२०८३, २९ भाद्र मंगलबार

शंकर पोखरेल को संकल्प पत्र सार्वजनिक : ‘पाँच वर्ष-पाँच क्रान्ति’

शंकर पोखरेल को संकल्प पत्र सार्वजनिक : ‘पाँच वर्ष-पाँच क्रान्ति’


दाङ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव तथा दाङ निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार शंकर पोखरेलले “दाङको विकास, दाङबासीको सम्मान – सबल दाङ, समृद्ध नेपाल” मूल नारासहित विस्तृत संकल्प पत्र सार्वजनिक गरेका छन्।

संकल्प पत्र सार्वजनिक गर्दै उनले दाङ अहिले विकासको “टर्निङ पोइन्ट” मा उभिएको उल्लेख गर्दै आगामी निर्वाचन विकास र समृद्धिको स्पष्ट दिशातर्फ अघि बढ्ने वा पछाडि फर्कनेबीचको निर्णायक अवसर भएको बताए।

पोखरेलले आफूले अघिल्ला प्रतिबद्धतामध्ये अधिकांश पूरा गरेको दाबी गर्दै अधुरा योजना सम्पन्न गर्न पुनः अवसर दिन मतदातासमक्ष आग्रह गरे। उनले दाङलाई लुम्बिनी प्रदेश को राजधानी बनाउने ऐतिहासिक संकल्प सफलतापूर्वक कार्यान्वयन गरिएको उल्लेख गरे।

संस्थापक मुख्यमन्त्रीका रूपमा संघीयता कार्यान्वयनको नेतृत्व गरेको, राजधानीको गुरुयोजना निर्माण गरी प्रदेशसभा भवन तथा स्थायी संरचना निर्माण प्रक्रिया अघि बढाइएको उनको भनाइ छ। दाङको दीर्घकालीन पूर्वाधार विकासको आधार तयार भइसकेको उल्लेख गर्दै उनले घोराही–तुलसीपुर चारलेन सडक समयमै सम्पन्न गर्ने प्रतिबद्धता जनाए। साथै, घोराही–लमही सडकखण्डअन्तर्गत अर्जुनखोला–मसौट तथा चौपट्टा खण्डको डीपीआर तयारी र वातावरणीय प्रभाव मूल्याङ्कन प्रक्रिया अघि बढाइएको जानकारी दिए।

३५० बिगाहा क्षेत्रफलमा घोराही औद्योगिक क्षेत्र स्थापना प्रक्रिया अघि बढेको र डीपीआर तयारी तीव्र रूपमा भइरहेको उनले बताए। ग्वार खोला हाईड्याम र माडी डाइभर्सन आयोजनाका लागि बजेट विनियोजन र प्रारम्भिक अध्ययन कार्य अघि बढाइएको पनि उनको भनाइ छ।

स्वास्थ्य क्षेत्रतर्फ राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान मा एमबीबीएस र एमडी अध्ययन सुरु हुनु ऐतिहासिक उपलब्धि भएको उनले उल्लेख गरे। लमहीमा ट्रमा सेन्टर स्थापना प्रक्रिया अन्तिम चरणमा रहेको र चालु आर्थिक वर्षभित्र सेवा सञ्चालनमा ल्याउने लक्ष्य रहेको बताए।

त्यस्तै, त्रिभुवन विश्वविद्यालय अन्तर्गत इञ्जिनियरिङ अध्ययन संस्थान घोराही क्याम्पस निर्माण प्रक्रिया औपचारिक रूपमा अघि बढिसकेको र उच्च प्राविधिक शिक्षाको आधार तयार गरिएको दाबी गरे। कृषि, खानेपानी तथा सामाजिक पूर्वाधार क्षेत्रमा स्मार्ट कृषि गाउँ कार्यक्रममार्फत उत्पादन वृद्धि र किसान आयवृद्धिमा प्रगति हासिल भएको उल्लेख गरे।

दाङमा खानेपानी तथा सरसफाइ क्षेत्रमा करिब दुई अर्ब रुपैयाँ लगानी भएको र जिल्ला अस्पतालहरूलाई ५० शैयासम्म स्तरोन्नति गरिएको उनले बताए। अम्बिकेश्वरी मन्दिर, छिल्लिकोट र धारपानीलगायत धार्मिक तथा पर्यटकीय क्षेत्रको पूर्वाधार विकासमा महत्वपूर्ण काम भएको दाबी गरे। भुमिहीनलाई लालपुर्जा वितरणका लागि आयोग गठन गरी काम अघि बढाइएको जानकारी पनि उनले दिए।

हाल लमही–घोराही–तुलसीपुर फोरलेन सडक पुनः सुरु भई तीव्र गतिमा अघि बढिरहेको, घोराही–५ धर्नास्थित नेत्रलाल पार्क निर्माणाधीन रहेको तथा वडा नं. १६ मा नेत्रलाल बहुउद्देश्यीय रंगशाला निर्माण सुरु भएको उनले बताए। सेवार, हापुर र कालाखोलामा चारलेन पुल निर्माण भइरहेको उल्लेख गर्दै मध्य दाङको सडक सञ्जाल सुदृढीकरण अपरिहार्य रहेको धारणा राखे।

राजनीतिक रूपमा आफू स्थापित भइसकेको अवस्थामा अब विकासका लागि साझा जनप्रतिनिधि बन्नुपर्ने आवश्यकता औंल्याउँदै पोखरेलले केन्द्रमा सशक्त उपस्थिति बिना दाङले अपेक्षित बजेट र प्राथमिकता पाउन नसक्ने बताए। कोइलाबास नाका सञ्चालन, औद्योगिक क्षेत्र विस्तार र पर्यटन प्रवर्द्धनलाई प्राथमिकतामा राख्दै उनले आफूलाई विजयी बनाउन मतदातासँग आग्रह गरे।

प्रकाशित मिति : २०८२, १३ फाल्गुन बिहीबार  ४ : ५६ बजे

सांसद बोलिरहेकै बेला गृहमन्त्री हिँडेपछि सदनमा बबाल, ऐन महरले सोधे-‘मर्यादा प्रतिपक्षले मात्रै राख्ने हो ?’

काठमाडौं । प्रतिनिधिसभामा सांसद बोलिरहेका बेला गृहमन्त्री अगाडिबाट हिँडेपछि नेकपा एमालेका

एमालेको प्रधानमन्त्रीलाई चेतावनी : ‘एक्लै काफी छु’ भन्ने अहंकार नदेखाउनू

काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री बालेन शाहलाई विपद्को समयमा ‘एक्लै काफी

चीनको बढ्दो प्रभावले बदलिँदै विश्व व्यवस्था, अमेरिका–चीन द्वन्द्वको जोखिम उच्च

काठमाडौं । चीनले राष्ट्रपति सी चिनफिङको नेतृत्वमा विश्व व्यवस्थामा आफ्नो

अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने

काठमाडौं । नेपाल राष्ट्र बैंकले दशैँ तिहारलाई लक्षित गर्दै बैंक

सूर्यविनायक गणेश रथारोहण एवं रथ जात्राको तयारी पुरा

भक्तपुर, २९ भदौ : गणेश जन्मोत्सवको अवसरमा उपत्यकाका चार विनायक