२०८२, १० भाद्र बुधबार

गरिब पहिचानमा चरम बेथिति : गरिब सूचीमा पूर्वमन्त्रीदेखि उद्योगपतिसम्म

गरिब पहिचानमा चरम बेथिति : गरिब सूचीमा पूर्वमन्त्रीदेखि उद्योगपतिसम्म


बाजुरा, असोज १५:  बाजुराका जनकराज गिरी सुदूरपश्चिम प्रदेशकै चर्चित नाम हो । स्वामीकार्तिक खापर गाउँपालिका–४, वाईगाउँका गिरी राष्ट्रिय व्यक्तित्व हुन् । उनी २०५६ सालको निर्वाचनमा नेपाली कांग्रेसबाट सांसद पदमा निर्वाचित र २०५८ सालमा शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा भूमिसुधार सहायकमन्त्री थिए।

उनको नाम गरिब घरपरिवार सहयोग समन्वय बोर्डको सूचीमा ‘अति गरिब’मा क्रम संख्या २,६६,२४० मा सूचीकृत छ । गिरी राजनीतिमा आउनुअघि स्वामीकार्तिक माविका स्थायी शिक्षक थिए । यसबारे गिरीले आफूूलाई कुनै जानकारी नभएको बताए । उनले भने, ‘आमा मात्रै घरमा भएका बेला नाम संकलन गरिएछ । मलाई केही थाहा छैन ।’

क्रम संख्या २,६९,५५६ मा सूचीकृत अजबहादुर मल्ल तत्कालीन नेकपा एमालेबाट दुईपटक जिल्ला विकास समिति सदस्य भइसकेका व्यक्ति हुन् । उनी गएको स्थानीय तह निर्वाचनमा हिमाली गाउँपालिका अध्यक्षमा उठेर पराजित भएका थिए । मल्लले सदरमुकाम मार्तडीमा दाजुभाइ ग्रिल उद्योग सञ्चालन गरेका छन् । मल्लको स्वामीकार्तिक मानासरोवर यातायात प्रालिमा आबद्धता छ । उनले गरिबको सूचीमा आफ्नो नाम समावेश भएकोबारे गिरीले जस्तै ‘आफूलाई केही जानकारी नभएको’ बताए । यो खबर आजको राजधानी दैनिकमा छापिएको छ ।

प्रकाशित मिति : २०७५, १५ आश्विन सोमबार  ७ : ११ बजे

मुख्यमन्त्री कार्की र इजरायली राजदूतबीच भेटघाट

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की र नेपालका लागि

कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा पानी पर्ने सम्भावना

काठमाडौं । आज कोशी, मधेश, गण्डकी र बागमती प्रदेशलगायत देशको

नेपालले आज बंगलादेशसँग खेल्दै

काठमाडौँ । साफ १७ वर्षमुनिको महिला च्याम्पियनसिपमा नेपालले आफ्नो चौंथो

दुई मोटरसाइकल ठोकिँदा स्ववियु सभापतिसहित दुई युवकको मृत्यु

दोलखा । दोलखाको भीमेश्वरमा गए राति दुई मोटरसाइकल ठोक्किएर भएको दुर्घटनामा

हेलिकप्टरमा तराई–मधेश घुम्दैमा उखु किसानको समस्या समाधान हुँदैन् : यादव

काठमाडौं । उखु किसानलाई सरकारले दिंदै आएको अनुदान बापतको रकममा