२०८२, १५ भाद्र सोमबार

‘शान्ति सुरक्षाको पहिलो जिम्मेवारी प्रदेशको’: अध्यक्ष श्रेष्ठ

‘शान्ति सुरक्षाको पहिलो जिम्मेवारी प्रदेशको’: अध्यक्ष श्रेष्ठ


काठमाडौँ, ९ कात्तिक: सङ्घीय समाजवादी फोरम नेपालका कार्यवाहक अध्यक्ष राजेन्द्र श्रेष्ठले आफ्नो प्रदेशभित्र शान्ति सुरक्षाको प्रत्याभूति दिने पहिलो जिम्मेवारी प्रदेश सरकारको हुने बताउनुभएको छ । रिपोर्टर्स क्लबमा आज आयोजित साक्षात्कारमा कावा अध्यक्ष श्रेष्ठले तीन वर्षमा पनि केन्द्रीय सरकारले प्रदेश प्रहरीसम्बन्धी कानून निर्माण नगरेकाले केन्द्र र प्रदेश सरकारबीच द्वन्द्व बढेको बताउनुभयो ।

उहाँले प्रदेशले बनाएको कानून संविधानसँग बाझिएको भए खारेज हुने र बाझिएन भने कार्यान्वयन हुने स्पष्ट पार्नुभयो । श्रेष्ठले प्रदेशको कानून निर्माण गर्ने निकै ढिला भएकाले प्रदेश सरकारले धमाधम कानून निर्माण गर्नुपरेको हो भन्नुभयो । नेकपाका नेता सत्यनारायण मण्डलले प्रतिपक्षको हैसियतले सङ्घीय समाजवादी फोरम र राजपाको संयुक्त सरकारलाई विश्वासको मत दिएर साथ दिँदै आएको जानकारी दिनुभयो । लामो समयदेखि अस्थिर र अशान्त रहेको मधेशलाई स्थायित्व दिन पनि आफूहरुले प्रदेश सरकारलाई सहयोग गरेको उहाँको भनाइ थियो ।

नेपाली काँग्रेसका नेता रमेश लेखकले प्रदेशको पनि प्रदेश प्रहरी हुनुपर्नेमा जोड दिँदै प्रदेशभित्र शान्ति सुरक्षा दिने पहिलो दायित्व प्रदेश सरकारको हुने बताउनुभयो । उहाँले सङ्घीय सरकार सङ्घीयता विरोधी मानसिकता भएको आरोप लगाउँदै तीन वर्षसम्म पनि नेपाल प्रहरी ऐन संशोधन नगरिएको र सङ्घीय कानून समयमै नबइएकाले यो द्वन्द्व सिर्जना भएको विचार व्यक्त गर्नुभयो । अर्को प्रसङ्गमा काङ्ग्रेसको विधान मस्यौदा अन्तिम चरणमा पुगेको र केही दिनमा नै विधानलाई केन्द्रीय कार्यसमितिमा पेश गरिने जानकारी लेखकले दिनुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, ९ कार्तिक शुक्रबार  ६ : ४२ बजे

इतिहाससँग सम्झौता हुँदैन, भूभागमाथि कुनै पनि सौदाबाजी स्वीकार्य छैन : डा. राजन भट्टराई

काठमाडौं । नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा परराष्ट्रविद् डाक्टर

प्रधानमन्त्रीको चीन भ्रमणमा लिपुलेकको अडान ऐतिहासिक साहस होः डा. भट्टराई

काठमाडौं । प्रधानमन्त्रीको हालैको चीन भ्रमणमा लिपुलेकको विषयमा देखाइएको अडानलाई

यी हुन् मन्त्रिपरिषद्का २४ निर्णय (सूचीसहित)

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रिपरिषद्को भदौ

प्रधानमन्त्री ओली र कम्बोडियाका प्रधानमन्त्रीबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र कम्बोडिया अधिराज्यका प्रधानमन्त्री

पूर्वमन्त्री पोखरेलको ‘कम्युनिष्ट पार्टी निर्माण’ आज सार्वजनिक गरिँदै

काठमाडौं । नेकपा एमालेका पोलिटब्युरो सदस्य एवम् पूर्वमन्त्री आनन्द प्रसाद