२०८३, २२ भाद्र मंगलबार

जोखिममा लागूऔषध प्रयोगकर्ता

जोखिममा लागूऔषध प्रयोगकर्ता


काठमाडौँ, १३ कात्तिक : पारिवारिक समस्यालगायत विभिन्न कारणले बालबालिका सडकमा पुग्छन् । शुरुमै उनीहरूको उद्धार हुनसके पुरानै अवस्थामा फर्काउन सकिन्छ । जब पूर्ण कुलतमा फसिसकेका हुन्छन्, त्यसबेला पुनःस्थापन गर्न कठिन हुन्छ, उनीहरूलाई उद्धार गरेर पुनःस्थापनगृहमा लगे पनि भागेर पुरानै अवस्थामा पुग्नु विडम्बना हो । लामो समय सडकमा बसेर कुलतमा लागेका र पटक÷पटक पुनःस्थापनगृहमा लगेर पुनः सडकमै पुग्नेलाई कडा खालका लागूऔषध प्रयोगकर्ता (हार्ड युजर) भनिन्छ । यस्ता बालबालिका र युवा अत्यन्त जोखिममा छन् ।

केन्द्रीय बालकल्याण समिति, सडक बालबालिकासम्बन्धी परियोजनाका कार्यक्रम संयोजक चित्र पौडेलले उनीहरू सिरिञ्ज प्रयोग गर्ने भइसकेपछि धैर्यताको विकास गर्ने बानीमा सुधार गर्न नसकिने बताउनुभयो । तीन वर्षदेखि गरिएको अध्ययनमा यस्ता बालबालिका अहिले युवा अवस्थामा पुगेका छन । तर पुरानै कुलत छाडेका छैनन् । ग्लू सुँघ्नेदेखि सिरिञ्जको प्रयोग हुँदै विभिन्न आपराधिक क्रियाकलापमा समेत उनीहरू संलग्न हुने गरेका कतिपयको स्वास्थ्यसमेत जोखिममा छ । असुरक्षित यौनसम्पर्क र लापरवाहीपूर्ण व्यवहारका कारण उनीहरुमध्ये केहिको हेपाटाइटिस तथा एचआइभी सङ्क्रमण भएका समेत पाइएका छन् ।

केही दिनअघि मात्रै बालबालिका खोजतलास तथा समन्वय केन्द्र काठमाडौँ र केन्द्रीय बालकल्याण समितिले काठमाडाँैको ज्याठा, ठमेल, बालाजुलगायत क्षेत्रमा रातभर लगाएर सडक बालबालिकाको खोजी ग¥यो । अभियानमा बालबालिकासहित २४ जनालाई उद्धार गरेको थियो । जसमा पाँचजना किशोरी र बालिका रहेको बालबालिका खोजतलास तथा समन्वय केन्द्र काठमाडौँका प्रहरी नायब उपरीक्षक कृष्णबहादुर राजभण्डारी बताउनुहुन्छ ।

“उद्धार गरिएकामा सात वर्षदेखि २६ वर्ष उमेर समूहका छन् । उनीहरूमध्ये आधा पहिले पनि उद्धार गरी पुनःस्थापना गृहबाट भागेका फेला परे”, उहाँ भन्नुहुन्छ । कडा खालका लागूऔषध प्रयोगकर्ताहरु सडकमा आपराधिक क्रियाकलापमा संलग्न हुने, चोरी र लुटपाटमा संलग्न हुने गरेकाले पुनःस्थापन गृहमा बस्न मान्दैनन् । भागेर फेरि त्यही सडकमा पुग्छन् । पहिलेका सडक बालबालिका अहिले युवा बने । अब उनीहरूको भूमिका फेरिन्छ । नयाँ सडक बालबालिकाको प्रयोग गरेर घटना घटाउन उद्यत गराउँछन् ।

