२०८२, १० भाद्र बुधबार

देउवाविरुद्ध मोर्चाबन्दी, पौडेलसहितका नेता संगठित

देउवाविरुद्ध मोर्चाबन्दी, पौडेलसहितका नेता संगठित


काठमाडौं, असोज १८: सभापति शेरबहादुर देउवाले एकलौटी ढंगले पार्टी सञ्चालन गर्न खोजेको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेलसहितका नेता संगठित हुन थालेका छन् । संस्थापनइतर पक्ष छिन्नभिन्न बन्दा देउवाको कार्यशैली झनै एकलौटी हुने भन्दै पौडेलले मोर्चाबन्दी सुरु गरेका हुन् ।

पौडेलले बालाजुको धौलागिरि सहकारीको कार्यालयमा मंगलबार भेला डाकेका थिए। भेलामा महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, केन्द्रीय सदस्यहरू शेखर कोइराला, रामशरण महत, अर्जुननरसिंह केसी, बलबहादुर केसी, गगन थापा, नवीन्द्रराज जोशी, प्रदीप पौडेलसहितका नेता उपस्थित थिए।पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला भने त्यहाँ गएनन्। पारिवारिक कारणले सिटौला अनुपस्थित भएको नेता अर्जुननरसिंह केसीले बताए।

नेविसंघ अधिवेशन, विधान संशोधन, क्रियाशील सदस्यता वितरणजस्ता मुद्दामा देउवाले एकलौटी गर्न खोजेको पौडेलपक्षको आरोप छ।महाधिवेशन तयारी अघि नबढेसम्म सभापतिको उम्मदेवारी घोषणा नगर्नेमा पौडेलपक्षीय नेता सहमत भएका छन्। यो पक्षबाट सभापति उम्मेदवार बन्न पौडेल आफैं इच्छुक छन्। उनीबाहेक महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्रीद्वय प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला र केन्द्रीय सदस्य शेखर कोइरालाले पनि उम्मेदवारीमा दाबी गर्दै आएका छन्।,यो खबर आजको कान्तिपुरदैनिकमा छ ।

प्रकाशित मिति : २०७५, १८ आश्विन बिहीबार  ६ : ५६ बजे

एमाले केन्द्रीय सदस्य ऐन महर पक्राउ परेर हाजिरी जमानीमा छुटे

काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य ऐन महरलाई सामाजिक सञ्जालबाट

सामाजिक सञ्जाल दर्ताका लागि ७ दिनकाे अन्तिम म्याद

काठमाडौं । सरकारले सामाजिक सञ्जाल दर्ताका लागि ७ दिनको अन्तिम

राज्य व्यवस्था समितिको सभापतिमा ईश्वरी न्यौपाने निर्विरोध

काठमाडौं । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा कांग्रेसकी

ऐन महर साइबर अपराध मुद्दामा प्रहरीमा उपस्थित

काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य ऐन महर साइबर अपराध

मुख्यमन्त्री कार्की र इजरायली राजदूतबीच भेटघाट

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की र नेपालका लागि