२०८२, २ पुस बुधबार

नेकपा एकताको एक वर्ष: के–के भयो वर्ष दिनमा ?

नेकपा एकताको एक वर्ष: के–के भयो वर्ष दिनमा ?


 

काठमाडौं, असोज १८: ५५ वर्षसम्म फरक राजनीतिक ‘स्कुलिङ’मा रहेका दुई ठूला कम्युनिस्ट घटकले चुनावी गठबन्धनदेखि पार्टी एकतासम्मको अवधि पूरा गरेको एक वर्ष बितेको छ।

गत वर्ष १७ असोजमा नयाँ शक्ति पार्टीलाई समेत साथ लिएर तत्कालीन एमाले–माओवादीले प्रतिनिधिसभा तथा प्रदेशसभा चुनावमा चुनावी तालमेल र लगत्तै पार्टी एकता गर्ने औपचारिक समझदारीपत्रमा हस्ताक्षर गरेका थिए।समझदारीविपरीत नयाँ शक्ति गठबन्धनमा १० दिन पनि टिक्न सकेन। दुई घटकले भने गत जेठ ३ मा पार्टी एकता गरे।

केन्द्रमा एकता भएको १ सय ३९ दिन पुगे पनि अझै ७ प्रदेश, २२ जनसंगठन, एक सम्पर्क समन्वय कमिटी, एक प्रवास कमिटी र मातहत कमिटीको अझै एकता हुन सकेको छैन। केन्द्रदेखि स्थानीय तहसम्म एकता प्रक्रिया अझै संस्थागत हुन सकेको छैन।,यो खबर आजको अन्नपुर्ण पोष्टमा छ ।

के–के भयो वर्ष दिनमा ? गठबन्धनदेखि एकतासम्म

– ०७४ असोज १७ : एमाले–माओवादी र नयाँ शक्तिले चुनावी तालमेल र पार्टी एकताको सैद्धान्तिक सहमतिपत्रमा हस्ताक्षर

– ०७४ असोज २८ : गठबन्धनवाट नयाँ शक्तिको बहिर्गमन

– ०७४ कात्तिक १५ : एमाले–माओवादीले प्रदेश तथा प्रतिनिधिसभा चुनावका लागि ६०–४० का अनुपातमा निर्वाचन क्षेत्र बाँडफाँट

– ०७४ पुस २८ : कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारबाट माओवादी केन्द्रको बाहिरने निर्णय।

– ०७४ फागुन ३ : एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्रीमा नियुक्त।

– ०७४ फागुन ७ : एकीकृत पार्टी नामलगायत सातबुँदे सहमति।

– ०७५ जेठ ३ : पार्टी एकताको औपचारिक घोषणा।

प्रकाशित मिति : २०७५, १८ आश्विन बिहीबार  ७ : ११ बजे

एमाले महाधिवेशन : मतदान समय ३ घण्टा थप, ८ बजेसम्म मत हाल्न सकिने

काठमाडौं । एमाले महाधिवेशन : मतदान समय ३ घण्टा थप,

जापानिज इन्सेफ्लाइटिसबाट पाँच महिनामा ६ जनाको मृत्यु, वृद्धवृद्धा बढी सङ्क्रमित

चितवन । चितवनका विभिन्न अस्पतालमा उपचारका लागि आएका जापानिज इन्सेफ्लाइटिसका

एमाले महाधिवेशनमा सौहार्दता, प्रतिस्पर्धी नेताहरू सँगै हिँडेर भोट माग्दै

काठमाडौं । नेकपा एमालेको ११ औँ महाधिवेशनमा नेतृत्वका लागि प्रतिस्पर्धामा

बबरमहल बम विस्फोट काण्डका दोषी राजकुमार तामाङ पार्टीबाट निलम्बित

विराटनगर । बबरमहल बम विस्फोट काण्डमा दोषी ठहर भएका श्रम

संसद् विघटनविरुद्ध कांग्रेसको रिटमा सर्वोच्चको कारण देखाऊ आदेश

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध नेपाली कांग्रेसका निवर्तमान प्रमुख सचेतक श्यामकुमार