यस्तै गर्दा साना बालबालिका पनि कडा खालका लागूऔषध प्रयोगकर्तामा पुग्छन् र सुधार गर्न गाह्रो हुने गरेको अनुभव केन्द्रीय बालकल्याण समितिका कार्यक्रम संयोजक पौडेलको छ । यसरी उद्धार गरिएकामध्ये ४० प्रतिशत भाग्ने गरेका छन् । उनीहरू पुनः त्यही सडकमा पुग्छन् । केन्द्रीय बालकल्याण समितिका अनुसार २०७३ साल वैशाखदेखि पुनःस्थापन कार्यक्रम सञ्चालनमा रहेको छ । त्यो कार्यक्रमअन्तर्गत अहिलेसम्म ८७३ बालबालिकालाई उद्धार गरिसकिएको जनाइएको छ ।

कतिपय बालबालिका विद्यालय पढ्न जाने, सीप सिकेर काम गर्ने पनि भएका छन् । कतिपय भागेर पुनः सडकमा पुगेका छन् । पछिल्लो तीन महीनामा मात्रै ५० बालबालिकाको उद्धार गरिएको छ । यस क्षेत्रमा सञ्चालित विभिन्न कार्यक्रमका कारण पछिल्लो समय सडक बालबालिकाको सङ्ख्या घटेको समितिको दाबी छ । तर कार्यक्रमले निरन्तरता नपाए यसमा पुनः वृद्धि हुनसक्ने आशङ्का गरिएको छ ।

पुनःस्थापन कार्यक्रम सुस्त
विगतमा सरकारबाट सडक बालबालिका उद्धार र पुनः स्थापनाका लागि रकम विनियोजन हुन्थ्यो । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयबाट उद्धार गरिएका लागुऔषध प्रयोगकर्ता सडक बालबालिकाका लागि मासिक रु आठ हजार र सामान्य अवस्थाका सडक बालबालिकाका लागि मासिक रु पाँच हजार रकम आउँथ्यो । उद्धार गरिएका सडक बालबालिकाका लागि त्यतिबेला वार्षिक रु डेढ करोड बजेट सरकारले विनियोजन गरेको थियो ।

उक्त कार्यक्रमले उनीहरूको पुनःस्थापनका लागि सजिलो हुन्थ्यो र उद्धारको कामसमेत प्रभावकारी थियो । तर सङ्घीय व्यवस्थाअनुसार केन्द्रबाट जिम्मेवारी स्थानीय तहमा पुगेपछि अहिले यस क्षेत्रमा बजेटको अभाव देखिएको छ । बजेट अभावका कारण काम सुस्त भएको बालबालिका खोजतलास तथा समन्वय केन्द्र काठमाडौँका प्रहरी नायब उपरीक्षक कृष्णबहादुर राजभण्डारी बताउनुहुन्छ । उहाँका अनुसार बजेट नभएकाले प्रभावकारी काम गर्न सकिएको छैन । हालसालै मात्र राष्ट्रिय युवा परिषद्ले सहयोगको आश्वासन दिएपछि उक्त कार्यक्रमलाई अगाडि बढाउने योजना बनाइएको राजभण्डारीको भनाइ छ ।

प्रकाशित मिति : २०७५, १३ कार्तिक मंगलबार  ६ : १५ बजे

प्रवासी नेपाली मञ्च युरोपको नेतृत्वमा शालिक थपलिया, यस्तो बन्यो नयाँ टिम

प्रवासी नेपाली मञ्च युरोपको पहिलो अधिवेशन सम्पन्न, उपाध्यक्षमा विनोद न्यौपाने

नबिल बैंकका शेयरधनीलाई १५.८० प्रतिशत लाभांश, बोनसले बढाउँदैछ पुँजी

काठमाडौं । नबिल बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को वितरणयोग्य

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर

भोटेकोशी बाढीका मृतकको सम्मानमा आज राष्ट्रिय शोक, झण्डा आधा झुकाइने

काठमाडौं,। रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएकाहरूको