति तथा कार्यक्रम


रोशी गाउँपालिकाको अध्यक्ष डिबी मोक्तानद्वारा तेस्रो गाउँसभामा प्रस्तुत तथा पारित आर्थिक वर्ष २०७५,०७६ को नीति तथा कार्यक्रम

सभाका आदरणीय सदस्य ज्यूहरु तथा अतिथी महानुभावहरु,

अहिले हामी संविधानको सर्वस्वीकार्यता बढाउँदै कार्या न्वयनको चरणमा छौँ । यो काम जटिल र चुनौतिपूर्ण भएतापनि नयाँ नेपाल निर्माणको ऐतिहासिक अवसरको रुपमा लिएर अगाडि बढ्नुको विकल्प हामीसँग छैन । संविधान प्रदत्त हक अधिकार सहित गठित यस गाउँपालिकाको अध्यक्षको हैसियतले यस गरिमामय सभामा आर्थिक वर्ष ०७५।०७६ को वार्षिक नीति तथा कार्यक्रम पेश गर्न उभिएको छु । यस गौरवपूर्ण अवसरमा सर्वप्रथम नेपाली नागरिकहरुको स्वतन्त्रता तथा अमनचैन प्राप्तिका लागि विभिन्न कालखण्डमा आफ्नो प्राण आहुति गर्नुहुने सम्पूर्ण ज्ञात अज्ञात वीर सहिदहरु प्रति भावपुर्ण श्रद्धान्जली अर्पण गर्दछु । साथै घाइते र वेपत्ता नागरिकप्रति सम्मान प्रकट गर्दछु । राजनैतिक सामाजिक परिवर्तनमा नेतृत्वदायी भूमिका निर्वाह गर्र्र्ने सबै अग्रजहरुप्रति आदरभाव प्रकट गर्दछु । हामी निर्वाचित भएर यस गाउँपालिकाको विकास र समृद्धिमा लागेको एक वर्ष वितिसकेको छ ।

यो एक वर्षको भोगाईको क्रममा विकास र समृद्धिको लागि हमीसँग प्रसस्त अवसरहरु भएपनि विविध समस्या तथा चुनौतिहरुपनि त्यतिकै रहेको हामीले अनुभव गरेका छौं । हामीसँग उपलब्ध सीमित साधन र श्रोतका बावजुद पनि यस क्षेत्रको विकास कसरी गर्न सकिन्छ भन्ने तर्फ हाम्रो सम्पूर्ण रोशी परिवार चिन्तित थियो, छ र हुने नै छ । गणतन्त्र, संघीयतासँगै बढेका जनताका आकांक्षा, चाहना र भावनालाई सम्वोधन गर्ने दृढ संकल्पका साथ आ।व। ०७५/०७६ को बार्षिक नीति तथा कार्यक्रम यस सम्मानित सभा मार्फत् समग्र रोशी गाउँपालिकाका नागरिकहरु समक्ष राख्न पाउँदा म आफू र यस सभालाई गौरवान्वीत ठानेको छु । यस अवसरमा हाम्रो कदमलाई सहयोग गर्नुहुने सम्पूर्ण गाउँपालिका बासीहरु, निर्वाचित जनप्रतिनिधिहरु, विभिन्न सरकारी तथा गैर सरकारी निकायहरु, राजनैतिक दलका साथीहरु, नागरिक समाजका अभियन्ताहरु, ओहोरात्र खटिने कर्मचारीहरु, शिक्षक, पत्रकार, समाजसेवीहरुप्रति आभार व्यक्त गर्दछु ।

नेपालको मध्यक्षेत्रमा अवस्थित काभ्रेपलाञ्चोक जिल्लाको यस रोशी गाउँपालिका प्राकृतिक श्रोत, कृषि र पर्यटनमा पर्याप्त सम्भावना बोकेको गाउँपालिका हो । राजधानी प्रवेशद्धारको रुपमा रहेको वि।पि। लोकमार्गसाँगै बग्ने धार्मिक महत्वको रोशी खोला संरक्षणको माध्यमबाट आन्तरिक तथा बाह्य पर्यटक प्रवद्र्धन गर्न सक्ने सम्भावनपनि उत्तिकै रहेको छ । बे सी देखि पहाड सम्मको सबै प्रकारको प्राकृतिक विविधता बोकेको यस क्षेत्रमा कृषि र पर्यटनलाई नमुनाको रुपमा विकास गरी समग्र गाउँको आर्थिक, सामाजिक तथा पूर्वाधार विकासमा उल्लेखनीय योगदान हुने सम्भावना रहेको हुँदा समग्र गाउँपालिकाको आर्थिक विकास योजना बनाई आगामी दिनमा अगाडि बढाइनेछ ।

गाउँसभाका सदस्य तथा अतिथि महानुभावहरु,

अब, म यस गाउँपालिकाको आगामी आ।व। २०७५/२०७६ को नीति तथा कार्यक्रम प्रस्तुत गर्न गइरहेको छु । नीति तथा कार्यक्रम प्रस्तुत गर्नुपूर्व यस गाउँपालिकाको दिर्घकालिन सोच, लक्ष्य, उद्देश्य र अपेक्षित उपलब्धीको बारेमा संक्षिप्त विवरण प्रस्तुत गर्न चाहन्छु ।
सोच

सुशिक्षित नागरिक, स्वच्छ वातावरण, समृद्ध रोशी, भ्रष्टाचार मुक्त समाज ।

लक्ष्य
रोशी गाउँपालिकाका प्रत्येक नागरिकको जीवनस्तरमा सकरात्मक परिवर्तन ल्याउने ।

उदेश्य
१. रोशी गाउँपालिकाका सबै नागरिकको घरदैलोमा विकासका पूर्वाधारको सहज पहुँच पु¥याउने ।

२. आधुनिक र व्यावसायिक कृषि प्रणालीमा वृद्धि गर्दै उद्योग, पर्या–पर्यटन तथा उद्यमशिलता मार्फत रोजगारीका अवसर सिर्जना गरी जनताको जीवनस्तरमा सकारात्मक परिवर्तन ल्याउने ।

३. शिक्षामा सबै बालबालिकाको समान पहुँच र गुणस्तरीय शिक्षाको सुनिश्चित गर्ने ।

४. रोशी गाउँपालिका क्षेत्रमा जोखिममारहेका वर्ग तथा सामाजिक विभेद र उत्पिडनमा परेका नागरिकहरुको हेला, दूव्र्यवहार, भेदभाव र हिंसाको अन्त्य गर्दै समतामूलक समाजको विकास गर्ने ।

५. गुणस्तरीय स्वास्थ्य सेवा तथा सुरक्षित खानेपानी र सरसफाईमा नागरिकको सहज पहुँच पु¥याउने ।

६. वन तथा भू संरक्षण एवं फोहोरमैलाको उचित व्यवस्थापन गरी रोशी जलाधारको संरक्षण गर्दै प्रकोप जोखिम न्यूनिकरण तथा विपद् व्यवस्थापनमा उत्थानशिल र स्वच्छ वातावरणयुक्त समुदाय निर्माण गर्ने ।

७. गाउँपालिकाद्धारा प्रवाह हुने सेवा तथा राजश्व संकलनमा पारदर्शीता र जवाफदेहीताको माध्यमबाट नागरिक सन्तुष्टी कायम गर्ने ।

अपेक्षित उपलब्धी
आगामी आर्थिक वर्षको अन्त्यसम्ममा रोशी गाउँपालिकाले देहायका विषयगत क्षेत्रमा देहायका उपलब्धी हासिल गर्ने अपेक्षा गरिएको छ ।

पूर्वाधार विकास तर्फ

१. सडक निर्माण गुरुयोजना निर्माण गरी स्पष्ट योजना मार्फत २ वर्ष भित्र सबै वस्ती सडक सञ्जालबाट जोड्ने र वडा केन्द्र र अन्तर वडा जोड्ने मुख्य सडकहरुको स्तर उन्नति गरिनेछ ।

२. स्थानीय सडकहरुको निर्माण, उपयोग गर्दा वातावरणीय सन्तुलनलाई ध्यान दिई खासगरी पानीको मुहान, खोला खोल्सी, वनको संरक्षणलाई प्राथमिकता दिइनेछ । डोजर जस्ता ठूला मेसिनहरुको जथाभावी प्रयोगलाई नियन्त्रण र निरुत्साहित गरिनेछ ।

३. स्थानीय सडकहरुलाई पर्यटकीय, ऐतिहासिक र हरित लगायत सडकहरुमा वर्गीकरण गरिनेछ ।

४. खेतीयोग्य जमिनमा सिंचाईको सम्भाव्यता अध्ययन गरि खोला तथा थोपा सिंचाई विस्तार योजना मार्फत उत्पादन वृद्धिमा जोड दिइनेछ ।

५. दुई वर्षभित्र रोशी गउाँपालिकाको सबै घरमा विजुली पु¥याउने लक्ष्य लिई सामुदायिक विद्युतीकरणमा गाउँपालिकाले साझेदारी गर्ने र त्यसको लागि ९० प्रतिशत सरकार, ५ प्रतिशत उपभोक्ता र ५ प्रतिशत गाउँपालिका मार्फत बजेट व्यवस्थापन गरिनेछ ।

६. पक्कि वडाकार्यालय भवन निर्माण गर्दै केन्द्र सरकार मार्फत स्रोत व्यवस्थापन गरि गाउँपालिकाको कार्यालय ४ वर्ष भित्र सम्पन्न गर्ने ।

७. गाउँपालिकाभित्रका प्रत्येक नागरिकलाई सूचनाको हक दिलाउन रेडियो तथा साप्ताहिक पत्रिका मार्फत सूचना प्रवाह गरिनेछ ।

८. पुर्निर्नर्माण अन्र्तगतको निजी आवास निर्माणमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणसँग प्रभावकारी समन्वय गरिनेछ । गाउँपालिका मार्फत भवन निर्माण कार्यविधि निर्माण गरी नक्सा पास गरेर मात्र भवन निर्माण कार्य अघि वढाइनेछ ।

९. पूर्वाधार अन्र्तगतका सबै निर्माण कार्य उत्पादनमुखी, वातावरणमैत्री, अपांगतामैत्री, बालमैत्री, जेष्ठ नागरिकमैत्री र प्रकोप प्रतिरोधी बनाउने कार्य िवधि निर्माण गरि लागु गरिनेछ ।

आर्थिक विकास
१. गाउँपालिकाद्धारा प्राकृतिक स्रोत व्यवस्थापन तथा आर्थिक विकासका अभियान सञ्चालन गर्दा स्थानीय समुदायको सहभागितालाई प्रोत्साहित गरिनेछ ।

२. कृषक र उद्यमीहरुका लागि प्रत्येक वडामा लगानीका लागि सुलभ ऋणको व्यवस्था गर्न वित्तीय संस्थाहरुसँग सहजीकरण गरिनेछ ।

३. किसान क्लवहरुमार्फत कृषि तथा पशुपालन व्यवसायको जोखिम न्यूनीकरणका लागि बाली तथा पशु बीमा कार्यक्रममा सहजिकरण गरिनेछ ।

४. उत्पादित कृषि उपजहरुको विक्रिवितरणको लागि हाट बजार प्रवद्र्धन गरिनेछ ।

५. पशुमा लाग्ने रोगको पहिचान तथा उपचारको लागि रोग निदान तथा डिस्पेन्सरी कार्यक्रम सञ्चालन गरिनेछ ।

६. कृषि उत्पादन वृद्धिको लागि विउ विजन तथा यान्त्रीकरणमा सहुलियतपूर्ण साझेदारी कार्यक्रम मार्फत सहयोग गरिनेछ ।

७. व्यावसायिक शिक्षा अन्र्तगत कृषि विषय पठनपाठन हुने विद्यालयसँग साझेदारी र समन्वय गरि कृषि उत्पादन र कृषकहरुको क्षमता विकासमा सहयोग पु¥याइनेछ । हिउँदे तथा वर्षे फलफुल खेतीलाई प्रोत्साहन दिँदै विभिन्न कृषि उपज उत्पादनको पकेट क्षेत्र घोषणा गरि उत्पादन वृद्धिमा सहयोग पु¥याइनेछ ।

८. स्थानीय तहमा उपलब्ध खानी तथा खनिज पदार्थको तथ्याङ्क संकलन, अभिलेख र व्यवस्थापन कार्य गर्नेछ । खानी तथा खनिज पदार्थको संरक्षण र उपयोग सम्बन्धी नीति र मापदण्ड तयार गरी कार्यान्वयन गर्ने ।

९. कृषि उत्पादनमा वृद्धिको लागि प्लास्टिक पोखरी तथा टनेल खेतिलाई प्रोत्साहन दिने ।

१०. वि. पि.राजमार्ग आसपासमा आन्तरिक तथा वाह्य पर्यटन प्रवद्र्धनको लागि विशेष क्षेत्र डम्फु पार्क निर्माण गरिनेछ ।

