२०८२, २७ जेष्ठ मंगलबार

वैकल्पिक पार्टी निर्माणको बलियो आधार : नयाँ शक्ति

वैकल्पिक पार्टी निर्माणको बलियो आधार : नयाँ शक्ति


काठमाडौँ, १४ कात्तिक : नयाँ शक्ति पार्टी नेपालले नेपाली काङ्ग्रेस र नेपाल कम्युनिष्ट पार्टी (नेकपा)लगायत पार्टीबाट जनता निरास बनेको दाबी गर्दै वैकल्पिक राजनीतिको खोजीमा बलियो क्रान्तिकारी–लोकतान्त्रिक पार्टी निर्माणको बलियो आधार बनेको बताएको छ । आजदेखि शुरु भएको सो पार्टीको १५औँ सङ्घीय परिषद्को बैठकमा संयोजक डा बाबुराम भट्टराईले प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदनमा नयाँ शक्तिले समावेशिता, समानुपातिकता र सहभागितामार्फत लोकतन्त्रलाई अझ ठोस, जीवन्त र मूर्तरुपमा विकास गरी आर्थिक क्रान्तिमार्फत नेपालको समृद्धीकरणको युगलाई नेतृत्व गर्ने दाबी गरिएको छ ।

सत्ता राजनीतिको असफलता चौतर्फीरुपमा उजागर हुन थालेको औँल्याउँदै प्रतिवेदनमा नयाँ शक्ति पार्टी नेपालले रोजेको मार्ग ठीक छ भन्ने कुरा दिनप्रतिदिन पुष्टि हुँदै गएको उल्लेख गरिएको छ । प्रतिवेदनमा निर्णायक राजनीतिक शक्ति निर्माण गर्न ढिला हुँदा नेपालको अरु केही दशक समय यसरी नै खेर जाने र अझै नेपाल विश्व समुदायसामु गरीब, कमजोर, भ्रष्ट र कुशासित देशका रुपमा चित्रित भइरहने टिप्पणी गरिएको छ । बिहीबारसम्म चल्ने उक्त बैठकमा संयोजक डा भट्टराईले प्रस्तुत गर्नुभएको प्रतिवेदनमाथि छलफल हुनेछ ।

त्यस्तै वर्तमान राजनीतिक परिस्थितिबारे गहन छलफल, पार्टीको महाधिवेशनका विषयमा तथा पार्टीले लिनुपर्ने रणनीतिबारे ठोस छलफल हुने प्रचार विभाग प्रमुख विश्वदीप पाण्डेले जानकारी दिनुभयो । बैठकमा महाधिवेशन आयोजक समितिका १५० नेता कार्यकर्ताको सहभागी भएका छन् ।
-रासस

प्रकाशित मिति : २०७५, १४ कार्तिक बुधबार  ९ : ५० बजे

प्रधानमन्त्रीसँग संक्रमणकालीन न्यायसम्बन्धी दुई आयोगका पदाधिकारीको छलफल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग सत्य निरुपण तथा मेलमिलाप

आज जातीय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवस

काठमाडौं । आज जातीय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवस

राइड सेयरिङमा बढी भाडा लिए जानकारी दिन नेपाल प्रहरीको अनुरोध

काठमाडौं । यातायात व्यवसायीले यातायात बन्दको घोषणा गरेपछि राइड सेयरिङ

राष्ट्रपति पौडेलद्वारा रातो मच्छिन्द्रनाथको भोटो जात्रा अवलोकन

ललितपुर । राष्ट्रपति रामचन्द्र पौडेलले वर्षा र सहकालका देवता रातो

गणतान्त्रिक शक्तिहरूबीचको सहकार्य मजबुत बनाउनु आजको आवश्यकता :अध्यक्ष प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गणतान्त्रिक