२०८३, २६ बैशाख आईतबार

घुस लिएको आरोपमा प्रहरी नायब निरीक्षक विष्टसहित तीन जनाविरुद्ध मुद्दा दायर

घुस लिएको आरोपमा प्रहरी नायब निरीक्षक विष्टसहित तीन जनाविरुद्ध मुद्दा दायर


काठमाडौँ, १८ असोज : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको आरोपमा महानगरीय प्रहरी प्रभाग सानोठिमी भक्तपुरमा कार्यरत प्रहरी नायब निरीक्षक ज्योति विष्टसहित तीन जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगका अनुसार प्रहरी नायब निरीक्षक विष्टको प्रत्यक्ष संलग्नतामा सोही प्रहरी प्रभागमा कार्यरत प्रहरी सहायक निरीक्षक सुवास ढुङ्गाना र प्रहरी हवल्दार दीपक भारतीले बालुवा बेचबिखन गर्ने व्यवसायीलाई सहजरुपमा निकासी गर्न दिने शर्तमा रु ४५ हजार घुस लिएको अभियोग लागेको छ ।

बालुवा व्यवसायीसँग प्रहरी सहायक निरीक्षक ढङ्गानाले रकम बुझी प्रहरी हवल्दार भारतीलाई रु पाँच हजार दिएको र विष्टलाई रु २५ हजार छुट्याएका थिए ।

आयोगले तीनै जना प्रहरी कर्मचारीलाई रु ४० हजारको बिगो कायम गरी विशेष अदालतमा आज मुद्दा दायर गरेको हो । यस्तै आयोगले सोही प्रकरणमा संलग्न महानगरी प्रहरी प्रभाग काँडाघारीमा कार्यरत प्रहरी हवल्दार अमन चौधरीविरुद्ध पनि विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगका अनुसार हवल्दार चौधरीले बालुवा व्यापारीसँग रु पाँच हजार घुस लिएको अभियोग लागेको छ ।

प्रकाशित मिति : २०७५, १८ आश्विन बिहीबार  ६ : ३८ बजे

बिहे भोजपछि ९३ जना बिरामी, ५० जनाको अस्पतालमा उपचार जारी

काठमाडौं । एक स्थानीय बिहे भोजपछि ठूलो संख्यामा पाहुनाहरू बिरामी परेका

ट्राफिकको ‘कडा स्ट्राइक’, ३१ चालकको लाइसेन्स खोसिने तयारी

काठमाडौं । ट्राफिक नियम उल्लंघन गर्ने ३१ जना सवारी चालकको सवारी

बर्दिबासमा सुकुम्बासी र अव्यवस्थित बसोबासीको आन्दोलन चर्कियो

काठमाडौं । सरकारी, ऐलानी लगायतका जग्गाबाट बस्ती हटाउने सरकारी निर्णयको विरोधमा

आजको मौसमः केही स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान

राष्ट्रिय स्वतन्त्र पार्टी को सचिवालय बैठक आज, ६ एजेन्डामा छलफल हुने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज साँझ ६ बजे