२०८२, २८ चैत्र आईतबार

प्रजातान्त्रिक समाजवादले मुलुकलाई समृद्धितर्फ लैजाने–डा महत

प्रजातान्त्रिक समाजवादले मुलुकलाई समृद्धितर्फ लैजाने–डा महत


नेपालगञ्ज, १२ कात्तिक: नेपाली काङ्ग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले वर्तमान सरकारले जनअपेक्षाअनुसार काम गर्न नसकेको टिप्पणी गर्नुभएको छ । काङ्ग्रेसको केन्द्रीय आर्थिक नीति मस्यौदा समितिले आज यहाँ आयोजना गरेको आर्थिक नीतिसम्बन्धी प्रस्ताव तयारी कार्यशालामा सहमहामन्त्री डा महतले समृद्ध नेपाल र सुखी नेपालीको नारा अघि सारिए पनि सरकार समृद्धिलाई खुम्च्याउनतिर उद्यत रहेको बताउनुभयो ।

मस्यौदा समितिका संयोजक डा महतले बिपी कोइरालाले प्रतिपादन गरेको प्रजातान्त्रिक समाजवादले नै मुलुकलाई समृद्धितर्फ लैजान सक्ने भएकाले यसको समय सान्दर्भिक व्याख्या र परिमार्जन गर्दै पार्टी अघि बढ्ने विश्वास दिलाउनुभयो ।

त्यस अवसरमा केन्द्रीय सदस्यहरु एनपी साउद, बहादुरसिंह लामा, पार्वती डिसी चौधरी, जीवनबहादुर शाही, राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा गोविन्द पोखरेल, बाँके काङ्ग्रेसकी सभापति किरण कोइरालालगायतले बोल्नुभएको थियो । प्रदेश नं ५ का सबै जिल्लाका पार्टी सभापति, अगुवा नेता, कार्यकर्ताको कार्यशालामा सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २०७५, १२ कार्तिक सोमबार  ९ : ०१ बजे

असफल वार्तापछि अबको बाटो: द्वन्द कि संवाद ?

संयुक्त राज्य अमेरिका र इरान बीच इस्लामावाद मा भएको वार्ता

वार्ता असफलपछि ट्रम्पको प्रतिक्रिया: ‘चिन्तित छैनौँ’

काठमाडौं । डोनाल्ड ट्रम्पले इरानसँगको वार्ता निष्कर्षविहीन भएपछि पनि आफू

अमेरिका-इरान वार्ता निष्कर्षविहीन :अन्तिम प्रस्ताव पनि अस्वीकृत

काठमाडौं । संयुक्त राज्य अमेरिका र इरान बीच इस्लामावाद मा

परराष्ट्रमन्त्री शिशिर खनालले भारत, भूटान र बङ्गलादेशका विदेशमन्त्रीहरूसँग भेटवार्ता

काठमाडौँ । नवौँ हिन्द महासागर सम्मेलनमा सहभागी हुने सिलसिलामा मोरिससको

सरकारको २४ घण्टाभित्र विमानस्थलमा स्तनपानकक्षको व्यवस्था गर्ने निर्देशन

काठमाडौँ । सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित देशभरका सबै विमानस्थलमा २४