२०८२, २६ असार बिहीबार

कर्णाली प्रदेशसभामा विधेयक प्रस्तुत

कर्णाली प्रदेशसभामा विधेयक प्रस्तुत


सुर्खेत, १३ कात्तिक : कर्णाली प्रदेशसभाको ३९औँै बैठकमा दुई विधेयक प्रस्तुत गरिएको छ । कर्णाली प्रदेशका मुख्यमन्त्री, मन्त्रीको पारिश्रमिक तथा सुविधा, कर्णाली प्रदेशसभाका पदाधिकारी र सदस्यको पारिश्रमिक तथा सुविधासम्बन्धी विधेयक आज प्रदेशसभामा प्रस्तुत गरिएको हो ।

कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले प्रदेशसभामा विधेयक प्रस्तुत गर्नुभएको हो । कर्णाली प्रदेशका मुख्यमन्त्री तथा मन्त्रीको पारिश्रमिक तथा सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५ र कर्णाली प्रदेशसभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५ प्रदेशसभामा प्रस्तुत गरिएको छ ।

विधेयक पारित
कर्णाली प्रदेशसभामा गाँउसभा तथा नगरसभा सञ्चालनसम्बन्धी विधेयक पारित भएको छ । कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री भण्डारीले प्रदेशसभामा गाँउसभा तथा नगरसभा सञ्चालनका लागि बनेको विधेयक पारित गरियोस भनि प्रस्तुत गर्नुभएको प्रस्ताव सर्वसम्मत पारित भएको हो । कर्णाली प्रदेशका गाँउसभा तथा नगरसभा सञ्चालनका लागि व्यवस्था गर्न बनेको विधेयक २०७५ पारित भएको कर्णाली प्रदेशसभाका सभामुख राजबहादुर शाहीले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०७५, १३ कार्तिक मंगलबार  ९ : १३ बजे

धोबिघाट, सानेपा, नख्खुको आठ लेन बाटोमा बढ्दै हरियाली (तस्बिरहरु)

काठमाडौं । धोबिघाट, सानेपा, नख्खुको आठ लेन बाटोमा पछिल्लो समय

पूर्वपश्चिम राजमार्ग दाउन्नेमा अवरुद्ध सडक खुल्यो

बुटवल । अविरल वर्षका कारण सडक भासेपछि पूर्वपश्चिम राजमार्ग अन्तर्गत

विपद्को घडिमा सबैको सहकार्यबाट खानेपानीको सङकट पार गर्न सकिनेछ : मन्त्री यादव

काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले विगत केही दिन यतादेखि पर्सा,

आठ जटिल रोगका बिरामीलाई सरकारले २ लाखसम्मको उपचार सुविधा दिने

काठमाडौं । सरकारले क्यान्सर, मुटु, मिर्गौला, हेड इन्जुरी, स्पाइनल इन्जुरी,

रसुवागढी बाढीमा बेपत्ताहरुको खोज, उद्धारलाई प्रभावकारी बनाउन निर्देशन

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद्को मंगलबार