२०८२, ८ फाल्गुन शुक्रबार

‘अनुसन्धान विभाग बलियो बने मुलुक बलियो हुन्छ ’: गृहमन्त्री थापा

‘अनुसन्धान विभाग बलियो बने मुलुक बलियो हुन्छ ’: गृहमन्त्री थापा


काठमाडौँ, ९ कात्तिक: गृहमन्त्री रामबहादुर थापाले राष्ट्रिय अनुसन्धान विभाग बलियो बन्न सके मात्रै मुलुक बलियो हुने बताउनुभएको छ । विभागमा आज आयोजित १८ औँ अनुसन्धान अधिकृत आधारभूत तालीम एवं दीक्षान्त कार्यक्रममा उहाँले जासूसी संयन्त्र बलियो रहेका मुलुकले आर्थिक र सामाजिक विकास गरिरहेको बताउनुभयो । उहाँले अन्य सुरक्षा निकायलाई औँला र विभागलाई आँखाको संज्ञा दिँदै सबै निकायबीचको समन्वयमा मात्रै अपराध नियन्त्रण गर्न सकिने उल्लेख गर्नुभयो ।

विभागले वस्तुनिष्ठ सूचना, तथ्य र तथ्याङ्क सङ्कलन गर्न आवश्यक रहेकामा जोड दिँदै गृहमन्त्री थापाले कल्पनाका आधारमा योजना बनाउँदा असफल हुने टिप्पणी गर्नुभयो । विभिन्न नाममा देशमा अस्थिरता निम्त्याउन खोज्ने तत्वमाथि निगरानी बढाउन उहाँले विभाग मातहतका कर्मचारीलाई निर्देशन दिनुभयो ।

कार्यक्रममा गृहसचिव प्रेमकुमार राईले विभागको महत्व धेरै भए पनि सोअनुसार काम हुन नसकेको बताउँदै यसलाई थप प्रभावकारी बनाउने तयारी भइरहेको जानकारी दिनुभयो । सो विभागका प्रमुख दिपीप रेग्मीले राज्यको आवश्यकता र सोचअनुसार आफूहरु काम गर्न तयार रहेको स्पष्ट पार्नुभयो । तीन महीनासम्म चलेको सो तालीममा उत्कृष्ट प्रशिक्षार्थी किरण भट्टराईसहित २२ प्रशिक्षार्थीलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।
-रासस

प्रकाशित मिति : २०७५, ९ कार्तिक शुक्रबार  ६ : ४९ बजे

रास्वपा सभापतिकै घरबाट तीन थान भरूबा बन्दुक बरामद

सिन्धुली । निर्वाचनको मिति नजिकिंदै गएका बेला सिन्धुलीमा राष्ट्रिय स्वतन्त्र

देश जलाउनेले देश बनाउने पार्टीको झण्डा जलाए : एमाले

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ताले बिहीबार राति नेकपा

झण्डा जलाउने रास्वपा कार्यकर्तालाई नेशनल भोलेन्टियर फोर्सको कडा चेतावनी

काठमाडौं। दाङमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताले नेकपा एमालेको

झण्डा जलाउनेहरूलाई जनताले निर्वाचनबाटै जवाफ दिनेछन् : महासचिव पोखरेल

काठमाडाैँ। नेकपा (एमाले) का महासचिव तथा दाङ क्षेत्र नम्बर २

तेमालमा एमाले उम्मेदवार अमित लामालाई भव्य स्वागत

बनेपा । नेकपा एमालेका केन्द्रीय तथा काभ्रेपलाञ्चोक जिल्ला प्रतिनिधि सभा