११. खेतीयोग्य जग्गामा बाली नाली र खेती अयोग्य तथा उत्पादन न्यून हुने जग्गामा पशुपालन सञ्चालन गर्न प्रोत्साहित गरिनेछ । खेर गएको भीर–पाखामा बहुवर्षीय घाँस, डालेघाँस लगाउने र पर्यावरण हराभरा बनाउँदै भू–क्षय पहिरो रोकथाममा जोड दिइनेछ ।

१२. केन्द्र तथा प्रदेश सरकार, दातृ संस्था, गैरसरकारी संस्थासँगको समन्वय र सहकार्यमा आयमूलक कार्यक्रम सञ्चालन गरिनेछ ।

१३. पर्यटन प्रवद्र्धनको लागि घ्याङडाँडा देखि ताराखसेलेक सम्मको पर्यटकीय पदमार्ग सञ्चालनको लागि पूर्वाधार निर्माणमा जोड दिइनेछ ।

सामाजिक विकास
१. रोशी गाउँपालिकाको शिक्षा नियमावली र निःशुल्क तथा अनिवार्य शिक्षा सञ्चालन कार्यविधि निर्माण गरि लागू गरिनेछ ।

२. अनिवार्य शिक्षाको लागि भर्ना अभियान, घरमै पढाउने अभियान, प्राविधिक शिक्षालयहरु सञ्चालन जस्ता अभियान सञ्चालन गरिनेछ ।

३.प्रारम्भिक बालविकास कार्यक्रम व्यवस्थापन तथा कार्यन्वयन निर्देशिका निर्माण गरि विद्यालयमा आधारित बालविकास केन्द्रहरु र समुदायमा आधारित बालविकास केन्द्र व्यवस्थापन गरिनेछ ।

४.प्रारम्भिक बालविकास राष्ट्रिय पाठ्यक्रमसँग सामञ्जस्यता कायम गर्दै स्थानीय आवश्यकतालाई समेत समेटेर आधारभूत तथा माध्यमिक तहको लागि स्थानीय पाठ्यक्रम निर्माण गरी लागु गरिनेछ ।

५. जिल्ला आयोजना कार्यान्वयन इकाईसँगको समन्वयमा सामुदायिक विद्यालयको भौतिक सुधार गुरुयोजना निर्माण गरिनेछ । जिल्ला आयोजना कार्यन्वयन इकाई र अन्य दातृ संघसंस्थाको साझेदारीमा २ वर्ष भित्र सबै विद्यालयको पुनर्निर्माण तथा भौतिक सुविधा विस्तारलाई पूर्णता दिइनेछ ।

६. धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण तथा खेलकुदक्षेत्रलाई पर्यटन विकास सँग जोडिने छ ।

७. गुणस्तरीय शिक्षा र गुणस्तरीय शिक्षा दिने विद्यालयको सूचकहरु निर्माण गरि त्यसको लागि अभिभावकको संलग्नता, शिक्षकको क्षमता विकास, शैक्षिक सामाग्रीको पर्याप्तता र प्रयोगमा सहयोग, सहजीकरण र नियमन गरिनेछ ।

८. सिकाई सक्षमता वृद्धिको लागि गाउँपालिकाले विद्यालय व्यवस्थापन समितिसँग उपलब्धिमा आधारित करार संझौता गर्ने, विद्यालय व्यवस्थापन समितिले प्रधानाध्यापकसँग र प्रधानाध्यपाकले सम्बन्धीत कक्षा र विषय शिक्षकसँग करार सम्झौता गरि उपलब्धीमा आधारित अनुगमन तथा मूल्यांकन गर्दै गुणस्तरीय शिक्षा प्रदानमा प्रोत्साहित गरिनेछ ।

९. शिक्षक व्यवस्थापन कार्यविधि निर्माण गरी लागू गरिनेछ ।

१०. विद्यालयमा सञ्चालन हुने अतिरिक्त क्रियाकलाप सञ्चालनमा सहयोग गर्दै विद्यालयको सुधार योजना र सामाजिक परिक्षणमा विशेष जोड दिइनेछ ।

११. सुशासनयुक्त नमूना विद्यालय घोषणा, पूर्ण साक्षर वडा तथा गाउँपालिका घोषणा गरिनेछ ।

१२. रोशी गाउँपालिकाको लैंगीक समता तथा सामाजिक समावेशीकरण नीति निर्माण गरि लागु गरिनेछ ।

१३. लैंगिक समता तथा सामाजिक समावेशीकरणमैत्री नीति तथा बजेट निर्माणको लागि सकरात्मक विभेदको नीति अवलम्बन गरिनेछ ।

१४. वस्तिस्तर देखि गाउँपालिका तहसम्मको योजना निर्माण प्रकृयामा महिला, बालबालिका, जेष्ठ नागरिक, अपांगता भएका व्यक्ति, दलित, लोपोन्मुख आदिवासी जनजातिको सहभागिता अभिवृद्धि गरिनेछ ।

१५. गाउँपालिकाको कुनै पनि नीति, कार्यविधि, ऐन तथा योजना निर्माण प्रकृयामा महिला, बालबालिका, जेष्ठ नागरिक, अपांगता भएका व्यक्ति, दलित, लोपोन्मुख आदिवासी जनजातिको प्रतिनिधित्व गराइनेछ ।

१६. महिला, बालबालिका, जेष्ठ नागरिक, अपांगता भएका व्यक्ति, दलित, लोपोन्मुख आदिवासी जनजातिको संवैधानिक हक तथा अधिकारहरुको समय समयमा पूनरावलोकन गरिनेछ र अक्षरस पालनाको लागि पहल गरिनेछ ।

१७. जसको सवाल उसैको संलग्नता र नेतृत्व भन्ने नाराको साथ बालक्लव, महिला समूह, एकल महिला सञ्जाल, जेष्ठ नागरिक क्लव, दलित समूह, अपांगता भएका व्यक्तिहरुको संस्थाको सशक्तीकरण र सवलीकरणमा जोड दिइनेछ ।

१८. भवन संहितामा अपांगतामैत्री, जेष्ठ नागरिकमैत्री र बालमैत्री संरचना निर्माणको प्रावधान राखिनेछ ।

१९. लैंगीक समता र सामाजिक समावेशीकरण विरुद्धमा हुने कार्य प्रति शुन्य सहनशिलताको नीति लिइनेछ ।

२०. लैंगीक समता र सामाजिक समावेशीकरणबारे जनचेतनाको निम्ति विभिन्न सञ्चार माध्यमको प्रयोग र परिचालन गरिनेछ ।

२१. बाल श्रमको प्रयोग मार्फत उत्पादित वस्तु तथा सेवाको उपभोगलाई निरुत्साहित गरिनेछ ।

