२०८२, १५ माघ बिहीबार

दुई महिनामा सरकारले बाँड्यो पौने ३ करोड

दुई महिनामा सरकारले बाँड्यो पौने ३ करोड


काठमाडौं, असोज १९ : आर्थिक वर्ष सुरु भएको पहिलो दुई महिनामै सरकारले आफ्नो ढुकुटीबाट विभिन्न राजनीतिक दलका नेता, पार्टि कार्यालय तथा व्यक्तिका नाममा झन्डै तीन करोड रुपैयाँ बाँडेको समाचार आजको नयाँ पत्रिकामा छापिएको छ ।

अर्थ मन्त्रालयका अनुसारआर्थिक वर्ष ०७४/७५ को साउन र भदौमा आर्थिक सहायता बजोट शीर्षमा गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय, संघीय संसद सचिवालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलगायत निकायका नाममा उक्त रकम निकासा भइसकेको छ । यस अवधिमा राज्यकोषबाट दुई करोड ७९ लाख रुपैयाँ आर्थिक सहायताका लािग निकासा भइसकेको छ ।

यो रकममध्ये (साउनमा)
-गंगामाया अधिकारी : २० लाख
-एमाले जिल्ला कार्यालय पर्सा : २ लाख ३ हजार
-पूर्वमन्त्री रामकृष्ण ताम्राकार : १५ लाख
-राष्ट्रकवि माधव घिमिरेको उपचार खर्च : १४ लाख ९८ हजार
-विभिन्न व्यक्तिका नाममा : ४६ लाख ५० हजार रुपैयाँ बाँडिएको छ ।

(भदौमा)
नेता नरहरि आचार्यको उपचार खर्च : ३३ लाख ६१ हजार
निर्वाचनमा घाइते २४ जनाको उपचार : २७ लाख ६० हजार
दक्षिण एसिया गुठी र काठमाडौं युनिभर्सिटी स्कुल अफ ल : ३० लाख
देशघरका विभिन्न व्यक्तिका नाममा : ८९ लाख रुपैयाँ बाँडिएको छ ।

प्रकाशित मिति : २०७५, १९ आश्विन शुक्रबार  ७ : १९ बजे

घरदैलोमा एमाले उम्मेदवार मनोजजंग थापा : करकरेका मतदाता उत्साहीत

सिन्धुली: संघीय निर्वाचन नजिकिँदै गर्दा सिन्धुली जिल्ला क्षेत्र नं. २

सुनका लगानीकर्ता छ महिनामै मालामाल

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले हालसम्मकै नयाँ कीर्तिमान कायम

संघर्ष, निष्ठा र नेतृत्वको जनमुखी नेता हुनु चक्रप्रसाद स्नेही

डडेल्धुरा, सुदूरपश्चिम, सुनसान पहाड र नदीले घेरिएको यो ऐतिहासिक जिल्ला

पाँच वाणिज्य बैंकको वित्तीय विवरण सार्वजनिक, दुईको नाफा बढ्दा तीन बैंक दबाबमा

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमास (साउन–पुस)

राष्ट्रिय समृद्धि र भोजपुरको निर्णायक विकासका लागि मेरो उम्मेदवारी : शेरधन राई

भोजपुर । नेकपा एमालेका सचिव तथा भोजपुरका प्रतिनिधिसभा सदस्य उम्मेदवार