२०८२, २५ मंसिर बिहीबार

अस्पतालबाट प्रधानमन्त्री ओलीले पठाए यस्तो सन्देश

अस्पतालबाट प्रधानमन्त्री ओलीले पठाए यस्तो सन्देश


काठमाडौँ, १३ कात्तिक: प्रधानमन्त्री केपी शर्मा ओलीले धर्म, संस्कृति वा दलीय बहसका नाममा आपसी सद्भाव खलबल्याउने प्रकृतिका कुनै पनि कार्य मान्य हुन नसक्ने बताउनुभएको छ । महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय, चिकित्साशास्त्र अध्ययन संस्थान, ‘मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर’ मा उपचारत प्रधानमन्त्री ओलीले आज सन्देश दिँदै मुलुकका केही भागमा हालै भएका घटनाप्रति आफू जानकार र संवेदनशील रहेको उल्लेख गर्नुभएको छ ।

उहाँले दङ्गा, हुलहुज्जत र हिंसाबाट सामाजिक सद्भाव बिथोल्ने कार्यले सुशासनलाई बिथोल्ने जनाउँदै शान्ति सुव्यवस्था भङ्ग गर्ने आपराधिक कार्यबाट समृद्धिको महाअभियान बिथोलिने र विकासको मार्ग भत्किनेतर्फ सबैलाई सचेत गराउनुभएको छ । चिकित्सकले दिएको जानकारीका आधारमा आफू अस्पतालबाट चाँडै फर्कने र समृद्ध नेपालको सपना साकार पार्न सक्रिय रहने उल्लेख गर्दै उहाँले विगतमा झैँ समग्र देशवासीबाट सहयोग र सद्भाव निरन्तर पाउने अपेक्षा गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीले केही सामाजिक सञ्जाल र डिजिटल सञ्चारमाध्यमबाट आफ्नो स्वास्थ्यका बारेमा गरिएको प्रचारबाजीबाट प्रभावित नहुन सबैलाई आग्रह गर्नुभएको छ । प्रधानमन्त्री ओलीले सन्देशमा भन्नुभएको छ, “सामाजिक सञ्जाल तथा केही कुत्सित मनशाय भएका डिजिटल मिडियाबाट मेरो स्वास्थ्य अवस्थाका बारेमा गरिएको आधारहीन प्रचार तथा विषयलाई अनावश्यक रुपमा सनसनीपूर्ण बनाएर गरिएको प्रचारबाजीको मलाई जानकारी छ । यस प्रकारका भ्रामक प्रचारबाट प्रभावित नहुन सबैलाई हार्दिक अनुरोध गर्दछु ।”

प्रधानमन्त्री ओलीले सन्देशमा मौसमी रुखाखोकी र त्यसबाट हुन सक्ने सङ्क्रमणको रोकथामका लागि आफू उपचार गराइरहेको उल्लेख गर्नुभएको छ । उहाँले आफ्नो स्वास्थ्यका बारेमा चासो र चिन्ता गर्ने राष्ट्रपति, उपराष्ट्रपति, विभिन्न दलका नेता, संवैधानिक अङ्ग, विदेशी कूटनीतिक नियोग, कर्मचारीलगायत स्वदेश तथा विदेशबाट आफ्नो स्वास्थ्यलाभको कामना गर्ने सबैलाई धन्वयाद ज्ञापन गर्नुभएको छ ।

स्वास्थ्यस्थिति सुधारोन्मुख
प्रधानमन्त्री ओलीको पछिल्लो स्वास्थ्यस्थिति सुधारोन्मुख रहेको सो अस्पतालले जनाएको छ । अस्पतालले प्रधानमन्त्रीको सङ्क्रमण नियन्त्रण गरी उहाँको स्वास्थ्यलाभ गराउनु पहिलो प्राथमिकता भएकाले उहाँलाई भेटघाट गर्न प्रतिबन्ध लगाइएको जनाएको छ । प्रधानमन्त्रीको स्वास्थ्यलाभको कामना गर्ने महानुभावको आकाङ्क्षालाई आत्मसात् गरिए तापनि भेटघाट गराउन नसकिने अस्पतालको विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति : २०७५, १३ कार्तिक मंगलबार  ६ : २९ बजे

ईश्वर पोखरेल सुशीलासँग मिलेर मेरो विरुद्ध लागे : केपी शर्मा ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र वरिष्ठ

टपक्क टाँसिदिएको, फेद-टुप्पो नभएको सरकार : ओलीको आरोप

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारलाई

लुम्बिनीले विराटनगरलाई १३५ रनको लक्ष्य दियो

काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो

प्रधानमन्त्री कार्की शीतलनिवासमा, राष्ट्रपति पौडेलसँग आकस्मिक भेट

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न शीतलनिवास

एमालेको नेतृत्व निर्माण बन्द सत्रबाट हुनेछ : सचिव पद्मा अर्याल

काठमाडौं । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशन नजिकिँदै गर्दा