२०८३, ९ असार बुधबार

तिहार झिलिमिलि पार्न विद्युत प्राधिकरण तयारी अवस्थामा

तिहार झिलिमिलि पार्न विद्युत प्राधिकरण तयारी अवस्थामा


काठमाडौं, कात्तिक १३ : यसपटकको तिहारमा विद्युत उपभोग भरपुर गर्न पाइने भएको छ । नेपाल विद्युत प्राधिकरणले पर्याप्त विद्युत रहेकाले उपयोग बढाउन आग्रह गरेको छ । आजभन्दा तीन वर्षअघिसम्म लोडसेडिङको मार खेप्न बाध्य नेपालीका लागि यसपटक पर्याप्त विद्युत उपयोग गर्न नै आग्रह गरेको छ । प्राधिकरणले १ हजार २ सय ५० मेगावाट विद्युत तयारी अवस्थामा राखेको छ ।

नेपाल विद्युत प्राधिकरणले तिहारका १२ सय मेगावाटसम्म विद्युत उपयोग हुने अनुमान गरेको छ । त्यसका लागि प्राधिकरणसँग १२ सय ५० मेगावाट तयारी अवस्थामा राखेको छ । गतवर्ष मात्र १ हजार १ सय ५० मेगावाट विद्युत खपत भएको थियो । केहीवर्ष अघिसम्म झिलिमिलीको पर्व तिहार अन्धकार जस्तो हुने गर्दथ्यो । वितेको तीनवर्षमा विद्युत आपुर्तिमा धेरै सुधार आएको छ ।

नेपालमा कति छ त विद्युत ?
–नेपाल विद्युत प्राधिकरण : ५ सय ८ मेगावाट
–निजी क्षेत्र : ५ सय १२ मेगावाट
–भारतबाट आयात : ३ सय ५० मेगावाट
विद्युत परिपथमा समस्या आउन नदिन पनि प्राधिकरण तैनाथी अवस्थामा रहेको छ । ट्रान्सफर्मरको मर्मतसंभारदेखि अधिक क्षमता भएको स्थानमा लोड व्यवस्थापनसम्मका काम अघि बढाएको हो ।

यस्तो छ तिहारलाई झिलिमिली बनाउने प्राधिकरणको तयारी
–ओभरलोडेड फिडरलाई सार्ने
–ट्रान्सफर्मरको मर्मत संभार
– बढि लोड भएको भक्तपुर सवस्टेशनमा कप्लर चालु गर्ने
– बुस कटिङ गर्ने
– चपलीदेखि महाराजगञ्जसम्मको ११ केभी अण्डरग्राउण्ड डबल सर्किट विद्युतीय लाइनलाई सञ्चालन गर्ने
–लैनचौर फिडरलाई बालाजु र न्यू चाबेलसँग जोड्ने
–हेटौंडास्थित १४ मेगावाटको डिजेल प्लान्ट र दुहबीको ३९ मेगावाटको मल्टिफ्यूल
प्लान्टलाई तयारी अवस्थामा राख्ने
–आवश्यक परे भारतबाट थप विद्युत ल्याउने तयारीका साथ पूर्वाधार निर्माण

तिहारको समयमा देशभर विद्युत कटौतीको समस्या नआओस् भन्दै प्राधिकरणले देशका सबै नो लाइट केन्द्रलाई तयारी अवस्थामा राखेको छ । अघिल्ला बर्षमा तिहारका बेला उद्योग धन्दामा लोडसेडिङ भए पनि यसपटक भने आवश्यक परेको बेला उद्योग चलाउन सकिने भएको छ ।

प्रकाशित मिति : २०७५, १३ कार्तिक मंगलबार  ७ : ४० बजे

मनसुन कमजोर, तराईमा तातो लहरको जोखिम

काठमाडौं । देशमा मनसुन भित्रिए पनि कमजोर अवस्थामा रहेकाले तत्काल

रास्वपा सभापतिमा रविको उम्मेदवारी, बालेन बने प्रस्तावक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापति पदका लागि

रास्वपा महाधिवेशन अघि बढ्यो : मतदाता नामावली प्रकाशन, सभापतिदेखि सबै पदमा प्रतिस्पर्धा खुला

चितवन । प्रतिनिधि नामावली विवादका कारण सोमबारदेखि रोकिएको राष्ट्रिय स्वतन्त्र

चार वर्षपछि विनोद शाही हत्या प्रकरणमा नयाँ मोड : उच्च अदालतबाट ६ जनालाई जन्मकैद

धनगढी । अछामका किशोर विनोद शाहीको हत्या प्रकरणमा जिल्ला अदालतले

प्रतिनिधि विवादले रास्वपाको बन्द सत्र प्रभावित, महाधिवेशन कार्यतालिका अस्तव्यस्त

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत सोमबार