२०८३, २२ आश्विन शुक्रबार

डोटीमा ७४ वर्षीया वृद्धा पनि बलात्कृत

डोटीमा ७४ वर्षीया वृद्धा पनि बलात्कृत


काठमाडौं, असोज १७ : डोटीमा एक वृद्धा बलात्कृत भएकी छिन् । सोमबार बडीकेदार गाउँपालिका–३ की ७४ वर्षीया वृद्धा बलात्कृत भएकी हुन् ।छिमेकी गाउँ जाने क्रममा जंगलको बीचमा बलात्कार गरिएको पीडितले बताएकी छिन् ।

बाटोमा एक्लै हिँडिरहेका वेला पछाडिबाट आएका बोगटान गाउँपालिका–१ सिमचौर पान्सा घर भएका गणेश भनिने एकेन्द्र धामीले वृद्धालाई बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

पीडित महिला चिच्याएको आवाज सुनेपछि घटनास्थलतर्फ गएका स्थानीयवासीले एकेन्द्रलाई नियन्त्रणमा लिई प्रहरीको जिम्मा लगाएका थिए ।धामी अहिले प्रहरी नियन्त्रणमा छन् । उनीविरुद्ध जबर्जस्तीकरणी मुद्दा चलाइने जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक धु्रव विष्टले जानकारी दिए । श्रीमतीलाई माइती पु-याएर फर्कंदै गरेका धामीले वृद्धालाई बलात्कार गरेका हुन् । ‘त्यो मान्छे पछाडिबाट आउँदै थियो, मेरो घाँटीमा समातेर दिन्छौ भनेर जबर्जस्ती ग-यो,’ वृद्धाले भनिन् ।, यो खबर आजको नयाँ पत्रिकामा छ ।

प्रकाशित मिति : २०७५, १७ आश्विन बुधबार  ८ : १५ बजे

दशैंको टिकट खुल्यो, नयाँ बसपार्कमा रातिदेखि नै यात्रुको भीड

काठमाडौं । दशैं मनाउन घर फर्किने यात्रुको चाप बढ्न थालेसँगै

कांग्रेस महाधिवेशन : आज बिहान ७ बजेदेखि मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् नयाँ नेतृत्व

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

मतदानअघि गगन थापाको अपिल : ‘मेरो नाम जोडेर प्रचार गरिएका सूची आधिकारिक होइनन्’

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा मतदानको समय नजिकिँदै गर्दा

अनधिकृत रूपमा बढी भाडा लिएको पाइए कडा कारबाही गर्छौं : बुद्ध एयर

काठमाडौं । बुद्ध एयरले सामाजिक सञ्जाल तथा केही अनलाइन सञ्चारमाध्यममा

कालिमाटीस्थित साल्ट ट्रेडिङको सुपथ मूल्य पसलमा उपभोक्ताको लाइन (तस्विरहरुसहित)

काठमाडौं । काठमाडौंको कालिमाटीस्थित साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको सुपथ मूल्य