२२. परिचय पत्र वितरण र सामजिक सुरक्षा भत्ता वितरणमा अपांगता भएका व्यक्ति तथा सामाजिक सुरक्षा पाउन योग्य तथा नपाएका व्यक्तिहरुलाई घरदैलोमा पुगेर सेवा उपलब्ध गराइनेछ ।

२३. जेष्ठ नागरिक बुबा आमाको संरक्षण नगर्ने छोरा छोरी प्रति गाउँपालिकाले कडाईका साथ निगरानी राखिने र गाउँपालिकाद्धारा प्रदान गरिने सेवामा कडाई गरिनेछ ।

२४. दलितको मुद्धालाई पहिचानको भन्दा अधिकारको मुद्धा बनाई परम्परागत सीप तथा प्रविधिलाई व्यावसायीकरण गर्न जोड दिइनेछ ।

२५. सामुदायिक स्वास्थ्य तथा सरसफाई प्रवद्र्धनको लागि महिला स्वास्थ्य स्वयं सेविका र महिला समूहहरु परिचालन गरिने ।

२६.पूर्ण सरसफाईयुक्त गाउँपालिका घोषणा कार्यक्रम मार्फत स्वास्थ्य तथा सरसफाईको निम्ति सामाजिक दवाव सिर्जना गरिनेछ ।

२७. सक्षम एवं जवाफदेही समन्वय, अनुगमन तथा नियमन संयन्त्र एवं प्रव्रिmयाद्वारा गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह सुनिश्चित गरिनेछ ।

२८. ज्येष्ठ नागरिकहरूको आवश्यकता वमोजिमको उपयुक्त स्वास्थ्य सेवा, हेरचाह र सहयोगको एकीकृत कार्यव्रmम तर्जुमा गरी लागू गरिनेछ ।

२९. स्वास्थ्य सम्बन्धी नीति नीर्माण, सेवा प्रवाह र जनचेतनाको लागि नीजि तथा गैरसरकारी क्षेत्रसँग समन्वय र साझेदारी गरिनेछ ।

३०. गुणस्तरीय एवं स्वास्थ्यवद्र्धक खाद्य पदार्थको प्रवद्र्धन, प्रयोगमार्फत कुपोषणलाई न्यूनीकरण गर्ने र स्वास्थ्य संरक्षण तथा प्रवद्र्धनका लागि वातावरण प्रदूषणको प्रभावकारी नियन्त्रण गर्दै स्वच्छ वातावरणमा बाँच्न पाउने नागरिक अधिकारलाई सुनिश्चित गरिनेछ ।

३१. राज्यद्वारा प्रदान गरिने स्वास्थ्य सेवामा गरिब, सीमान्तकृत, अपांगता भएका व्यक्ति र जोखिममा रहेका समुदायको पहँुच सुनिश्चित गर्न समतामूलक र सामाजिक न्यायको आधारमा कार्यव्रmम तर्जुमा गरी कार्यान्वयन गरिनेछ ।

३२.जल उपयोग गुरुयोजना तर्जुमा गरी खानेपानीको व्यवस्थापन गरिनेछ ।

३३. फोहोर मैला व्यवस्थापन नीति तथा कार्यविधि निर्माण गरी लागू गरिनेछ ।

३४. जेष्ठ नागरिकको स्वास्थ्य सेवाको अधिकारलाई सुनिश्चित गर्न गाउँगाउँमा एकिकृत स्वास्थ्य शिविर सञ्चालन गरिनेछ ।

३५. मातृ तथा शिशु मृत्यूदर घटाउनको लागि सुत्केरी आमा पोषिलो खाना कार्यक्रमलाई निरन्तरता दिइनेछ ।

वन वातावरण तथा विपद व्यवस्थापन
१. प्रत्येक विद्यालय लगायत सामुदायिक संघ संस्थाको विपत् प्रतिकार्य योजना निर्माण, पूर्वतयारीका सामाग्रीहरु र कृतिम अभ्यासमा जोड दिइनेछ ।

२. वन वातावरण तथा जलाधार संरक्षण नीति निर्माण गरी लागु गरिनेछ ।

३. विपद व्यवस्थापन तथा जलवायू उत्थानशिल योजनाको कार्यान्वयन गरिनेछ ।

४. संघ प्रदेश र स्थानीय तहबीच समन्वय गरी संविधान प्रदत्त वन, वातावरण, र विपद सम्बन्धी अधिकारको अभ्यासलाई सुरक्षित बनाइनेछ ।

५. वन वातावरण र विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउन संस्थागत क्षमता वृद्धि, जनशक्ति व्यवस्थापन र स्थानीय सहभागिता प्रवर्धन गर्ने किसिमका कार्यक्रम सञ्चालन गरिनेछ ।

६. फोहोर मैला व्यवस्थापनसम्वन्धी नीति तथा कार्यविधि निर्माण गरी कार्यान्वयन गरिनेछ ।

७. वस्ती अयोग्य स्थानमा बसोबास गर्ने घर परिवारको सुरक्षा र खेती योग्य जमिन संरक्षणको लागि भू–संरक्षणका कार्यक्रमहरु सञ्चालन गरिनेछ ।

८. जलाधार संरक्षणको लागि प्राकृतिक पोखरी संरक्षण तथा वृक्षारोपण कार्यक्रम सञ्चालन गरिनेछ ।

९. राजमार्ग आसपासको बजार क्षेत्रको फोहोर व्यवस्थापनको लागि विशेष कार्यक्रम सञ्चालनको साथमा सार्वजनिक शौचालय सञ्चालनमा ल्याइनेछ ।

१०. विपद् व्यवस्थापन कोषलाई निरन्तरता दिई प्राकृतिक प्रकोपमा परेका परिवारको संरक्षणमा जोड दिइनेछ ।

११. विभिन्न सञ्चार माध्यमको प्रयोग मार्फत प्रकोप जोखिम न्यूनीकरण सम्बन्धी चेतनामुलक कार्यक्रम सञ्चालन गरिनेछ ।

संस्थागत विकास तथा सेवा प्रवाह
१. रोशी गाउँपालिकाको सेवा प्रबाहलाई प्रभाबकारी, गुणस्तरीय एबम् सर्बसुलभ बनाउन नागरिक बडापत्रलाई बहुआयामिक, बहुभाषिक बनाउँदै गराउने साथै अडियो नागरिक बडापत्रको व्यबस्था गरिनेछ ।

