२०८३, २९ आश्विन शुक्रबार

कर्णाली प्रदेशसभामा विधेयक प्रस्तुत

कर्णाली प्रदेशसभामा विधेयक प्रस्तुत


सुर्खेत, १३ कात्तिक : कर्णाली प्रदेशसभाको ३९औँै बैठकमा दुई विधेयक प्रस्तुत गरिएको छ । कर्णाली प्रदेशका मुख्यमन्त्री, मन्त्रीको पारिश्रमिक तथा सुविधा, कर्णाली प्रदेशसभाका पदाधिकारी र सदस्यको पारिश्रमिक तथा सुविधासम्बन्धी विधेयक आज प्रदेशसभामा प्रस्तुत गरिएको हो ।

कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले प्रदेशसभामा विधेयक प्रस्तुत गर्नुभएको हो । कर्णाली प्रदेशका मुख्यमन्त्री तथा मन्त्रीको पारिश्रमिक तथा सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५ र कर्णाली प्रदेशसभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५ प्रदेशसभामा प्रस्तुत गरिएको छ ।

विधेयक पारित
कर्णाली प्रदेशसभामा गाँउसभा तथा नगरसभा सञ्चालनसम्बन्धी विधेयक पारित भएको छ । कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री भण्डारीले प्रदेशसभामा गाँउसभा तथा नगरसभा सञ्चालनका लागि बनेको विधेयक पारित गरियोस भनि प्रस्तुत गर्नुभएको प्रस्ताव सर्वसम्मत पारित भएको हो । कर्णाली प्रदेशका गाँउसभा तथा नगरसभा सञ्चालनका लागि व्यवस्था गर्न बनेको विधेयक २०७५ पारित भएको कर्णाली प्रदेशसभाका सभामुख राजबहादुर शाहीले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०७५, १३ कार्तिक मंगलबार  ९ : १३ बजे

चुनावमा श्रमिकको जयजयकार, सत्तामा पुगेपछि तिरस्कार

चुनावमा श्रमिकका अधिकारको नारा, सत्तामा पुगेपछि बेवास्ता; विदेशमा असुरक्षा, स्वदेशमा

मन्त्रिपरिषद्का १३ निर्णय सार्वजनिक, बाढीपहिरो प्रभावित परिवारलाई मासिक १५ हजारसम्म राहत

काठमाडौं । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक गरिएको छ

प्रहरी अस्पताललाई मेडिकल कलेज बनाउने शाहको घोषणा

साइबर अपराध नियन्त्रणमा एआई प्रयोग गर्ने योजना काठमाडौं । प्रधानमन्त्री

काभ्रेली युवाको उत्साह र मनोरञ्जन बोकेर आयो ‘काभ्रेली दादा’

काठमाडौं । काभ्रेली युवा र जिल्लाको पहिचानलाई नयाँ ढंगले प्रस्तुत

तराई–मधेशमा दशैँको कुस्ती परम्परा हराउँदै

काठमाडौं । तराई–मधेशमा दशैँका बेला आयोजना हुने कुस्ती प्रतियोगिताको परम्परा