२०८२, ४ कार्तिक सोमबार

बिहान उठ्ने वित्तिकै बेसार पानी पिउनुहोस्, यस्ता हुन्छन् फाइदा

बिहान उठ्ने वित्तिकै बेसार पानी पिउनुहोस्, यस्ता हुन्छन् फाइदा


प्रायजसो व्यक्तिले बिहान उठ्ने वित्तिकै मन तातो पानी पिउने गर्छन्। कसैले मन तातो पानीमा मह वा कागती मिसाएर पिउने गर्छन् भने कसैले नुन राखेर पिउने गरेका हुन्छन्। तर बिहान उठ्ने वित्तिकै खाली पेटमा मन तातो पिउनु स्वास्थ्यका लागि फाइदा नै हुन्छ। तर कमै मात्र व्यक्तिले मनतातो पानीमा बेसार राखेर पिउने गर्छन्।खासमा बेसारको फाइदाबारे जानकारी नहुँदा बेसार पानी नपिएको हुनसक्छ। बेसार एउटा यस्तो खान्की हो जसले खानालाई स्वादिलो मात्र बनाउँदैन जस्तोसुकै परिकारलाई पनि पहेलो रङमा बदलिदिन्छ।

हामीले परिकारसँग खाएको बेसारले पनि निकै फाइदा पुर्‍याइरहेको हुन्छ।यसमा रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता रहेको हुन्छ।अनुसन्धानका अनुसार नियमित बेसार खाने व्यक्तिलाई सानोतीनो रोगले सताउँदैन। अकस्मात घाँटी दुखेमा वा शरीरमा दुखाइ भएमा बेसार पानी पिउँदा निकै राहत पुग्छ।यस्तो अवस्थामा बेसारले एउटा अौषधिको काम गरेको हुन्छ। यस्तो शक्तिशाली खान्की बेसारले सौन्दर्य प्रसाधनको रुपमा पनि उत्तिकै महत्वपूर्ण भूमिका खेलेको हुन्छ।छालाको समस्याका लागि बेसार अचुक अौषधि नै मानिन्।बेसनको पीठोमा बेसार र अलिकति मह मिसाएर अनुहारमा लगाउँदा अनुहारमा भएको दागधब्बा हटेर जान्छ।बेसारले उमेर नपुग्दै आउने चाउरीपनाबाट समेत बचाउँछ।

बेसारबाट हुने फाइदाहरु
१- बेसारमा करक्युमिन नामक रसाय रहेको हुन्छ। यसले सुन्निएको शरीरमा दुखाई कम गर्ने काम गर्छ।

२- बिहान उठ्ने वित्तिकै मन तातो पानीसँग बेसार मिलाएर खाएमा दिमाग तेज हुन्छ।

३- बेसारले एक शक्तिशाली एन्टीअक्सिडेन्टको रुपमा काम गर्छ।यसले क्यान्सर उत्पादन गर्ने कोशिकाहरुसँग लड्ने काम गर्छ।

४‍- बेसार मिसाएर पकाएको खाना पचाउन सजिलो हुन्छ।

५- नियमित बेसार पानी पिउँदा यसले रगत सफा गर्नुका साथै शरीरमा रगत जम्न दिँदैन।

६- शरीर दुखेको समयमा बेसार खाँदा यसमा रहेको करक्युमिन तत्वले दुखाइ कम गर्न ठूलो भूमिका खेल्छ।

७‍- नियमित बेसार पानी पिउँदा अनुहारमा आउने चाउरीपनाबाट बच्न सकिन्छ। यसले सयम नपुग्दै आउने चाउरीपनालाई रोक्ने काम गर्छ।

८- नियमित बेसार पानी पिउँदा मधुमेहको खतरा कम हुन्छ।

-एजेन्सीको सहयोगबाट

प्रकाशित मिति : २०७५, १३ कार्तिक मंगलबार  ७ : ४२ बजे

तिहार पर्वले विभिन्न जातजाति, भाषाभाषी र संस्कृतिलाई एकताको सुत्रमा बाँध्ने प्रयत्न गरेको छ : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले तिहार पर्वले नेपालीबीच आपसी सद्भाव,

गृहमन्त्रीले अमेरिका भागेका भनेका पूर्वऊर्जामन्त्री खड्का जलेको घरमै सार्वजनिक

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले तत्कालीन ऊर्जामन्त्री दीपक खड्का देशबाट

देशमा समृद्धि, समानता र शान्ति स्थापनाका लागि प्रतिबद्ध छु : अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा

आज लक्ष्मी पूजा : धन धान्यकी देवीको आराधना गर्दै देशभर दीपावली

काठमाडौं । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज देशभर धन,