२०८२, १ जेष्ठ बुधबार

काभ्रेका गाउँ गाउँमा सिंहदरवार, गाउँपालिका दूई कर्मचारीको भर

काभ्रेका गाउँ गाउँमा सिंहदरवार, गाउँपालिका दूई कर्मचारीको भर


काभ्रे काभ्रेपलाञ्चोक जिल्लाको विकट डाँडापारिस्थित महाभारत गाउँपालिका दूई जना मात्रै कर्मचारीको भरमा सञ्चालन भईरहेको छ ।

जनतालाई आफ्नै घर आँगनमा सेवा दिने उद्धेश्यले संघीय संरचना अनुसार गठन भएका स्थानीय तहहरुले कर्मचारी अभावका कारण सेवाग्राहीले भने अनुसार सेवा दिन नसकेको हो ।

प्रदेश नं ३ अन्तर्गत काभ्रेपलाञ्चोक जिल्लाको सो गाउँपालिकामा १७ जनाको दरबन्दी रहेकोमा अहिले प्रमुख प्रशासकीय अधिकृत र लेखापाल मात्रै रहेको गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बाले बताउनुभयो ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रेमोण्ड थापा मगरले गाउँपालिकामा दरबन्दी अनुसार कर्मचारी नभएको र हुनु पर्ने वडा सचिवहरु समेत नहुँदा गाउँपालिकाको प्रशासनिक काममा निकै समस्या ब्यहोर्नु परेको उहाँको भनाई छ ।

‘कर्मचारी पर्याप्त नहुँदा प्रभावकारी रुपमा सेवा दिन सकिरहेका छैनौं । ‘जसका कारण सेवाग्राहीको गुनासो धेरै आईरहेको छ ।’
गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बाले दरबन्दी अनुसार कर्मचारी नहुुनु र वडाहरुमा समेत पर्याप्त वडा सचिवहरु नहुँदा निकै समस्या खेपिरहनु परेको बताउनुभयो ।

‘दरबन्दी अनुसार कर्मचारी उपलब्ध गराउन र वडा सचिवहरु पर्याप्त मात्रमा उपलब्ध गराउन भनि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पटक पटक निवेदन पेश गरिरहेका छौं, तर कुनै पनि प्रतिक्रिया समेत पाईरहेको छैन ।’

उहाँका अनुसार गाउँपालिकाको आठ वटा वडाहरुमा अहिले तीन जना मात्रै वडा सचिवले काम गरिरहेका छन् । सचिवहरु पर्याप्त नहुँदा सेवाग्राहीहरुलाई भन्ने वेलामा सेवा दिन नसकेको वडा अध्यक्षहरु बताउँछन् ।

महाभारत गाउापालिका मात्रै होईन, अधिकांश ग्रामीण गेभका गाउँपालिकाहरु कर्मचारी अभावमा दैनिक प्रकासशनिक काम देखि सेवाग्राहीलाई समयमा नै सेवा दिन नसक्ने अवस्थामा रहेका छन् ।  देवराज केसी

प्रकाशित मिति : २०७५, १५ आश्विन सोमबार  ८ : ०० बजे

सुरु भयो उभौली पर्वको रौनक (फोटो फिचर)

काठमाडौं । सोमबार किराँत समुदायले उभौली पर्व धुमधामसँग मनाउँदैछन् ।

बुद्धका शान्ति सन्देशका कारण भारत र पाकिस्तानबीच लडाइँ रोकियो : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी राष्ट्र भारत र

अटो मेकानिक्स ट्रेड यूनियनको अध्यक्षमा मन्सुरी

सिन्धुलीः नेपाल अटोमेकानिक्स ट्रेड यूनियन कमलामाई नगर समिति गठन भएको

नेपालमा रेडक्रस कानुनको अभाव छ, यसमा काम भइरहेको छ

देश संघीयतामा गएपछि विभिन्न चरणहरुमा रेडक्रस सोसाइटीको विधान निर्माणका लागि

लागू औषध सहित दुई युवक पक्राउ

सिरहा । भारतबाट लागुऔषध ओसारपसार गरी ल्याउँदै गरेका दुई युवालाई