२०८२, १५ माघ बिहीबार

नीति निर्माण गर्ने निकाय इमान्दार हुनुपर्छ : मुख्यमन्त्री पौडेल

नीति निर्माण गर्ने निकाय इमान्दार हुनुपर्छ : मुख्यमन्त्री पौडेल


हेटौँडा, १८ असोज: प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले नीति निर्माण गर्ने निकायका पदाधिकारी इमान्दार हुनुपर्ने बताउनुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयद्वारा आज यहाँ आयोजित ‘भ्रष्टाचार नियन्त्रण गर्ने प्रयासमा सञ्चारकर्मीको भूमिका’ विषय अन्तक्र्रियामा उहाँले नीति निर्माताको नकारात्मक भावना परिवर्तन नभएसम्म भ्रष्टाचार कम नर्ग नसकिने बताउनुभयो ।

प्रदेश नं ३ का १३ जिल्लामा भ्रष्टाचार नियन्त्रण गर्ने संयन्त्रका लागि मुख्य मन्त्रिपरिषद्को कार्यालयले थप गृहकार्य गरिरहेको जानकारी दिँदै मुख्यमन्त्री पौडेलले स्थानीय तहमा विकासको पूर्वाधार निर्माणका क्रममा स्थानीय जनप्रतिनिधि र प्राविधिकले आपसी मिलेमतोमा ठेक्कापट्टा लिने दिने कार्यलाई निषेध गरी दिगो विकासको निर्माणका लागि बजेट दुरुपयोग नहुने गरी सञ्चालन गर्न आग्रह गर्नुभयो ।

सो अवसरमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका मुख्य सचिव आनन्दराज ढकालले समाजमा जनचेतना जागृत गरी भ्रष्टाचारजन्य अपराध कम गर्न गाउँका सामाजिक सङ्घसंस्थालाई क्रियाशील बनाउनुपर्ने बताउनुभयो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव इन्दिरा शर्मा र अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रदेश नं ३ का प्रमुख हुमकला पाण्डेले भ्रष्टाचार कम गर्न राजनीतिक नेतृत्व नै स्वार्थभन्दा माथि उठेर राजनीतिक क्षेत्रले भ्रष्टाचारबाट मुक्त तुल्याउनुपर्नेमा जोड दिनुभयो ।

प्रकाशित मिति : २०७५, १८ आश्विन बिहीबार  ८ : ५५ बजे

घरदैलोमा एमाले उम्मेदवार मनोजजंग थापा : करकरेका मतदाता उत्साहीत

सिन्धुली: संघीय निर्वाचन नजिकिँदै गर्दा सिन्धुली जिल्ला क्षेत्र नं. २

सुनका लगानीकर्ता छ महिनामै मालामाल

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले हालसम्मकै नयाँ कीर्तिमान कायम

संघर्ष, निष्ठा र नेतृत्वको जनमुखी नेता हुनु चक्रप्रसाद स्नेही

डडेल्धुरा, सुदूरपश्चिम, सुनसान पहाड र नदीले घेरिएको यो ऐतिहासिक जिल्ला

पाँच वाणिज्य बैंकको वित्तीय विवरण सार्वजनिक, दुईको नाफा बढ्दा तीन बैंक दबाबमा

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमास (साउन–पुस)

राष्ट्रिय समृद्धि र भोजपुरको निर्णायक विकासका लागि मेरो उम्मेदवारी : शेरधन राई

भोजपुर । नेकपा एमालेका सचिव तथा भोजपुरका प्रतिनिधिसभा सदस्य उम्मेदवार