२०८३, २७ आश्विन बुधबार

प्रदेश नं ३ को राजधानी एक महीनाभित्र टुङ्गो लाग्ने

प्रदेश नं ३ को राजधानी एक महीनाभित्र टुङ्गो लाग्ने


चितवन, ११ कात्तिक: प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले एक महीनाभित्र राजधानीको टुङ्गो लाग्ने बताउनुभएको छ । पत्रकारसँग आज उहाँले भन्नुभयो, “तिहारपछि बस्ने संसद्को बैठकले राजधानी टुङ्गो लगाएर मात्रै उठ्छ ।” मुख्यमन्त्री पौडेलले राजधानीको टुङ्गो लगाउने विषयमा गाह्रो नभएको तर हतार नगरेको उल्लेख गर्नुभयो । हालसम्म तीन वटा प्रदेशले मात्रै राजधानीको टुङ्गो लगाएको भन्दै उहाँले ढिलो नभएको दावी गर्नुभयो ।

प्रदेश नामकरणका विषयमा खासै ठूलो विवाद नहुने भन्दै उहाँले भन्नुभयो, “नामका विषयमा केही प्रस्ताव भएको छैन ।” केन्द्र र प्रदेश सरकारका बीचमा कुनै समस्या नरहेको भन्दै उहाँले ऐन कानून बनिनसक्दा केही असहज भए पनि काम गर्न रोकावट नभएको बताउनुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, ११ कार्तिक आईतबार  ८ : ५९ बजे

आज नवरात्रको चौथो दिन, कुष्माण्डा देवीको पूजा गरिँदै

काठमाडौँ । बडादसैँको चौथो दिन आज नवदुर्गामध्येकी चौथो देवी कुष्माण्डाको

यस्तो छ ,आजको लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आज(बुधबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव

बाढीपीडित व्यवसायीलाई राष्ट्र बैंकको राहत, साँवा-ब्याज तिर्ने म्याद पुससम्म

काठमाडौं । बाढीबाट प्रभावित व्यवसायीलाई नेपाल राष्ट्र बैंकले राहत दिएको

कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरिबाबुको छलाङ, निष्कल राई पछिपछि

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत खुला केन्द्रीय सदस्य पदको