२०८२, १ पुस मंगलबार

प्रजातान्त्रिक समाजवादले मुलुकलाई समृद्धितर्फ लैजाने–डा महत

प्रजातान्त्रिक समाजवादले मुलुकलाई समृद्धितर्फ लैजाने–डा महत


नेपालगञ्ज, १२ कात्तिक: नेपाली काङ्ग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले वर्तमान सरकारले जनअपेक्षाअनुसार काम गर्न नसकेको टिप्पणी गर्नुभएको छ । काङ्ग्रेसको केन्द्रीय आर्थिक नीति मस्यौदा समितिले आज यहाँ आयोजना गरेको आर्थिक नीतिसम्बन्धी प्रस्ताव तयारी कार्यशालामा सहमहामन्त्री डा महतले समृद्ध नेपाल र सुखी नेपालीको नारा अघि सारिए पनि सरकार समृद्धिलाई खुम्च्याउनतिर उद्यत रहेको बताउनुभयो ।

मस्यौदा समितिका संयोजक डा महतले बिपी कोइरालाले प्रतिपादन गरेको प्रजातान्त्रिक समाजवादले नै मुलुकलाई समृद्धितर्फ लैजान सक्ने भएकाले यसको समय सान्दर्भिक व्याख्या र परिमार्जन गर्दै पार्टी अघि बढ्ने विश्वास दिलाउनुभयो ।

त्यस अवसरमा केन्द्रीय सदस्यहरु एनपी साउद, बहादुरसिंह लामा, पार्वती डिसी चौधरी, जीवनबहादुर शाही, राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा गोविन्द पोखरेल, बाँके काङ्ग्रेसकी सभापति किरण कोइरालालगायतले बोल्नुभएको थियो । प्रदेश नं ५ का सबै जिल्लाका पार्टी सभापति, अगुवा नेता, कार्यकर्ताको कार्यशालामा सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २०७५, १२ कार्तिक सोमबार  ९ : ०१ बजे

ओली प्यानलमा समेटिए सुहाङ नेम्वाङ र अमित लामा

काठमाडौं । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय सदस्यका आकांक्षीमध्ये

११ केन्द्रीय सदस्यसहित अनुशासन र लेखा आयोगका पदाधिकारी निर्विरोध निर्वाचित

काठमाडौं । नेकपा (एमाले)को ११ औँ महाधिवेशनमा नेतृत्व चयनका लागि

एमाले केन्द्रीय सदस्यमा खुला युवा क्लस्टरबाट नरेश रोकाय र सुशील थापा निर्विरोध

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्य पदमा खुला युवा क्लस्टरबाट

एमालेबाट निर्वाचित चारै महानगरका उपमेयर केन्द्रीय सदस्यका उम्मेदवार

काठमाडौं । स्थानीय तह निर्वाचनमा देशभरका छ महानगरपालिकामध्ये चार वटामा

एमाले अध्यक्षमा ओली-पोखरेलबीच प्रतिस्पर्धा

काठमाडौं । नेकपा एमालेको आगामी महाधिवेशनमा अध्यक्ष पदका लागि दुई