२०८२, १० भाद्र बुधबार

नक्कली आरोहण अनुमतिपत्र बनाउने तीन जना पक्राउ

नक्कली आरोहण अनुमतिपत्र बनाउने तीन जना पक्राउ


काठमाडौँ, १८ असोज: नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले नक्कली आरोहण अनुमतिपत्र बनाउने तीन कर्मचारीलाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउपर्नेमा सेभेन समिट ट्रेक्स प्रालिका कानून विभाग प्रमुख निभेश कार्की, बजार व्यवस्थापक फुर्तेन्जी शेर्पा र लेखापाल विजयश्वर अर्याल रहेका छन् ।

तीनै जनाले विसं २०७४ चैत ३० गते सोही प्रालिमार्फत सगरमाथा आरोहण गर्न तयार भएको १२ जना विदेशी नागरिकको आरोहण अनुमतिपत्र पर्यटन विभागबाट बुझेर त्यसलाई लुकाइ सोही मिति र परमिट नं राखी सक्कली अनुमतिपत्रमा भएको १२ जनाको नाममा एक चिनियाँ नागरिक र एक अष्ट्रेलियन नागरिकको नाम थप गरी १४ जनाको नाम भएको अर्को कीर्ते आरोहण अनुमतिपत्र तयार गरेको अभियोगमा उनीहरुलाई पक्राउ गरिएको ब्युरोले जनाएको छ ।

सोही कीर्तेपत्रको छायाँप्रति सगरमाथा प्रदूषण नियन्त्रण समिति, सोलुखुम्बुमा पेश भएकामा पर्यटन विभागबाट पनि सो आरोहण दलको सम्पर्क अधिकृतका रुपमा खटिएका कर्मचारीले पर्यटन विभागबाट बुझिलिएको सक्कली आरोहणपत्रको छायाँप्रति सगरमाथा प्रदूषण नियन्त्रण समितिमा बुझाएपछि विभागका कर्मचारी र ट्रेकिङ एजेन्सीका कर्मचारीले बुझाएको एकै मिति र एकै परमिट नं को पत्रमा आरोही सङ्ख्या फरक भएपछि सोबारे अनुसन्धान शुरु भएको थियो ।

आरोहण दल सगरमाथा आरोहणमा जाने अन्तिम दलमा सक्कली आरोहण पत्रानुसार चिनियाँ नागरिक आठ जना, भारतीय दुई, स्पेनिस एक र बेलायती एक जना रहेकामा नक्कली आरोहणपत्रमा थप भएका दुईमध्ये एक जना चिनियाँ र एक अस्टे«लियाली नागरिक रहेको भेटिएको ब्युरोले जनाएको छ । प्रहरीका अनुसार ती दुई विदेशी नागरिकको परमिट शुल्कबापत २२ हजार अमेरिकी डलर तीनै जनाले बाँडेर लिएको अनुसन्धानबाट खुलेको छ । प्रहरीले कार्कीलाई ठमेल, अर्याललाई महाराजगञ्ज र शेर्पालाई सोलुखुम्बुबाट पक्राउ गरिएको हो ।
-रासस

प्रकाशित मिति : २०७५, १८ आश्विन बिहीबार  ७ : १६ बजे

एमाले केन्द्रीय सदस्य ऐन महर पक्राउ परेर हाजिरी जमानीमा छुटे

काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य ऐन महरलाई सामाजिक सञ्जालबाट

सामाजिक सञ्जाल दर्ताका लागि ७ दिनकाे अन्तिम म्याद

काठमाडौं । सरकारले सामाजिक सञ्जाल दर्ताका लागि ७ दिनको अन्तिम

राज्य व्यवस्था समितिको सभापतिमा ईश्वरी न्यौपाने निर्विरोध

काठमाडौं । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा कांग्रेसकी

ऐन महर साइबर अपराध मुद्दामा प्रहरीमा उपस्थित

काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य ऐन महर साइबर अपराध

मुख्यमन्त्री कार्की र इजरायली राजदूतबीच भेटघाट

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की र नेपालका लागि