२. सेवा प्रबाहमा प्रबक्ता, सुचना अधिकारीको कार्यविवरण तयार गरी लागू गरिनेछ ।

३. गुनासो सुनुवाई गर्न वडा कार्यलयहरुमा गुनासो संयन्त्र निर्माण गरिनेर्छ ।

४. गा।पा। र वडा कार्यलयहरुमा नियमित चौमासिक सार्वजनिक सुनुवाईको व्यबस्था गरिनेछ ।

५. रोशी गाउँपालिकाको सुुशासन नीति तयार गरि लागू गरिनेछ ।

६. समग्र क्षेत्रको सूचना संकलन अद्यावधिक तथा प्रदर्शन गरिनेछ ।

७.सुशासन प्रवद्र्धन सम्वन्धमा जनप्रनिधि तथा कर्मचारीहरुको क्षमता विकास गरिनेछ ।

८. गाउँ प्रहरी परिचालन गरि सार्वजनिक सम्पत्तिको संरक्षण, स्थानीय सरकारको नीति, निर्णय, मापदण्ड र कानूनको कार्यान्वयन गरिनेछ ।

९. गाउँपालिकाद्धारा सम्पादन गरेका कार्यहरु दैनिक रुपमा रेडियो मार्फत तथा साप्ताहिक रुपमा पत्रिका मार्फत सम्पूर्ण नागरिक माझ सार्वजनिक गरिनेछ ।

१०. व्यक्तिगत घटना दर्ताः जन्म, मृत्यु, विवाह लगायतका महत्वपूर्ण तथ्याङ्कलाई अनलाइन प्रणालीबाट प्रादेशिक तथा केन्द्रीय निकायमा नियमित रुपमा पठाउने व्यवस्था गरिनेछ ।

११. स्थानीय तहको शासन र प्रशासनिक संयन्त्रलाई समावेशी, सेवामुखी, स्तरीय, विधिसम्मत र जनमैत्री बनाउने लक्ष्य लिइनेछ । सरकारी सेवाप्रदायक निकायमा दक्षता, जवाफदेहिता, पारदर्शिता, प्रभावकारिता र भ्रष्टाचारमुक्त शासन सुनिश्चित गर्न विभिन्न रेडियो, पत्रिका, अनलाईन र मोवाइल एप्स मार्फत सूचना प्रवाहमा जोड दिइनेछ ।

१२. आफ्नै सरकार—खुला सरकारको अवधारणालाई मूर्त रुप दिन संकलित राजस्वको विस्तृत सूचना हरेक ३–३ महिनामा सार्वजनिक गरिनेछ ।

१३. सार्वजनिक खर्चको अनुगमन र नागरिक सन्तुष्टी कार्ड जस्ता स्थानीय सरकारलाई जवाफदेही बनाउन अपनाइने विश्वव्यापी लोकतान्त्रिक विधिहरुलाई अनिवार्य रुपमा अवलम्वन गरिनेछ ।

१४. जनताको जनगुनासो व्यवस्थापनको लागि गुनासो सुनुवाई संयन्त्र सञ्चालन गरिनेछ । वार्षिक बजेट तथा योजना तर्जुमा गर्दा अवलम्बन हुने प्रमुख नीति तथा आधारहरु

क आर्थिक क्षेत्र
१. जल, जमीन, जंगल, जडिवुटी र जलाधार ः समृद्ध रोशी गउँपालिकाको आधार भन्ने मान्यतामा रोशी गाउँपालिकाले प्राकृतिक स्रोत व्यवस्थापनमा स्थानीय समुदायको सहभागितालाई प्रोत्साहित गरिनेछ ।

२. कृषि, पशुपालन र आय आर्जनलाई प्राथमिकतामा राखेर कार्यक्रम सञ्चालन गरिनेछ ।

३. गैर–कृषिजन्य क्रियाकलापमा भूमिको प्रयोगलाई निरुत्साहित गरी कृषि प्रणालीलाई व्यवस्थित गर्न भू–उपयोग योजना निर्माण गरिने छ ।

४.कृषिमा उद्यमशीलता–आजको आवश्यकता भन्ने नाराका साथ कृषिको आधुनिकीकरण तथा औद्योगिकीकरणका लागि कृषक तथा उद्यमीहरुको क्षमता अभिवृद्धि गरिनेछ र साना तथा घरेलु उद्योगहरु सञ्चालनको लागि सहजिकरण गरिनेछ ।

५. कृषि–जैविक विविधताको महत्व भएका बाली तथा वस्तुहरुको पहिचान गरी दिगो संरक्षण तथा उपयोग कार्यक्रम संचालन गरिनेछ ।

६. कृषि तथा पशुपालन व्यवसायको जोखिम न्यूनीकरणका लागि बाली तथा पशु बिमा कार्यक्रमलाई निरन्तरता दिइनेछ । कृषक पाठशाला, नयाँ प्रविधिको प्रयोग, कृषक अध्ययन अनुभव भ्रमण जस्ता सिर्जनात्मक काम गरिने छन् । पशुपालनलाई आय आर्जनको आधारको स्थापित गरिनेछ । जसका लागि नश्ल सुधार, कृतिम गर्भधारण, चरण क्षेत्र विकासमा जोड दिनेछ ।

७. तरकारी, फलफूल तथा पशुधनको थोक बजार संचालन गर्न प्रत्येक वडामा कृषि उपज संकलन केन्द्र निर्माण तथा व्यवस्थापन गरिनेछ र सोका लागि अन्तरपालिका साझेदारी कार्यक्रम समेत संचालन गरिने छ । कृषकहरुको उत्पादनलाई सहज ढंगले बजार व्यवस्था गर्न एक वडा एक हाट बजार संचालन गर्न प्रोत्साहित गरिनेछ ।

८. वैदेशिक रोजगारमा संलग्न व्यत्तिहरुको रेमिट्यान्सको निश्चित रकम अनिवार्य रुपमा गाउँपालिकाद्धारा खडा गरिने विप्रेशण कोषमा जाम्मा गरिने र उक्त रकमको निश्चित प्रतिशत व्याज उपलब्ध गरी सो रकम युवा उद्यमको क्षेत्रमा लगानी गर्ने नीति लिइनेछ । यसको लागि बैँकसँग साझेदारी र समन्वय गरिनेछ ।

९. ऐतिहासिक, धार्मिक–सांस्कृतिक, प्राकृतिक आकर्षणका स्रोत र सम्पदालाई आर्थिक आर्जनको आधार बनाइनेछ ।

