२०८२, १ जेष्ठ बुधबार

लोकवार्ता परिषद्को राष्ट्रिय सम्मेलन शुरु

लोकवार्ता परिषद्को राष्ट्रिय सम्मेलन शुरु


भोजपुर, १३ कात्तिक : लोकवार्ता परिषद् नेपालको आठौँ राष्ट्रिय सम्मेलन आजदेखि शुरु भएको छ । तीन दिनसम्म चल्ने उक्त सम्मेलनमा देशभरका करीब ५० प्रतिनिधिको उपस्थिति रहेको छ ।

सम्मेलनमा लोक संस्कृति, संस्कार, ज्ञान र सीपको संरक्षण गर्नका लागि विभिन्न कार्यक्रम तय गर्दै कार्यपत्र प्रस्तुत गरिने आयोजक संस्थाले जनाएको छ । सम्मेलनमा लोक संस्कृति, विभिन्न बाजाको ज्ञान र सिपको संरक्षण, परम्परागत खानपान, भेषभूषा, धर्मकर्म लगायतका विषयमा प्राज्ञिक कार्यपत्र प्रस्तुत गरिनेछ । सम्मेलनमा जिल्लाका विभिन्न जातजातिका संस्कार संस्कृति, भोजपुर टक्सारको ऐतिहासिक महत्व, बालाषडानन्द तथा योगमायाको विषयमा ६० प्राज्ञिक कार्यपत्र प्रस्तुत गरिने आयोजकले जनाएको छ ।

परिषद्ले नेपालका विभिन्न ठाउँमा बसोबास गर्ने जातजाति तथा भाषाभाषी र समुदायको पहिचान एवं तिनको मौलिकता तथा यस प्रकारका सम्पदाको सङ्कलन, संरक्षण, संवद्र्धन, अध्ययन, विश्लेषण, प्रचारप्रसार र प्रकाशन गर्ने जनाएको छ । सम्मेलनमा ‘योगमाया’ उपन्यासका लेखिका मदन पुरस्कार विजेता निलम कार्की ‘निहारीका’लाई भोजपुर नगरपालिकाकाले सम्मान गरेको छ ।
-रासस

प्रकाशित मिति : २०७५, १३ कार्तिक मंगलबार  ८ : ५७ बजे

सुरु भयो उभौली पर्वको रौनक (फोटो फिचर)

काठमाडौं । सोमबार किराँत समुदायले उभौली पर्व धुमधामसँग मनाउँदैछन् ।

बुद्धका शान्ति सन्देशका कारण भारत र पाकिस्तानबीच लडाइँ रोकियो : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी राष्ट्र भारत र

अटो मेकानिक्स ट्रेड यूनियनको अध्यक्षमा मन्सुरी

सिन्धुलीः नेपाल अटोमेकानिक्स ट्रेड यूनियन कमलामाई नगर समिति गठन भएको

नेपालमा रेडक्रस कानुनको अभाव छ, यसमा काम भइरहेको छ

देश संघीयतामा गएपछि विभिन्न चरणहरुमा रेडक्रस सोसाइटीको विधान निर्माणका लागि

लागू औषध सहित दुई युवक पक्राउ

सिरहा । भारतबाट लागुऔषध ओसारपसार गरी ल्याउँदै गरेका दुई युवालाई