२०८३, ७ कार्तिक शनिबार

पिपिएलमा विराटनगर र चितवनको पहिलो जीत

पिपिएलमा विराटनगर र चितवनको पहिलो जीत


कास्की, १४ कात्तिक : पोखरा प्रिमियर लिग (पिपिएल) क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएका दुई खेलमा विराटनगर टाइटन्स र चितवन राइनोज विजयी हुँदै प्रतियोगितामा पहिलो जीत दर्ता गराएका छन् । कात्तिक ९ गतेदेखि जारी प्रतियोगितामा चार खेल खेलिसकेको विराटनगर शीर्षस्थानको बुटवल ब्लास्टर्सलाई १२ रनले पराजित गर्दै पहिलो जीत दर्ता गराउन सफल भएको छ । यसअघिका दुई खेल गुमाएको चितवन राइनोजले पनि एक्सपर्ट धनगढी ब्लुजलाई १२६ रनको विशाल अन्तरले हराएर अङ्कतालिकामा दुई अङ्क जोड्न सफल भयो ।

टस जितेर पहिले ब्याटिङ रोजेको विराटनगरले २० ओभरमा सात विकेट गुमाउँदै १४० रन बनायो । जीतका लागि १४१ रनको लक्ष्य लिएर मैदानमा उत्रिएको बुटवलले पूरै ओभर खेल्दै १२८ रनमात्र जोड्यो । बुटवललाई लक्ष्य भेट्टाउन अन्तिम ओभरमा १३ रन चाहिएकामा विराटनगरका बलर किशोर महतोले मेडन ओभर बनाउँदै टोलीलाई पहिलो जीत दिलाउन महत्वपूर्ण भूमिका निभाए । उनले दुई विकेट पनि लिएका थिए । विराटनगरका लागि मुहम्मद आलम एक्लैले ७२ रन जोडेका दिए । ४५ बल सामना गरेका आलमले छ चौका र पाँच छक्का प्रहार गरे ।

आजको पहिलो खेलमा चितवन राइनोजले निर्धारित २० ओभरमा पाँच विकेटको गुमाउँदै १९३ रन जोडेको थियो । १९४ रनको विजयी लक्ष्यसहित प्रतिउत्तरमा उत्रिएको धनगढीले १६ ओभरको दोस्रो बलमा अलआउट हुँदै मात्र ६७ रनमा समेटियो । पारस खड्काको कप्तानीमा हरेको चितवनलाई पहिलो जीत दिलाउन हरिशङ्कर साहले सर्वाधिक ५३ रनको अर्धशतकीय योगदान गरे । उनले ३३ बलमा छ चौका र तीन छक्का प्रहार गर्दै टोलीलाई जीत दिलाए ।

प्रकाशित मिति : २०७५, १४ कार्तिक बुधबार  ६ : ३० बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना