२०८२, २८ चैत्र आईतबार

बलात्कार गर्ने नेविसंघका नेता १० बर्ष कैद

बलात्कार गर्ने नेविसंघका नेता १० बर्ष कैद


काठमाडौँ– सामुहिक बलात्कारको अभियोगमा नेपाल विद्यार्थी संघ (नेविसंघ)का नेतालार्इ १० बर्षको जेल सजाँय तोकिएको छ ।

पर्वतको कुश्मा नगरपालिका १ पाङ सहस्रधाराका २३ बर्षीया शिशिर क्षेत्रीलार्इ अदालतले कैद सजायँ सुनाएको हो । उनी पर्वतको कुस्माबजारस्थित गुप्तेश्वर बहुमुखी क्याम्पसका स्ववियु सभापति समेत हुन ।

क्षेत्रीलाई पर्वत जिल्ला अदालतका जिल्ला न्यायाधीश सुर्यबहादुर थापाको इजलासले १० बर्ष कैद सजाय सुनाएको छ । क्षेत्री २०७४ चैत्र १५ गते सामुहिक बलात्कारको अभियोगमा पक्राउ परेका थिए ।

१६ वर्षीया बालिकालाई तीन जना मिलेर सामूहिक बलात्कार गरेका थिए । क्षेत्रीका साथै कुश्मा नगरपालिका–५ का सुजल श्रेष्ठ र फलेवास नगरपालिका–६ का सौगात शर्मा पौडेलले बालिका बलात्कार गरेका थिए ।

बाग्लुङको चैते दसै मेलाबाट फर्कदै गरेका दुई जना बालिकाललाई मोटरसाइकलमा लिफ्ट दिने भन्दै उनीहरुले होटलमा लगेर बलात्कार गरेका थिए ।

दुई युवती मध्ये एक युवती भाग्न सफल भएकी र अर्की स्याङजा जिल्ला घर भएकी १६ बर्षीया बालिकालाई भाग्न खोज्दा खोज्दै समातेर बलात्कार गरेका थिए ।

प्रकाशित मिति : २०७५, १८ आश्विन बिहीबार  १० : ११ बजे

असफल वार्तापछि अबको बाटो: द्वन्द कि संवाद ?

संयुक्त राज्य अमेरिका र इरान बीच इस्लामावाद मा भएको वार्ता

वार्ता असफलपछि ट्रम्पको प्रतिक्रिया: ‘चिन्तित छैनौँ’

काठमाडौं । डोनाल्ड ट्रम्पले इरानसँगको वार्ता निष्कर्षविहीन भएपछि पनि आफू

अमेरिका-इरान वार्ता निष्कर्षविहीन :अन्तिम प्रस्ताव पनि अस्वीकृत

काठमाडौं । संयुक्त राज्य अमेरिका र इरान बीच इस्लामावाद मा

परराष्ट्रमन्त्री शिशिर खनालले भारत, भूटान र बङ्गलादेशका विदेशमन्त्रीहरूसँग भेटवार्ता

काठमाडौँ । नवौँ हिन्द महासागर सम्मेलनमा सहभागी हुने सिलसिलामा मोरिससको

सरकारको २४ घण्टाभित्र विमानस्थलमा स्तनपानकक्षको व्यवस्था गर्ने निर्देशन

काठमाडौँ । सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित देशभरका सबै विमानस्थलमा २४