२०८३, ३० भाद्र बुधबार

रुपन्देही-२ मा विष्णु पौडेलको लहर : जेनजीदेखि जेष्ठसम्मको साथ, घरदैलोमा उत्साह

रुपन्देही-२ मा विष्णु पौडेलको लहर : जेनजीदेखि जेष्ठसम्मको साथ, घरदैलोमा उत्साह


बुटवल । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा रुपन्देही–२ मा चुनावी गतिविधि तीव्र बन्दै गएको छ। नेपाल कम्युनिस्ट पार्टी (एमाले) का उपाध्यक्ष तथा उम्मेदवार विष्णुप्रसाद पौडेल ले घरदैलो तथा भेटघाट कार्यक्रमलाई व्यापक बनाउँदै मतदातासँग प्रत्यक्ष संवाद गरिरहेका छन्।

विशेषगरी बुटवल उपमहानगरपालिका का विभिन्न वडामा सञ्चालन गरिएको घरदैलो कार्यक्रममा जेनजी उमेर समूहका युवादेखि जेष्ठ नागरिकसम्मको उल्लेख्य सहभागिता देखिएको छ। स्थानीय युवाहरूले फूलमालाले स्वागत गरेका छन् भने जेष्ठ नागरिकहरूले आशीर्वाद दिँदै उम्मेदवारप्रति समर्थन जनाएका छन्।

बुटवल–९ को कालिकापथ क्षेत्रमा आयोजित भेटघाटमा टोल–टोलबाट स्थानीय बासिन्दा उपस्थित भएका थिए। टीका, माला र खादा सहित स्वागत गरिएका पौडेलले छोटो कोणसभामा सम्बोधन गर्दै कालिकापथलाई व्यवस्थित पूर्वाधारसहित रात्रीकालीन बजारका रूपमा विकास गर्ने योजना अघि सार्नुभयो।

उहाँले बुटवललाई उज्यालो र व्यवस्थित सहरका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गर्दै सडक बत्ती, सुरक्षा व्यवस्था र आवश्यक पूर्वाधार विस्तारमा जोड दिनुभयो। साथै तिनाउ नदी व्यवस्थापनमार्फत पर्यटन प्रवर्द्धन गर्ने योजना रहेको पनि बताउनुभयो।

निर्वाचन मिति नजिकिँदै जाँदा मतदाताको सहभागिता र उत्साह बढ्दै गएको एमाले नेताहरूको दाबी छ। घरदैलो कार्यक्रममार्फत मतदातासँग सुझाव लिँदै विकासका योजनालाई थप परिष्कृत गरिने उम्मेदवार पौडेलको भनाइ छ।

प्रकाशित मिति : २०८२, १३ फाल्गुन बिहीबार  ५ : १७ बजे

सांसद बोलिरहेकै बेला गृहमन्त्री हिँडेपछि सदनमा बबाल, ऐन महरले सोधे-‘मर्यादा प्रतिपक्षले मात्रै राख्ने हो ?’

काठमाडौं । प्रतिनिधिसभामा सांसद बोलिरहेका बेला गृहमन्त्री अगाडिबाट हिँडेपछि नेकपा एमालेका

एमालेको प्रधानमन्त्रीलाई चेतावनी : ‘एक्लै काफी छु’ भन्ने अहंकार नदेखाउनू

काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री बालेन शाहलाई विपद्को समयमा ‘एक्लै काफी

चीनको बढ्दो प्रभावले बदलिँदै विश्व व्यवस्था, अमेरिका–चीन द्वन्द्वको जोखिम उच्च

काठमाडौं । चीनले राष्ट्रपति सी चिनफिङको नेतृत्वमा विश्व व्यवस्थामा आफ्नो

अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने

काठमाडौं । नेपाल राष्ट्र बैंकले दशैँ तिहारलाई लक्षित गर्दै बैंक

सूर्यविनायक गणेश रथारोहण एवं रथ जात्राको तयारी पुरा

भक्तपुर, २९ भदौ : गणेश जन्मोत्सवको अवसरमा उपत्यकाका चार विनायक