१०. घ्याङडाँडा देखि तारा खसेलेक सम्म सांस्कृतिक एवं पर्यावरणीय पर्यटन पदमार्गमा पूर्वाधार ९भ्यू टवर, पार्क, ऐतिहासिक स्थल तथा गुफा संरक्षण, चिया वगान, सांस्कृतिक पहिचान० निर्माण गर्न विभिन्न क्षेत्र तथा निकायलाई लगानीको लागि आब्हन गरिने छ ।

११.कम्तिमा एउटा सामुदायिक पर्यटन सूचना र सेवा केन्द्र स्थापना गरिनेछ । यस केन्द्रबाट पर्यटकीय सेवा र सूचनाका अतिरिक्त स्थानीय हस्तकलाको प्रर्दशन तथा बिक्री कार्य संचालन गरिनेछ ।

१३. व्यावसायिक शिक्षा अन्र्तगत कृषि विषय पठनपाठन हुने विद्यालयसँग साझेदारी र समन्वय गरी कृषि उत्पादन र कृषकहरुको क्षमता विकासमा सहयोग पु¥याइनेछ । उच्च मूल्यको फलफुल खेतीलाई प्रोत्साहन दिँदै विभिन्न कृषि उपज उत्पादनको पकेट क्षेत्र घोषणा गरी उत्पादन वृद्धिमा सहयोग पु¥याइनेछ ।

१४. स्थानीय तहमा उपलब्ध खानी तथा खनिज पदार्थको तथ्याङ्क संकलन र अभिलेख व्यवस्थापनको कार्य गरिनेछ । खानी तथा खनिज पदार्थको संरक्षण र उपयोग सम्बन्धी नीति र मापदण्ड तयार गरी कार्यान्वयन गरिनेछ ।

१५.रोशीखोलाको विभिन्न स्थानमा ड्याम निर्माण गरि रोशी खोलाको शु द्धिकरण गर्दै आय आर्जन र पर्यटकीय गन्तव्य निर्माणको आधार तयार गरीनेछ ।

१६. वनजंगलमा पाइने जडिवुटि उत्पादन तथा प्रशोधन केन्द्र स्थापनाको लागि लगानीकर्तालाई आमन्त्रण गरिनेछ ।

ख सामाजिक विकास क्षेत्र
१.प्रत्येक वडामा माध्यमिक तहसम्म निःशुल्क, अनिवार्य र गुणस्तरीय शिक्षा सर्वसुलभ गराइनेछ । बालबालिकाहरुले मातृभाषामा आधारभूत शिक्षा प्राप्त गर्न पाउने अधिकार सुनिश्चितताको लागि मातृभाषाको शिक्षामा जोड दिँदै आंग्रेजी माध्यमबाट पठनपाठनको समेत व्यवस्था मिलाई त्रैभाषिक शिक्षा नीति अवलम्बन गरिनेछ ।

२. उत्कृष्ट विद्यार्थी छनोट गरी छात्र तथा छात्रावृत्तिको व्यवस्था गरिनुका साथै शैक्षिक बेरोजगार युवालाई लक्षित गरी लोकसेवा आयोग तयारी कक्षा सञ्चालन गरिनेछ ।

३. यस गाउँपालिका अन्र्तगतका विद्यालय उमेरका सबै बालबालिकाहरु विद्यालयमा भर्ना भई नियमित उपस्थित गराउन र सिकाई स्तर वृद्धि गर्न जोड दिइनेछ र प्रारम्भिक बाल विकास केन्द्रमा कार्यरत सहजकर्ताहरुलाई प्रोत्साहित गरिनेछ ।

४.स्थानीय भाषा, कला, संस्कृति र आवश्यक्तालाई दृष्टिगत गर्दै स्थानीय पाठ्यक्रम निर्माण गरी लागु गरिनेछ ।

५. गाउँपालिकामा प्रसुती सेवा सहितको कम्तिमा १५ शैयाको अस्पताल निर्माण गरिनेछ । यस अस्पताललाई अन्य ठूला अस्पतालको सेवासँग आबद्ध गरिनेछ । गाउँपालिका भरीका जेष्ठ नागरिकहरुको गाउँगाउँमा पुगेर स्वास्थ्य परीक्षण गरि आवश्यक उपचार व्यवस्थाको लागि सहजता प्रदान गरिनेछ । सवै वडाका स्वास्थ्य संस्थाहरुको स्तरवृत्ति गर्ने र प्रसुती सेवा उपलब्ध गराउन प्राथमिकता दिइनेछ ।

६।. नेपाल सरकारद्धारा सञ्चालित प्रत्येक नेपाली नागरिकको स्वास्थ्य बीमा सुनिश्चित गर्ने कार्यक्रम सञ्चालनमा सहजीकरण गरिनेछ ।

७.सबैका लागि स्वस्थकर खानेपानी सुनिश्चित गर्न सबै बस्तीहरूमा सुरक्षित खानेपानी पु¥याइनेछ । सञ्चालित योजनाहरुको प्रभावकारी व्यवस्थापनको लागि एकिकृत खानेपानी व्यवस्थापन योजना बनाएर लागू गरिनेछ । खानेपानीका मुहानहरूको संरक्षण र खानेपानीको गुणस्तर कायम गर्न सरसफाइ कार्यक्रम निर्देशिका तर्जुमा गरिनेछ ।

८. सुत्केरी आमा: पोसिलो खानाभन्ने नाराका साथ स्थानीय स्वास्थ्य संस्थाको सिफारिसमा सुत्केरी आमाहरुलाई पोषण भत्ताको व्यवस्था गरिनेछ ।

९.युवाहरुको सीप र दक्षतामा वृद्धि गरी रोजगारीको अवसरहरु सृजना गर्न एक बहु प्राविधिक शिक्षालय स्थापनाको लागि केन्द्र तथा प्रदेश सरकारलाई अनुरोध गरिनेछ ।

१०. बस्ती स्तरमा लोप हुन लागेका साँस्कृतिक मेलाहरुको संरक्षण गर्दै आर्थिक उपार्जनको लागि पर्यटन प्रवद्र्धन सँग जोडिनेछ । धार्मिक तथा सांस्कृति सम्पदाको संरक्षणमा जोड दिइनेछ । लोपोन्मुख हायु जाती, पहरी जाती उत्थानको कार्यक्रम सञ्चालन गरिनेछ ।

११. स्वच्छ, सुन्दर र पूर्ण सरसफाइयुक्त गाउँपालिका निर्माणमा जोड दिइनेछ ।

१२.दलित समुदायको परम्परागत सीपलाई आधुनिकिरण गर्दै व्यावसायीकरणमा जोड दिइनेछ र महिला तथा बालबालिकाको विरुद्धमा हुने हिंसा र दुव्र्यवहार अन्त्य र सबै नागरिकको सम्मानको लागि लैंगिक तथा सामाजिक समावेशीकरण नीति बनाई लागू गरिनेछ ।

