२०८३, ७ कार्तिक शनिबार

श्रीमतीको हत्या गर्नेलाई १० वर्ष कैद सजाए

श्रीमतीको हत्या गर्नेलाई १० वर्ष कैद सजाए


भोजपुर, १५ असोज : जिल्ला अदालत भोजपुरले आफ्नै श्रीमतीलाई कुटपिट गरी हत्या गरेको अभियोगमा एक व्यक्तिलाई १० वर्ष कैद सजाएको फैसला गरेको छ । अदालतले भोजपुर साल्पासिलिछो गाउँपालिका–३ चौकीडाँडाका पुष्प भन्ने हर्कबहादुर राईलाई १० वर्ष कैद सजाएको फैसला गरेको हो ।

राईलाई कतव्र्य ज्यान मुद्दामा जिल्ला अदालत भोजपुरका न्यायाधीश हरिश्चन्द्र इङनामको एकल इजालसले मुलुकी ऐन ज्यानसम्बन्धी महलको १४ नं बमोजिम १० वर्ष कैदको फैसला गरेको अदालतका ठिठ्ठा खड्गबहादुर खत्रीले जानकारी दिनुभयो ।

राईले गत जेठ १९ गते राति श्रीमती मेनुका राईको पेटमा लात्ती प्रहार गर्दा गम्भीर घाइते भएका उनको गत जेठ २० गते मृत्यु भएको थियो । हर्कबहादुरलाई प्रहरीले जेठ २० गते नै पक्राउ गरेको थियो ।
-रासस

प्रकाशित मिति : २०७५, १५ आश्विन सोमबार  ८ : ५० बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना