२०८२, १० पुस बिहीबार

सिन्धुपाल्चोकमा खादा निषेध गर्ने वडा अध्यक्षको राजीनामा माग

सिन्धुपाल्चोकमा खादा निषेध गर्ने वडा अध्यक्षको राजीनामा माग


काठमाडौं, असोज १७  आदिवासी जनजातिहरुले धार्मिक आस्थाको रुपमा मानिदै आएको खादालाई सार्वजानिक कार्यक्रमहरुमा निषेधको घोषणा गर्ने वडा अध्यक्षको राजीनामा माग गरेका छन् ।

जनजाति लगायत सबै समुदायले पाहुना सात्कारमा प्रयोग गरिदै आएको खादालाई निषेध गर्ने सुनकोशी गाउँपालिका वडा नं.१ का वडा अध्यक्ष नेत्रबहादुर कार्कीको आदिवासी जनजाति संघ संस्थाहरुले विज्ञप्ती मार्फत राजीनामा माग गरेका हुन् ।

नेपालमा क्रियाशिल रहेका १२ वटा जातिय संघ/ संस्थाले संयूक्त प्रेस विज्ञप्ति नै जारी गरी वडा अध्यक्ष कार्कीे जनजातिको विरुद्धमा लागेको आरोप समेत लगाएका छन् ।

विज्ञप्तिमा भनेका छन् ‘आदिवासी जनजातिको संस्कृति माथिको गम्भीर आक्रमण हो भने अर्कोतर्फ काुनूनी रुपमा नेपालको संविधान–२०७२ र मुलुकी संहिता ऐन परिच्छेद–९ धर्म सम्बन्धि कसुरको दफा–१५५ विपरित रहेकाले कानुनी प्रक्रृयामा जनो समेत उल्लेख गरिएको छ ।’

वडा अध्यक्ष कार्कीले २०७५ असोज ९ गते धार्मिक पवित्र वस्तु खादालाई आफ्नो वडा क्षेत्रभित्र २०७५ कातिक १ गतेदेखि लागू हुने गरी कुनैपनि सार्वजनिक कार्यक्रममा प्रयोग नगर्न निषेध जारी गरेको थियो ।

प्रेस विज्ञप्ति नेपाल तामाङ घेदुङ ३ नं. प्रदेश समिति, आदिवासी जनजाति महासंघ, नेपाल तामाङ घेदुङ, नेपाल शेर्पा संघ, जिरेल संघ नेपाल, तमु ह्युल छौंज धिं गुरुङ राष्ट्रिय परिषद्, ह्योल्मो सेवा समाज, नेपाल थामी समाज, नेपाल माझी उत्थान संघ, दनुवार जागरण समिति, नेपाल मगर संघ लगायतका दजनौ संघ संस्था रहेका छन् ।

 प्रेस विज्ञप्ति

प्रकाशित मिति : २०७५, १७ आश्विन बुधबार  ९ : ०८ बजे

सिन्धुलीको कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी

सिन्धुली। जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कमलामाई नगरपालिका क्षेत्रमा अवस्था तनावग्रस्त

विश्वप्रकाश शर्माद्वारा आगामी निर्वाचन नलड्ने घोषणा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी निर्वाचन नलड्ने

कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ।

दलका कार्यालयको क्षति संकलन गर्दै सरकार, कांग्रेसबाट सुरु

काठमाडौं । सरकारद्वारा गठित उच्चस्तरीय राजनीतिक संवाद समितिले जेनजी आन्दोलनका

एमाले पार्टी कार्यालय पुगे सञ्चारमन्त्री जगदीश खरेलसहित सरकारी टोली

काठमाडौं । जेनजी आन्दोलनका क्रममा आगजनी भएको नेकपा एमालेको केन्द्रीय