१४ प्रत्येक वडा केन्द्रमा स्थानीय तहको खेलकुद मैदान गाउँपालिकास्तरीय अध्याक्ष कप भलिवल प्रतियोगिता सञ्चालन गरिनेछ ।

ग पूर्वाधार विकास क्षेत्र
१. गाउँपालिकाका सबै वस्तीहरु सडक सञ्जालबाट जोडिनको लागि बजेट विनियोजनमा प्राथमिकता दिइनेछ र वडाका केन्द्रहरु जोड्ने सडकको स्तरोन्नती गरिनेछ । चौकीडाँडा देखि खहरेपाँगुसम्मको सडक स्तरोन्नतीलाई निरन्तरता दिइनेछ ।

२. स्थानीय सडकहरुको निर्माण, उपयोग गर्दा वातावरणीय सन्तुलनलाई ध्यान दिइनेछ । खासगरी पानीको मुहान, खोला खोल्सी, वनको संरक्षणलाई प्राथमिकता दिइनेछ ।

३.स्थानीय सडकहरुलाई पर्यटकीय, ऐतिहासिक र हरित लगायत सडकहरुमा वर्गीकरण गरिनेछ ।

४. गाउँपालिका तथा वडा कार्यालयको भवन निर्माणलाई प्राथमिकतामा राखिनेछ ।

५. सार्वजनिक जमिनको रेखांकन गरि अभिलेखांकन गरी तिनको संरक्षण र उत्पादनमुलक उपयोगमा जोड दिइने छ ।

६.सबै वडाहरुमा राष्ट्रिय प्रशारणलाईन मार्फत ग्रामिण विद्युतीकरण विस्तार गरिनेछ ।

७.कृषि उत्पादन वृद्धि गर्ने सिंचाइ प्रणालीहरुलाई भरपर्दो, आधुनिक र दिगो बनाइनेछ । पानीका स्रोतहरुको संरक्षण र सदुपयोगमा ध्यान दिइनेछ ।

८. जनताको सूचनाको अधिकारलाई स्थापित गर्न विभिन्न सूचना, मनोरञ्जन र उपयोगी ज्ञान प्रवाह गर्नका लागि रोशी एफ।एम। संचालन तथा पत्रिका प्रकाशनलाई निरन्तरता दिइनेछ ।

९. भुकम्प पछिको पुननिर्माणमा स्थानीय समुदायको अग्रसरतालाइ प्रोत्साहन गरी स्थानीय सामग्रीको प्रयोगलाई बढावा दिइनेछ ।

घ वातावरण तथा विपद व्यवस्थापन क्षेत्र
१. नयाँ बन्ने सबै घर तथा संरचनाहरुलाई भूकम्पप्रतिरोधी बनाइने व्यवस्था गरिनेछ र पुर्ननिर्माण अन्र्तगत आवास निर्माण कार्यक्रमलाई सहजिकरण गरिनेछ ।

२. गाउँपालिकाद्धारा निर्मित विपद व्यवस्थापन तथा प्रतिकार्य योजनाको आधारमा विपदको पूर्व तयारी गर्ने कामलाई विशेष प्राथमिकता दिनुका साथै गाउँपालिकामा आपतकालिन उद्धार तथा राहत कोष तथा सामग्रीको व्यवस्था गरिनेछ ।

३. सार्वजनिक जग्गा तथा वन क्षेत्रमा वृक्षरोपण कार्यक्रमलाई प्राथमिकता दिँदै वन क्षेत्रलाई आर्थिक स्रोतको एउटा प्रमुख आधार बनाइनेछ ।

४. बजार क्षेत्रको फोहोर मैला व्यवस्थापन गर्नुको साथै प्राकृतिक वनको व्यवस्थापनलाई वातावरणीय सेवा र पर्या–पर्यटनसँग आबद्ध गर्दै लगिनेछ ।

५. आफ्नो क्षेत्रको वन, जल, खनिज आदि प्राकृतिक स्रोतको दोहन तथा उपभोगबाट प्राप्त आम्दानीको एउटा निश्चित हिस्सा प्राकृतिक स्रोत साधनको संरक्षण तथा वातावरणीय सचेतना कार्यक्रमहरुमा खर्च गर्ने व्यवस्था गर्नेछ ।

६. जलवायु परिवर्तनले आफ्नो क्षेत्रमा पारेको प्रभावको अध्ययन र त्यसको निरुपण गर्नका लागि संघीय सरकारी र गैर–सरकारी कार्यक्रमहरुसँग संयोजन गरी प्राथमिकताको क्षेत्रमा कार्यक्रम संचालन गरिने छ ।

७. जलवायु परिवर्तन र यसबाट पर्ने असरबारे आम नागरिकहरुलाई सचेत गराउनुका साथै औपचारिक शिक्षामा समेत यी विषय समावेश गरिनेछ ।

८. रोशी क्षेत्रको पर्यावरणीय संरक्षण गर्दै जलस्रोत तथा खानेपानीको मूल संरक्षणको लागि निर्मित रोशी जलाधार संरक्षण योजना पूर्वाधार निर्माण कार्य अगाडी वढाइनेछ ।

९. उत्पादनमूलक क्षेत्रमा भू संरक्षण तथा जल उत्पन्न प्रकोप नियन्त्रणका कार्यक्रमहरु सञ्चालन गर्नेछ ।

१०. हाम्रो रोशी सफा रोशी नाराका साथ रोशी सफाई अभियान सञ्चालन गरिनेछ । रोशी खेलालाई प्रदुषण हुनबाट जोगाउन आवश्यक नियम कानुन बनाएर कार्यान्वयन गर्नुका साथै रोशी खोला र वि।पि। राजमार्ग आसपासमा उद्यान तथा पार्कहरु निर्माणमा प्राथमिकता दिइनेछ ।

ङ संस्थागत विकास तथा सेवा प्रवाह क्षेत्र
१. सूचना प्रविधिको उपयोग गरी समन्वयात्मक तथा कम खर्चिलो तवरले स्थानीय तहका दैनिक प्रशासनिक अभिलेखहरुलाई आधिकारिक तथ्याङ्कका रुपमा प्रयोग गर्न सकिने व्यवस्था गरिनेछ ।

२. व्यक्तिगत घटनाः जन्म, मृत्यु, विवाह लगायतका महत्वपूर्ण तथ्याङ्कलाई अनलाइन प्रणालीबाट प्रादेशिक तथा केन्द्रीय निकायमा नियमित रुपमा पठाउने व्यवस्था गरिनेछ ।

