२०८३, २ श्रावण आईतबार

आधुनिक अलैँची भट्टीको खोजीमा किसान

आधुनिक अलैँची भट्टीको खोजीमा किसान


तेह्रथुम, ९ कात्तिक पूर्वी नेपालका अलैँची किसानले आधुनिक अलैँची भट्टी नहुँदा समस्या बेहोर्दै आएका छन् ।  परम्परागत भट्टीको प्रयोग गर्नु पर्दा किसानलाई अलैँची टिप्नुभन्दा सुकाउन झन्झटिलो हुने गरेको छ । पूर्वका तेह्रथुमसहित पाँचथर, ताप्लेजुङ, इलाम, धनकुटा, सङ्खुवासभालगायत जिल्लाका किसानले अलैँची सुकाउन आधुनिक भट्टीको प्रयोग गरेका छैनन् ।

अलैँची टिप्न सहज भए पनि अलैँची सुकाउन आधुनिक प्रविधिको ज्ञान नहुँदा असजिलो हुने गरेको अलैँची ब्लक कार्यक्रम फेदाप–आठराई गाउँपालिकाका अध्यक्ष सिर्जना लामा फोम्बोले बताउनुभयो ।

गाउँमा किसानले ढुङ्गा, माटोले बनेको परम्परागत भट्टीमा अलैँची सुकाउने गरेका छन् । त्यस्ता परम्परागत भट्टीमा अलैँची सुकाउँदा अलैँची पनि राम्रो सुक्दैन र किसानको स्वास्थ्यमा समेत असर पुग्ने गरेको छ ।

किसानलाई अलैँची आधुनिक भट्टीमा सुकाउनपर्छ भन्ने प्राविधिक ज्ञान नरहेको अध्यक्ष फोम्बोले बताउनुभयो । प्राविधिक ज्ञान नभएकै कारण तेह्रथुममा आधुनिक भट्टीको प्रयोग शून्यजस्तै रहेको छ । केही वर्षअघि तेह्रथुम उद्योग वाणिज्य सङ्घले १०० वटा आधुनिक भट्टी अनुदानमा वितरण गरेको थियो ।

अहिले किसानले ती भट्टी प्रयोगमा निरन्तरता दिन सकेका छैनन् । किसानले लगेका आधुनिक भट्टी प्रयोगमा नरहेको अलैँची व्यवसायी सङ्घ तेह्रथुमका महासचिव तुलसी ढकालले बताउनुभयो । परम्परागत भट्टीका कारण अलैँची कालो हुने, राम्रो नसुक्ने, डढेर नष्ट हुने, आगलागीको जोखिम हुने, धुँवा र आगोले मानव स्वास्थ्यमा असर गर्नेजस्ता समस्या किसानले बेहोर्दै आएका छन् ।

परम्परागत भट्टीमा सुकाएको अलैँचीले बजारमा समेत कम मूल्य पाउने गरेको छ । अलैँची गुणस्तरवृद्धि गर्न पहल शुरु भए पनि किसानलाई गुणस्तरीय अलैँची उत्पादनका लागि ज्ञान अभिवृद्धिको खाँचो रहेको छ । जिल्ला कृषि विकास कार्यालयका अनुसार गत वर्ष जिल्लामा २२० मेट्रिकटन अर्थात रु ४६ करोड २० लाख बढीको अलैँची उत्पादन भएको थियो ।

प्रकाशित मिति : २०७५, ९ कार्तिक शुक्रबार  १० : १७ बजे

कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

केहीबेरको वर्षामै काठमाडौं जलमग्न, माइतीघर डुबानमा परेपछि सवारी आवागमन प्रभावित

काठमाडौं । बिहीबार दिउँसो परेको अविरल वर्षाले काठमाडौं उपत्यकाका विभिन्न

‘मार्वल’को ट्रेडमार्क दुरुपयोग गरेको आरोप, जानकी प्लास्टिक उद्योगका सञ्चालक पक्राउ

जनकपुरधाम । प्रसिद्ध ‘मार्वल’ ब्रान्डको ट्रेडमार्क दुरुपयोग गरी नक्कली पाइप

अब राइड सेयरिङ चालकले अनिवार्य प्यान लिनुपर्ने, राजस्व विभागको नयाँ निर्देशन

काठमाडौं । आन्तरिक राजस्व विभागले राइड सेयरिङ सेवामा आबद्ध चालकहरूलाई

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी, विभिन्न नियुक्ति र समसामयिक विषयमा निर्णय हुने सम्भावना

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहको अध्यक्षतामा मन्त्रिपरिषद्को बैठक सिंहदरबारस्थित