२०८२, १९ भाद्र बिहीबार

विकासका लागि शान्ति सुरक्षा : मुख्यमन्त्री शाही

विकासका लागि शान्ति सुरक्षा : मुख्यमन्त्री शाही


सुर्खेत, ११ कार्तिक: कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विकास र समृद्धिको सपना साकार पार्न शान्ति सुरक्षा अपरिहार्य भएको बताउनुभयो । शान्ति सुरक्षालाई अलग राखेर विकास र समृद्धिको अभियान पूरा नहुने बताउँदै मुख्यमन्त्री शाहीले शान्ति सुरक्षालाई विकास अभियानसँग जोड्न जरुरी रहेको बताउनुभयो ।

‘हर प्रहर, गाउँ र नगरी, टोलटोलमा नेपाल प्रहरी’ नारासहित आइतबारदेखि शुरु भएको समुदाय–प्रहरी साझेदारी अभियानको आज सुर्खेतको वीरेन्द्रनगरमा उद्घाटन गर्दै मुख्यमन्त्री शाहीले समुदायको सुरक्षा समुदायकै सरोकार भएकाले शान्ति सुरक्षा कायम गर्न प्रहरीसँग सहकार्य गर्न आवश्यक रहेको बताउनुभयो । सुरक्षाको प्रत्याभूति विना समाजमा कसैले पनि केही काम गर्न नसक्ने भन्दै मुख्यमन्त्री शाहीले नागरिकको मौलिक हकको रुपमा रहेको शान्ति सुरक्षाको प्रत्याभूति दिन प्रहरी थप जिम्मेवार हुनुपर्ने बताउनुभयो ।

मुख्यमन्त्री शाहीले सङ्घीय प्रहरी ऐन निर्माणमा भएको ढिलाइका कारण प्रदेश सरकारले शान्ति सुरक्षाको जिम्मेवारी लिन नसकेको प्रष्ट गर्नुभयो । ‘‘ऐन नबनेका कारण प्रदेश सरकार प्रहरीविहीन छ’’ मुख्यमन्त्री शाहीले भन्नुभयो, “शान्ति सुरक्षाको जिम्मेवारी प्राप्त भएको १५ दिनभित्रै जनताले महशुस गर्ने गरी काम हुन्छ ।” कार्यक्रममा कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले भयरहित र सुरक्षित समाज निर्माणका लागि हरेक नागरिकको दायित्व भएको बताउँदै मन्त्री भण्डारीले समुदाय र प्रहरीको साझेदारीले मात्र सुरक्षित समाज निर्माण हुने बताउनुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, ११ कार्तिक आईतबार  ६ : ०८ बजे

पुतलीसडकमा माइक्रो बसको ठक्करबाट बालिकाको मृत्यु

काठमाडौं । काठमाडौंको पुतलीसडकमा माइक्रो बसको ठक्करबाट ५ वर्षीया बालिका

वरिष्ठ लोकगायिका इन्दिरा गोले गुरुङको निधन

ललितपुर । वरिष्ठ लोकगायिका इन्दिरा गोले गुरुङको निधन भएको छ।

प्रधानमन्त्री ओली आज स्वदेश फिर्ता हुँदै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज चीन भ्रमण सकेर

एमालेको केन्द्रीय सचिवालय बैठक भदौ १९ गते, विधान महाधिवेशनको तयारी तीव्र

काठमाडौं । नेकपा (एमाले)को दोस्रो विधान महाधिवेशनको पूर्वसन्ध्यामा पार्टी केन्द्रीय

बेइजिङमा ऐतिहासिक गठबन्धनको संकेतस् सी,पुटिन र किम जोङ एउटै मञ्चमा

बेइजिङ । दोस्रो विश्वयुद्धको अन्त्यको ८०औं वार्षिकोत्सवको अवसरमा चीनले आयोजना