३. स्थानीय तहको शासन र प्रशासनिक संयन्त्रलाई समावेशी, सेवामुखी, स्तरीय, विधिसम्मत र जनतामैत्री बनाउने लक्ष्य लिइनेछ । सरकारी सेवाप्रदायक निकायमा दक्षता, जवाफदेहिता, पारदर्शिता, प्रभावकारिता र भ्रष्टाचारमुक्त शासन सुनिश्चित गर्नु रोशी गाउँपालिकाको आधारभूत नीति हुनेछ । नियमित सार्वजनिक सुनुवाई र जनताको गुनासो सुनुवाई संयन्त्रको निर्माण गरी कार्यान्वयन गरिनेछ ।

५. जेष्ठ नागरिक, अपांगता भएको व्यक्ति, एकल महिला, दलित, लोपोन्मुख आदिवासी जनजातिलाई प्रदान गरिने सामाजिक सुरक्षा भत्ता समयमा सहज रुपमा प्रदान गर्नको लागि पारदर्शी र जवाफदेही वितरण प्रणाली अपनाइनेछ ।

६. सबै सार्वजनिक पूर्वाधारहरु अपाङ्गमैत्री प्रविधि राखी निर्माण गर्नुपर्ने मापदण्ड जारी गरी कार्यान्वयन तथा अनुगमन गरिनेछ ।

७. दलित, सिमान्तिकृत, लोप उन्मुख आदिवासी जनजाति र अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय प्रचलन अनुरूप सामाजिक सुरक्षाको प्रत्याभूति गरिनेछ । अपाङ्गताको प्रकृति हेरी उपयुक्त सीपमूलक तालिम प्रदान गरी रोजगारीका अवसरहरूमा पहुँच विस्तार गरिनेछ तथा उक्त वर्गको स्वरोजगारीका अवसरहरूको सृजना गर्दै उद्यमशीलताको विकास गर्न आर्थिक सहयोगको व्यवस्था गरिनेछ ।

८. उद्यमीहरुलाई दोहोरो करको मार नपार्ने मात्र होइन, करको भार पनि न्यूनतम हुने गरी नीतिहरु ल्याइनेछन् ।

९. करका प्रशासनिक प्रक्रियालाई सरलीकृत गरिनेछ । उठ्नुपर्ने सम्पत्ति कर, व्यवसाय कर, विज्ञापन कर, घर बहाल कर, मनोरञ्जन कर, शुल्क र जरिवानाहरु एवं मालपोत जस्ता स्थानीय आम्दानीका व्यापक स्रोतहरुको सूक्ष्म अभिलेख राख्ने काम पारदर्शी र जवाफदेहीपूर्ण बनाउन आधुनिक सूचना प्रविधिको पूर्ण उपयोग गरिनेछ । करदाताले स्वेच्छिक रुपमा कर दाखिला गर्न सक्नेछन् । तर कर छली र चुहावट रोक्न शून्य सहनशीलताको नीति अवलम्वन गरिनेछ ।

१०. आफ्नै सरकारस् खुला सरकारको अवधारणालाई मूर्त रुप दिन संकलित राजस्वको विस्तृत सूचना हरेक ३– ३ महिनामा सार्वजनिक गरिनेछ ।

११. सार्वजनिक खर्चको अनुगमन र नागरिक सन्तुष्टि सर्वेक्षण कार्ड जस्ता स्थानीय सरकारलाई जवाफदेही बनाउन अपनाइने विश्वव्यापी लोकतान्त्रिक विधिहरुलाई अनिवार्य रुपमा अवलम्बन गरिनेछ ।

आदरणीय सदस्य महानुभावहरु
राजनैतिक क्षेत्रमा हामिले ऐतिहासिक फडको मारेका छौ । संविधानतः तीनै तहका सरकारको निर्वाचन सम्पन्न भई लामो समयको संक्रमणकालको अन्त्य हुँदै मुलुक राजनीतिक स्थिरता तर्फ उन्मुख भएको छ भने राजनितिक प्रणालीप्रति नागरिकको भरोसा पुनस्थापित भएको छ । यो समयलाई विकास र समृद्धिको उपयुक्त अवसरको रुपमा उपयोग गरी जनचाहना पूरा गर्ने अवको हाम्रो वाटो भनेको तिव्र आर्थिक वृद्धि र आर्थिक विकास नै हो ।

अन्त्यमा,

आगामी दिनहरुमा आम रोशीवासीका आवश्यकता, चाहना एवं समस्याहरुलाई सम्वोधन गर्ने गरी गाउँपालिकाद्धारा निर्मित रणनीतिक योजनाद्धारा निर्दिष्ट गरिएका लक्ष्य र उद्देश्यका साथ परिणाममुखी भई निशर्त र निस्वार्थ अगाडि बढ्न आफू प्रतिवद्ध रहेको व्यहोरा यस सम्मानित सभामार्फत समग्र रोशी बासीमा आग्रह गर्दै सम्पूर्ण जनप्रतिनिधि, राजनीतिक दल, कर्मचारी र सरोकारवालाहरुलाई पनि निशर्त र निस्वार्थ साथ र सहयोग गर्न अपिल गर्दछु । र, विखण्डनले विनास मात्र निम्त्याउने सर्वसत्यलाई स्वीकार्दै एकत्रित भएर समग्र रोशीको समृद्धि र विकासमा लाग्नसमेत सम्पूर्ण रोशीवासीमा हार्दिक अपिल गर्दछु ।

प्रकाशित मिति : २०७५, २० आश्विन शनिबार  १० : ३८ बजे

समाजमा परिवर्तन ल्याउन ऐन र कानून परिवर्तन गर्न आवश्यक : मन्त्री गुरुङ

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले

संघीय संसद अन्तर्गत तीनवटा समितिको बैठक बस्दै

काठमाडौं । संघीय संसद अन्तर्गत तीनवटा समितिको बैठक आज बस्दैछ

तराईमा हुस्सु लाग्ने, दुई प्रदेशमा बर्षाको सम्भावना

काठमाडौं । देशभर पश्चिमी वायु तथा पहाडी भू–भागमा स्थानीय वायुको

दार्चुला दुर्घटना अपडेट : ज्यान गुमाउनेको संख्या ८ पुग्यो

दार्चुला । दार्चुलामा आज बिहान भएको जिप दुर्घटनामा मृत्यु हुनेको

सामान्य प्रशासन मन्त्रालयको निर्देशन : सरुवा भएका कर्मचारीलाई ७ दिनभित्र कार्यालयमा हाजिर हुनु

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न कार्यालयमा