२०८२, ५ फाल्गुन मंगलबार

महिला विश्वकप फुटबलको पुरस्कार एक करोड ५० लाख डलर हुने

महिला विश्वकप फुटबलको पुरस्कार एक करोड ५० लाख डलर हुने


किगाली, ९ कात्तिक विश्व फुटबल महासंघ (फिफा)ले महिला विश्वकप फुटबल प्रतियोगिताको पुरस्कार राशी बृद्धि गर्ने घोषणा गरेको छ ।

महासंघका अध्यक्ष गिन्नी इन्फान्टिनोले आउदो बर्ष फ्रान्समा हुन लागेको विश्वकपको पुरस्कार राशी बढाएर दोब्बर बनाउने शुक्रबार घोषणा गर्नुभएको हो ।

रुवान्डाको राजधानी किगालीमा भएको फिफा परिषद्को बैठकपछि उहाँले यो जानकारी दिनु भएको समाचारमा जनाइएको छ ।

उहाँका अनुसार यसअघि सन् २०१५ मा क्यानडामा भएको महिला विश्वकपको पुरस्कारको राशी त्यतिबेला तीन गुणा भन्दा बढी बृद्धि गरिएको थियो ।

“पुरस्कारको राशी अहिले फेरी ठ्याक्कै शतप्रतिशत बृद्धि गरेर एक करोड ५० लाख डलरबाट तीन करोड डलर पु¥याइएको छ,” इन्फान्टीनोले भन्नुभयो ।

यसै बर्ष रूसमा भएको विश्वकपको पुरस्कारको राशी भने ४० करोड डलर थियो । त्यसमा सन् २०१४ को पुरस्कार राशीमा चार करोड ८० लाख डलर बृद्धि गरिएको थियो । विश्वकप जितेको फ्रान्सले भने तीन करोड ८० लाख डलर पाएको थियो ।

अर्को बर्ष फ्रान्समा हुन लागेको महिला विश्वकप फुटबल प्रतियोगिता जुन ७ देखि जुलाई ७ सम्म गर्ने तय भइसकेको छ ।

यसअघि सन् २०१५ मा भएको प्रतियोगिताको उपाधि अमेरिकाले जितेको थियो । त्यस पहिलो महिला विश्वकप फुटबलमा २४ समूह सहभागी भएका थिए ।

प्रकाशित मिति : २०७५, ९ कार्तिक शुक्रबार  ९ : ०४ बजे

८० यात्रु बोकेको श्री एयरलाइन्सको जहाज काठमाडौँ फिर्ता

काठमाडौँ । काठमाडौँबाट धनगढीका लागि उडेको श्री एयरलाइन्सको जहाज अवतरण

ओखलढुङ्गामा एमालेको चुनावी अभियान तीव्र, हर्कबोल राईद्वारा सक्रिय अपिल

ओखलढुङ्गा । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा नेकपा (एमाले) ओखलढुङ्गामा चुनावी

आचारसंहिता उल्लंघनको आरोपमा दुर्गा प्रसाईं फेरि पक्राउ

काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति नागरिक बचाउ महाअभियानका संयोजक

डाडापारीमा ‘कफी र जडिबुटी’ ड्रिम प्रजेक्ट मेरो प्राथमिकता : अमित लामा

काभ्रे । एमाले केन्द्रीय सदस्य एवं काभ्रे क्षेत्र नं. १

प्रतिनिधि सभा निर्वाचनका मतपत्र छपाइ अन्तिम चरणमा

भक्तपुर । प्रतिनिधि सभा निर्वाचनका लागि मतपत्र छपाइ अन्तिम चरणमा