२०८२, १५ माघ बिहीबार

विदेश भ्रमण रफ्तारमा, काम कछुवा गतिमा

विदेश भ्रमण रफ्तारमा, काम कछुवा गतिमा


काठमाडौं, असोज १७ : ललितपुर महानगरपालिका प्रमुख चिरिबाबु महर्जनले आफूले प्रतिबद्धता गरेका विषयमा सिन्को समेत भा“च्न नसकेपनि विदेश भ्रमणलाई भने तीब्रता दिइरहनुभएको छ । २०७४ जेठ ११ गते महानगरपालिकाको प्रमुखको पदभार ग्रहण गर्नुभएका महर्जनले अहिलेसम्म १० औं पटक विदेश भ्रमण गरिसक्नुभएको छ ।

उहा“ देशभरका ७ सय ५३ स्थानीय तहका जनप्रतिनिधिमध्ये सबैभन्दा बढी विदेश घुम्ने प्रमुखमा अग्रस्थानमा रहनु भएको छ । स्थानीय तहमा जनप्रतिनिधि आएको अनुभूत हुने गरी करिब डेढ वर्षको दौरानमा न्यूनतम कार्य नै गर्न नसकेको भन्दै सर्वसाधारण जनता मात्र नभई कर्मचारी, वडा कार्यपालिका सदस्य र वडाअध्यक्ष र सल्लाहकार समेतले असन्तुष्टि जनाउदै आएको बेला प्रमुख महर्जन गत आईतबार मंगोलियामा प्रथान गर्नुभएको हो ।

मंगोलियामा मंगलबार शुरु ११ औं क्षेत्रीय वातावरणीय दीगो यातायात एसिया मञ्चको सम्मेलनमा भाग लिन त्यसतर्फ जानुभएको महानगरपालिकाले जनाएको छ । उहां आउदो आईतबार उहा“ स्वेदश फर्किनुहुने भएको छ ।, यो खबर आजको नेपाल समाचारपत्रमा छ ।

प्रकाशित मिति : २०७५, १७ आश्विन बुधबार  ६ : ४८ बजे

घरदैलोमा एमाले उम्मेदवार मनोजजंग थापा : करकरेका मतदाता उत्साहीत

सिन्धुली: संघीय निर्वाचन नजिकिँदै गर्दा सिन्धुली जिल्ला क्षेत्र नं. २

सुनका लगानीकर्ता छ महिनामै मालामाल

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले हालसम्मकै नयाँ कीर्तिमान कायम

संघर्ष, निष्ठा र नेतृत्वको जनमुखी नेता हुनु चक्रप्रसाद स्नेही

डडेल्धुरा, सुदूरपश्चिम, सुनसान पहाड र नदीले घेरिएको यो ऐतिहासिक जिल्ला

पाँच वाणिज्य बैंकको वित्तीय विवरण सार्वजनिक, दुईको नाफा बढ्दा तीन बैंक दबाबमा

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमास (साउन–पुस)

राष्ट्रिय समृद्धि र भोजपुरको निर्णायक विकासका लागि मेरो उम्मेदवारी : शेरधन राई

भोजपुर । नेकपा एमालेका सचिव तथा भोजपुरका प्रतिनिधिसभा सदस्य उम्मेदवार