२०८२, ३ माघ शनिबार

पिपिएलमा विराटनगर र चितवनको पहिलो जीत

पिपिएलमा विराटनगर र चितवनको पहिलो जीत


कास्की, १४ कात्तिक : पोखरा प्रिमियर लिग (पिपिएल) क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएका दुई खेलमा विराटनगर टाइटन्स र चितवन राइनोज विजयी हुँदै प्रतियोगितामा पहिलो जीत दर्ता गराएका छन् । कात्तिक ९ गतेदेखि जारी प्रतियोगितामा चार खेल खेलिसकेको विराटनगर शीर्षस्थानको बुटवल ब्लास्टर्सलाई १२ रनले पराजित गर्दै पहिलो जीत दर्ता गराउन सफल भएको छ । यसअघिका दुई खेल गुमाएको चितवन राइनोजले पनि एक्सपर्ट धनगढी ब्लुजलाई १२६ रनको विशाल अन्तरले हराएर अङ्कतालिकामा दुई अङ्क जोड्न सफल भयो ।

टस जितेर पहिले ब्याटिङ रोजेको विराटनगरले २० ओभरमा सात विकेट गुमाउँदै १४० रन बनायो । जीतका लागि १४१ रनको लक्ष्य लिएर मैदानमा उत्रिएको बुटवलले पूरै ओभर खेल्दै १२८ रनमात्र जोड्यो । बुटवललाई लक्ष्य भेट्टाउन अन्तिम ओभरमा १३ रन चाहिएकामा विराटनगरका बलर किशोर महतोले मेडन ओभर बनाउँदै टोलीलाई पहिलो जीत दिलाउन महत्वपूर्ण भूमिका निभाए । उनले दुई विकेट पनि लिएका थिए । विराटनगरका लागि मुहम्मद आलम एक्लैले ७२ रन जोडेका दिए । ४५ बल सामना गरेका आलमले छ चौका र पाँच छक्का प्रहार गरे ।

आजको पहिलो खेलमा चितवन राइनोजले निर्धारित २० ओभरमा पाँच विकेटको गुमाउँदै १९३ रन जोडेको थियो । १९४ रनको विजयी लक्ष्यसहित प्रतिउत्तरमा उत्रिएको धनगढीले १६ ओभरको दोस्रो बलमा अलआउट हुँदै मात्र ६७ रनमा समेटियो । पारस खड्काको कप्तानीमा हरेको चितवनलाई पहिलो जीत दिलाउन हरिशङ्कर साहले सर्वाधिक ५३ रनको अर्धशतकीय योगदान गरे । उनले ३३ बलमा छ चौका र तीन छक्का प्रहार गर्दै टोलीलाई जीत दिलाए ।

प्रकाशित मिति : २०७५, १४ कार्तिक बुधबार  ६ : ३० बजे

एमाले सचिवालय बैठक सुरु, प्रतिनिधिसभा उम्मेदवार टुंग्याउने तयारी

काठमाडौं । नेकपा (एमाले)को केन्द्रीय सचिवालय बैठक सुरु भएको छ।

कांग्रेसमा एकताको दबाबः देउवालाई ‘अभिभावक’ बनाउँदै नेतृत्व सुदृढीकरणको प्रयास

काठमाडौं । नेपाली कांग्रेसमा पार्टी एकता कायम राख्ने दबाब बढ्दै

भक्तपुरमा छोराद्वारा आमाको हत्या, अभियुक्त डिप्रेसनका बिरामी

भक्तपुर । भक्तपुरमा डिप्रेसनका बिरामी छोराले आफ्नै आमाको धारिलो हतियार

घ्याङलेख बैंक डकैतीमा संगठित गिरोह पर्दाफास, ७ पक्राउसहित २ करोड ६६ लाख रुपैयाँ बरामद

सिन्धुली । सिन्धुलीको घ्याङलेख गाउँपालिका-२ हायुटारस्थित नेपाल एसबिआई बैंक शाखामा

प्रतिनिधि सभा निर्वाचनका लागि एमाले उम्मेदवार टुंग्याउन सचिवालय बैठक आज

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका