२०८२, २७ असार शुक्रबार

महिला विश्वकप फुटबलको पुरस्कार एक करोड ५० लाख डलर हुने

महिला विश्वकप फुटबलको पुरस्कार एक करोड ५० लाख डलर हुने


किगाली, ९ कात्तिक विश्व फुटबल महासंघ (फिफा)ले महिला विश्वकप फुटबल प्रतियोगिताको पुरस्कार राशी बृद्धि गर्ने घोषणा गरेको छ ।

महासंघका अध्यक्ष गिन्नी इन्फान्टिनोले आउदो बर्ष फ्रान्समा हुन लागेको विश्वकपको पुरस्कार राशी बढाएर दोब्बर बनाउने शुक्रबार घोषणा गर्नुभएको हो ।

रुवान्डाको राजधानी किगालीमा भएको फिफा परिषद्को बैठकपछि उहाँले यो जानकारी दिनु भएको समाचारमा जनाइएको छ ।

उहाँका अनुसार यसअघि सन् २०१५ मा क्यानडामा भएको महिला विश्वकपको पुरस्कारको राशी त्यतिबेला तीन गुणा भन्दा बढी बृद्धि गरिएको थियो ।

“पुरस्कारको राशी अहिले फेरी ठ्याक्कै शतप्रतिशत बृद्धि गरेर एक करोड ५० लाख डलरबाट तीन करोड डलर पु¥याइएको छ,” इन्फान्टीनोले भन्नुभयो ।

यसै बर्ष रूसमा भएको विश्वकपको पुरस्कारको राशी भने ४० करोड डलर थियो । त्यसमा सन् २०१४ को पुरस्कार राशीमा चार करोड ८० लाख डलर बृद्धि गरिएको थियो । विश्वकप जितेको फ्रान्सले भने तीन करोड ८० लाख डलर पाएको थियो ।

अर्को बर्ष फ्रान्समा हुन लागेको महिला विश्वकप फुटबल प्रतियोगिता जुन ७ देखि जुलाई ७ सम्म गर्ने तय भइसकेको छ ।

यसअघि सन् २०१५ मा भएको प्रतियोगिताको उपाधि अमेरिकाले जितेको थियो । त्यस पहिलो महिला विश्वकप फुटबलमा २४ समूह सहभागी भएका थिए ।

प्रकाशित मिति : २०७५, ९ कार्तिक शुक्रबार  ९ : ०४ बजे

२४ घण्टामा ७० विपद् सम्बन्धी घटना : चार जनाको मृत्यु, ६ बेपत्ता

काठमाडौं । पछिल्लो २४ घण्टामा मुलुकभर विभिन्न ७० वटा विपद्

क्याप्टेन रामेश्वर थापाको बायोग्राफीमा चलचित्र ‘क्याप्टेन साब’ बन्ने

काठमाडौं । चलचित्र ‘क्याप्टेन साब’को शुभमुहूर्त गरिएको छ । बिहीबार

धोबिघाट, सानेपा, नख्खुको आठ लेन बाटोमा बढ्दै हरियाली (तस्बिरहरु)

काठमाडौं । धोबिघाट, सानेपा, नख्खुको आठ लेन बाटोमा पछिल्लो समय

पूर्वपश्चिम राजमार्ग दाउन्नेमा अवरुद्ध सडक खुल्यो

बुटवल । अविरल वर्षका कारण सडक भासेपछि पूर्वपश्चिम राजमार्ग अन्तर्गत