२०८२, २८ असार शनिबार

आधुनिक अलैँची भट्टीको खोजीमा किसान

आधुनिक अलैँची भट्टीको खोजीमा किसान


तेह्रथुम, ९ कात्तिक पूर्वी नेपालका अलैँची किसानले आधुनिक अलैँची भट्टी नहुँदा समस्या बेहोर्दै आएका छन् ।  परम्परागत भट्टीको प्रयोग गर्नु पर्दा किसानलाई अलैँची टिप्नुभन्दा सुकाउन झन्झटिलो हुने गरेको छ । पूर्वका तेह्रथुमसहित पाँचथर, ताप्लेजुङ, इलाम, धनकुटा, सङ्खुवासभालगायत जिल्लाका किसानले अलैँची सुकाउन आधुनिक भट्टीको प्रयोग गरेका छैनन् ।

अलैँची टिप्न सहज भए पनि अलैँची सुकाउन आधुनिक प्रविधिको ज्ञान नहुँदा असजिलो हुने गरेको अलैँची ब्लक कार्यक्रम फेदाप–आठराई गाउँपालिकाका अध्यक्ष सिर्जना लामा फोम्बोले बताउनुभयो ।

गाउँमा किसानले ढुङ्गा, माटोले बनेको परम्परागत भट्टीमा अलैँची सुकाउने गरेका छन् । त्यस्ता परम्परागत भट्टीमा अलैँची सुकाउँदा अलैँची पनि राम्रो सुक्दैन र किसानको स्वास्थ्यमा समेत असर पुग्ने गरेको छ ।

किसानलाई अलैँची आधुनिक भट्टीमा सुकाउनपर्छ भन्ने प्राविधिक ज्ञान नरहेको अध्यक्ष फोम्बोले बताउनुभयो । प्राविधिक ज्ञान नभएकै कारण तेह्रथुममा आधुनिक भट्टीको प्रयोग शून्यजस्तै रहेको छ । केही वर्षअघि तेह्रथुम उद्योग वाणिज्य सङ्घले १०० वटा आधुनिक भट्टी अनुदानमा वितरण गरेको थियो ।

अहिले किसानले ती भट्टी प्रयोगमा निरन्तरता दिन सकेका छैनन् । किसानले लगेका आधुनिक भट्टी प्रयोगमा नरहेको अलैँची व्यवसायी सङ्घ तेह्रथुमका महासचिव तुलसी ढकालले बताउनुभयो । परम्परागत भट्टीका कारण अलैँची कालो हुने, राम्रो नसुक्ने, डढेर नष्ट हुने, आगलागीको जोखिम हुने, धुँवा र आगोले मानव स्वास्थ्यमा असर गर्नेजस्ता समस्या किसानले बेहोर्दै आएका छन् ।

परम्परागत भट्टीमा सुकाएको अलैँचीले बजारमा समेत कम मूल्य पाउने गरेको छ । अलैँची गुणस्तरवृद्धि गर्न पहल शुरु भए पनि किसानलाई गुणस्तरीय अलैँची उत्पादनका लागि ज्ञान अभिवृद्धिको खाँचो रहेको छ । जिल्ला कृषि विकास कार्यालयका अनुसार गत वर्ष जिल्लामा २२० मेट्रिकटन अर्थात रु ४६ करोड २० लाख बढीको अलैँची उत्पादन भएको थियो ।

प्रकाशित मिति : २०७५, ९ कार्तिक शुक्रबार  १० : १७ बजे

तीन सन्तान जन्माउन प्रधानमन्त्री ओलीको आग्रह

काठमाडौं । प्रधानमन्त्री ओलीले हालै युवाहरूलाई २० वर्षमै विवाह गरेर

ट्रम्पलाई चीनको भ्रमणको निम्तो, भ्रमणको तयारी प्रारम्भ

काठमाडौं । चीन र अमेरिका बीचको कूटनीतिक सम्बन्धलाई नयाँ उचाइमा

सवारी चापका कारण नागढुङ्गा–मुग्लिन सडक निर्माणको काम प्रभावित

काठमाडौं । नागढुङ्गा–मुग्लिन सडक निर्माणको काम सवारी चापका कारण प्रभवित

एयर इन्डिया दुर्घटना : दुवै इन्जिनमा इन्धन प्रवाह रोकिएपछि दुर्घटना

काठमाडौं । दुबै इन्जिनमा एकै पटक इन्धन प्रवाह रोकिएपछि एयर

नेपालमा नै बसेर राम्रो शिक्षा प्राप्त गर्ने प्रशस्त सम्भावनाहरु छन् : प्रकाशमान सिंह

काठमाडौं । सहरी विकास मन्त्री प्रकाशमान सिंहले नेपालमा नै बसेर