२०८३, २० श्रावण बिहीबार

काभ्रेका गाउँ गाउँमा सिंहदरवार, गाउँपालिका दूई कर्मचारीको भर

काभ्रेका गाउँ गाउँमा सिंहदरवार, गाउँपालिका दूई कर्मचारीको भर


काभ्रे काभ्रेपलाञ्चोक जिल्लाको विकट डाँडापारिस्थित महाभारत गाउँपालिका दूई जना मात्रै कर्मचारीको भरमा सञ्चालन भईरहेको छ ।

जनतालाई आफ्नै घर आँगनमा सेवा दिने उद्धेश्यले संघीय संरचना अनुसार गठन भएका स्थानीय तहहरुले कर्मचारी अभावका कारण सेवाग्राहीले भने अनुसार सेवा दिन नसकेको हो ।

प्रदेश नं ३ अन्तर्गत काभ्रेपलाञ्चोक जिल्लाको सो गाउँपालिकामा १७ जनाको दरबन्दी रहेकोमा अहिले प्रमुख प्रशासकीय अधिकृत र लेखापाल मात्रै रहेको गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बाले बताउनुभयो ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रेमोण्ड थापा मगरले गाउँपालिकामा दरबन्दी अनुसार कर्मचारी नभएको र हुनु पर्ने वडा सचिवहरु समेत नहुँदा गाउँपालिकाको प्रशासनिक काममा निकै समस्या ब्यहोर्नु परेको उहाँको भनाई छ ।

‘कर्मचारी पर्याप्त नहुँदा प्रभावकारी रुपमा सेवा दिन सकिरहेका छैनौं । ‘जसका कारण सेवाग्राहीको गुनासो धेरै आईरहेको छ ।’
गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बाले दरबन्दी अनुसार कर्मचारी नहुुनु र वडाहरुमा समेत पर्याप्त वडा सचिवहरु नहुँदा निकै समस्या खेपिरहनु परेको बताउनुभयो ।

‘दरबन्दी अनुसार कर्मचारी उपलब्ध गराउन र वडा सचिवहरु पर्याप्त मात्रमा उपलब्ध गराउन भनि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पटक पटक निवेदन पेश गरिरहेका छौं, तर कुनै पनि प्रतिक्रिया समेत पाईरहेको छैन ।’

उहाँका अनुसार गाउँपालिकाको आठ वटा वडाहरुमा अहिले तीन जना मात्रै वडा सचिवले काम गरिरहेका छन् । सचिवहरु पर्याप्त नहुँदा सेवाग्राहीहरुलाई भन्ने वेलामा सेवा दिन नसकेको वडा अध्यक्षहरु बताउँछन् ।

महाभारत गाउापालिका मात्रै होईन, अधिकांश ग्रामीण गेभका गाउँपालिकाहरु कर्मचारी अभावमा दैनिक प्रकासशनिक काम देखि सेवाग्राहीलाई समयमा नै सेवा दिन नसक्ने अवस्थामा रहेका छन् ।  देवराज केसी

प्रकाशित मिति : २०७५, १५ आश्विन सोमबार  ८ : ०० बजे

आज बस्दै राष्ट्रियसभा बैठक, गृहमन्त्रीको जवाफदेखि सङ्क्रामक पशु रोग नियन्त्रण विधेयक पेस हुने

काठमाडौं। सङ्घीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक आज अपराह्न १:१५ बजे सिंहदरबारस्थित

आज कहाँ–कहाँ पर्छ भारी वर्षा? यी प्रदेशमा उच्च सतर्कता अपनाउन मौसम विभागको आग्रह

काठमाडौं । देशभर मनसुनी वायु सक्रिय रहेसँगै आज पनि विभिन्न

विदेश अध्ययन गर्नेलाई नबिल बैंकको विशेष उपहार, पुतलीसडकमा खुल्यो ‘एजुकेसन हब’

काठमाडौं । नबिल बैंक ले विदेशमा उच्च शिक्षा अध्ययन गर्न

पूर्वप्रधानमन्त्री शेख हसिनाको घोषणा : डिसेम्बरमा बंगलादेश फर्किने

काठमाडौँ । शेख हसिना ले आगामी डिसेम्बरमा बंगलादेश फर्किने घोषणा

बिपी क्यान्सर अस्पतालमा बोनम्यारो प्रत्यारोपण सेवा सञ्चालनको तयारी, चीनको ८४ करोड सहयोग

चितवन । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल मा अत्याधुनिक बोनम्यारो